राष्ट्रिय समाचार

गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशनबाट डम्मर खत्री अध्यक्षमा चयन

विकृति तिरस्कार गरौ संस्कृति जोगाउन हातेमालो गरौ भन्ने मान्यताका साथ स्थापना भएको गलकोट संस्कृति संरक्षण तथा समाज विकास मंच जापान शाखाको दोस्रो अधिवेशन शनिबार जापानको इबाराकीमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले २०२२-२०२४ कार्यकालको लागि डम्मर खत्रीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन समेत गरेको छ । निर्वाचित हुने वरिष्ठ उपाध्यक्षमा तेजिन्द्र के.सी उपाध्यक्षमा असिम खत्री र विरबहादुर साहनी महासचिवमा नविन कुवँर (खिम), सचिवमा शुशिल खत्रीर सोम परियार, कोषाध्यक्षमा नइन्द्र कुवँर (नविन) र सह-कोषाध्यक्षमा सन्त बहादुर खत्री रहेको निर्वाचन संयोजक डोलबहादुर खत्रीले… पुरा पढौ

तीन वटा जहाजमा आलु भरेर जापान ल्याइयो

अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न आलुले भरिएका तीन वटा विमान जापान पठाएको छ। म्याकडोनाल्ड्सले तत्कालिन आलु संकट कम गर्न हालै आलुले भरिभराउ तिनवटा विमान जापान पठाएको हो। पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो। आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ। ‘हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन… पुरा पढौ

प्रचण्डको प्रस्तावमा लेखनाथको फरक मत, ‘प्रचण्डमा बढी नै आत्मकेन्द्रित व्यक्तिवाद देखियो’

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि फरक मत राखेका छन् । उनले प्रचण्डको प्रतिवेदनमा १० बुँदे फरक मत राखेका हुन् । बन्दसत्रमा समूहगत छलफलका क्रममा न्यौपानेले प्रचण्डको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै फरक मत राखेका हुन् । फरक मत राख्दै न्यौपानले भनेका छन्,‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ । तपाईका प्राय सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने… पुरा पढौ

एनआरएनए जापानले आठ जनालाई मनोनित गर्दै तोक्यो सुवास लामिछानेलाई प्रवक्तामा

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले आठ जनालाई मनोनित गर्दै आफ़्नो कार्यसमितिलाई पूर्णता दिनुका साथै प्रवक्ता समेत चयन गरेको छ ।टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले रिक्त केन्द्रीय सदस्य पदमा अच्युत लोहनी, मनोज श्रेष्ठ, कमल बास्तोला, सचिन आचार्य, कर्साङ् तामाङ्, सुनिता श्रीष मगर (महिला) अजय राना (विद्यार्थी) लाई मनोनित गरेको एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठले जानकारी दिए ।बैठकले संघको प्रवक्ताका रूपमा सुवास लामिछानेलाई चयन गरेको छ ।गत जुलाई ३० तारिकमा सम्पन्न निर्वाचनबाट शिवप्रसाद पौडेलको नेतृत्वमा २०२१-२०२३ कार्यकालको… पुरा पढौ

प्रचण्डलाई नेताहरुका यस्ता सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिइरहेका छन् । प्रतिवदेनमाथि छलफल गर्न २५ समूह बनाइएको थियो । समूहमा छलफलपछि टोली नेताले बुधबार दिउँसोदेखि निष्कर्ष सुनाइरहेका छन् । सुझाव दिने क्रममा गण्डकी प्रदेश समूहले पार्टी केन्द्रीय सदस्यका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्ने माग गरेको छ । समूहले पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको आचरण तय गर्नुपर्नेका साथै प्रत्यक्ष निर्वाचित कार्यकारीबारे पनि पार्टीको कुरा स्पष्ट गर्नुपर्ने बताएको छ… पुरा पढौ

ग्राहकलाई यौन दुव्र्यवहार गरेको आरोपमा उबर ईट्सको डेलिभरी गर्ने पक्राउ

पार्टटाईमको रूपमा उबर ईट्स डेलिभरीको काम गर्ने २२ वर्षीय बेसबल खेलाडीलाई एक महिला ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा जापानको साइतामा प्रान्तको सायामाबाट प्रहरीले पक्राउ गरेको छ।प्रहरीका अनुसार गुन्मा डायमण्ड पेगाससबाट खेल्ने हिरोतो यासुदाले भोकेसनल विद्यार्थीको रूपमा रहेकी महिलाले खाना अर्डर गरेकी र सो खाना पुर्याउने क्रममा साँझ ७ बजेतिर खाना दिएपछि महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राऊ गरिएको जापानी समाचार माध्यमले जनाएका छन ।यासुदाले यसअघि पनि पटकपटक तो पिडित महिलाको अपार्टमेन्टमा खाना पुर्‍याएको प्रहरीले जनाएको छ । पिडित महिलाको ढोकामा… पुरा पढौ

एनआरएनए जापानले निर्वाचनमा पराजित पक्षलाई समानान्तर गतिविधि रोक्न चेतावनी (विज्ञप्तिसहित)

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० तारिकका दिन सम्पन्न निर्वाचनका केहि प्रत्यासीहरूले परिणाम आफ़्नो पक्षमा नआएकोले विगतको कार्यसमितिलाई नै निरन्तरता दिइएको भ्रम सृजना गरेकोमा नेपालीजनलाई भ्रममा नपर्न र सम्बन्धित पक्षलाई त्यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ ।एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल महासचिव सिद्धार्थ श्रेष्ठ र १२ वटा क्षेत्रीय समितिका संयोजकद्वारा हस्ताक्षरित मंगलबार राती अबेर जारी गरिएको प्रेस विज्ञप्तिमार्फत सम्पन्न निर्वाचनबाट पराजित पक्षले पछिल्लो समय केहि भ्रमात्मक विवादको सृजना गरि सम्मानित अदालतको आदेशलाई समेत अवज्ञा… पुरा पढौ

मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन्। मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्तिलगायत सवै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताए। उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि उल्लेख गरे। त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए । उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सवै तयार हुनुपर्ने धारणा राखे। यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन… पुरा पढौ

उज्बेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन : दोस्रो पटक सेन्ट्रल जोन पोल्टामा

एभीसी सेन्ट्रल जोन महिला भलिबलको आज सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानलाई हराउँदै नेपाली च्याम्पियन बनेको छ। बंगलादेशसमा सम्पन्न प्रतियोगितामा उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। आज सम्पन्न खेलमा पहिलो सेट नेपालले पहिलो २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा २४–२६ ले पराजय भोगेको थियो। त्यस्तै तेस्रो सेटमा नेपालले २५–१५ ले जित निकाल्दा चौथो सेट उज्बेकिस्तानले २५-२२ ले खेल आफ्नो पक्षमा पार्‍यो। त्यस्तै प्रतिस्पर्धात्मक पाँचौ सेटमा नेपालले १५– १० ले जित निकाल्दै उपाधि जितेको हो। यो सँगै नेपाली महिला… पुरा पढौ

माओवादी महाधिवेशन : दुई प्रतिवेदनमाथि २५ समूहमा छलफल आज

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ । महाधिवेशन… पुरा पढौ