स्थानीय समाचार

‘बुकी कप’ भलिबल आइतबारदेखि, विभागीयसहित पाँच टिम सहभागी हुँदै

राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आइतबारदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ । पोखराको हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्को आयोजनामा हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको जनाइएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक मोहन केसीले बताए । उनका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र गलकोट नगरपालिकाको टिमले प्रतियोगितामा भाग लिनेछ । पहिलोपटक आयोजित सो प्रतियोगितामा प्रथम हुनेले नगद पाँच लाख, दोस्रो हुनेले दुई लाख ५० हजार… पुरा पढौ

रोटरी क्लव अफ बागलुङको अध्यक्षमा शर्मा सर्वसम्मत

रोटरी क्लब अफ बागलुङको साधारण सभाले आगामी बर्ष २०२४–२५ अध्यक्षमा रामकृष्ण शर्मालाई सर्वसम्मत चयन गरेको छ ।बागलुङमा सम्पन्न क्लवको वर्ष २३–२४ को बिशेष साधारण सभा तथा क्लबको ७७३ औं नियमित बैठकले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको निवर्तमान अध्यक्षमा दिपेन्द्र घिमिर, आगामी अध्यक्ष नारायण प्रसाद गौतम, मनोनित अध्यक्ष पूनम प्रसाद शर्मा, प्रथम उपाध्यक्ष निर्मला जिसी पन्त, द्वितीय उपाध्यक्ष दीपक शर्मा, सचिव निशान खड्का, सह–सचिव गणेश थापा र कोषाध्यक्ष प्रतिमा श्रेष्ठ चयन हुनुभएको हो । साधारण सभाको… पुरा पढौ

विश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर २२ वर्षीय युवकको मृत्यु

बागलुङमा विश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । ५६७ मिटरको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो । बुधबार साँझ ५ः४५ बजे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले नयाँ विश्वलाई जानकारी दिए । थापा पुलबाट १३८ मिटर तल कालीगण्डकी नदिमा खसेको केसीले बताउनु भयो ।… पुरा पढौ

बैंकर्स बागलुङका कोषाध्यक्ष शर्मालाई बिदाई

बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाई बिदाई गरेको छ ।बैंकर्स बागलुङका कोषाध्यक्ष तथा ग्लोवल आइएमई बैंक लिमिटेडको साविक आवारोड शाखाका प्रबन्धक शर्मा चितवनको टाँडीमा सरुवा भएकोले बिदाई गरिएको हो ।तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड बागलुङका शाखा प्रबन्धक शर्मा मर्जर पछि बनेको ग्लोवल आइएमई बैंक आवारोड़ शाखा, बाघको सालिक स्थित ग्लोवल आइएमई बैंक लोकतान्त्रिक चोक शाखा संग गाभिएकोले सरूवा भएको हो ।शर्मा तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेड बागलुङका शाखा प्रबन्धकको रूपमा विगत ६ वर्ष देखि कार्यरत हुनुहुन्थ्यो ।बैंकर्स बागलुङले… पुरा पढौ

दुर्गम गाउँका नागरिकको पीडा : जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

बागलुङका दूरदराजका गाउँ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउँ सडकले डेढदशक अगाडिनै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने जोडिने क्रममा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब ६२ किलोमिटर पश्चिमा रहेको पाण्डबखानी गाउँ मोटरबाटोले जोडिएको १७ वर्ष भयो । तर अहिलेसम्म पनि यो सडकको स्तरोन्नति हुनसकेको छैन । दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । यहाँबाट पालिकाको केन्द्र गलकोट हटिया आउन दुई घण्टा लाग्छ भने जिल्ला सदरमुकाम आइपुग्न गाडीमा… पुरा पढौ

तेस्रो मेयर कपको उपाधी बौदीकाली गाउँपालिकालाई

गलकोट नगर खेलकुद विकास समितिको आयोजनामा संचालित तेस्रो मेयर कप खुल्ला अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता २०८० को उपाधी बौदीकाली गाउँपालिकाले उचाल्न सफल भएको छ । आज भएको फाईनल खेलमा बौदीकाली गाउँपालिकाले गलकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधी उचाल्न सफल भएको हो । निकै प्रतिष्पर्धात्मक रुपमा सम्पन्न भएको खेलमा गलकोट नगरपालिकालाई बौदीकाली गाउँपालिकाले पहिलो, चौंथो र पाँचौँ सेटमा क्रमशः २५–१७, २५–२२ र १८–१६ ले पराजित गर्दै उपाधी जितेको हो । गलकोट नगरपालिकाले दास्रो र तेस्रो सेटमा २५–१७… पुरा पढौ

बैंकर्स बागलुङ ‘अर्मादीमा’

बागलुङ बजारका नियमित वित्तीय सेवामा व्यस्त बित्तिय क्षेत्रमा कार्यरत कर्मचारी शनिवार केहि फुर्सदिला देखिए । उनिहरुको फुर्सदलाई व्यवस्थापन गर्ने योजना केही दिन पहिले देखी नै बनाएका थिए ।भे १ ख ३१४६ नम्वरको बसमा उनिहरुको योजना अनुसार शनिवार बिहान बागलुङ बजारका बिभिन्न स्थानबाट विहान करिब ८ बजेबाट चढ्ने क्रम सुरु भयो । केही मोटरसाईकल त केही जिपमा समेत यात्रा गर्ने निश्चित भयो । बिहान करिब ९ बजे सम्ममा सबै जना बसमा चढेपछि बागलुङबाट बस पर्वत तर्फ लाग्यो । वित्तिय सेवा प्रवाह… पुरा पढौ

बन्धुहरू बिच एकता, आपसी भाइचारा बढाउन कुल पूजा

बागलुङ। सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म, बागलुङले यस वर्षको कुल पूजा आगामी पौष ४ गते गर्ने भएको छ । वि.सं २०७७ सालमा विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण सामान्य रूपमा गरिएको कुलपूजा यस वर्ष भनें विगतमा जस्तै भव्य रुपमा सम्पन्न गर्ने समाजले जनाएको छ ।समाजले कुलपूजा तयारीको निमित्त अहिले आवश्यक तयारी गरिरहेको सातसय बगाले थापा समाज गलकोट बागलुङका अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो । परम्परागत रूपमा गरिँदै आएको बगाले थापाको कुल पूजालाई यस… पुरा पढौ

तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए ।… पुरा पढौ

सैनामैनामा नवलपुरले उचाल्यो ‘उपाधी’

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको जिल्ला भलिबल संघ नवलपुरले उचाल्न सफल भएको छ ।आईतबार भएको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई रोमाञ्चक ३–१ को सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो ।सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ , सैनामैना नगर खेलकुद समितिको सहयोग सञ्चालित अन्तर जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ बागलुङलाई पहिलो… पुरा पढौ