विश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर २२ वर्षीय युवकको मृत्यु

-


     जनहित न्युज    
     पौष ४ गते २०८०


बागलुङमा विश्व कै सबैभन्दा लाम झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

५६७ मिटरको बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो ।

बुधबार साँझ ५ः४५ बजे पुलबाट कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले नयाँ विश्वलाई जानकारी दिए ।

थापा पुलबाट १३८ मिटर तल कालीगण्डकी नदिमा खसेको केसीले बताउनु भयो । मृतकलाई धौलागिरि अस्पतालमा राति ९ बजे पोष्टमार्टमको लागि लगिएको र भोलि मात्र पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

युवक थापाले आत्महत्या गरेको हो वा अरु के कारणले सो घटना घटेको त्यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?