बैंकर्स बागलुङका कोषाध्यक्ष शर्मालाई बिदाई

-


     घनश्याम गौतम    
     पौष ४ गते २०८०


बैंकर्स बागलुङले बैंकर्स बागलुङका कोषाध्यक्ष टंक प्रसाद शर्मालाई बिदाई गरेको छ ।
बैंकर्स बागलुङका कोषाध्यक्ष तथा ग्लोवल आइएमई बैंक लिमिटेडको साविक आवारोड शाखाका प्रबन्धक शर्मा चितवनको टाँडीमा सरुवा भएकोले बिदाई गरिएको हो ।
तत्कालिन बैंक अफ काठमाण्डू लिमिटेड बागलुङका शाखा प्रबन्धक शर्मा मर्जर पछि बनेको ग्लोवल आइएमई बैंक आवारोड़ शाखा, बाघको सालिक स्थित ग्लोवल आइएमई बैंक लोकतान्त्रिक चोक शाखा संग गाभिएकोले सरूवा भएको हो ।
शर्मा तत्कालीन बैंक अफ काठमाण्डू लिमिटेड बागलुङका शाखा प्रबन्धकको रूपमा विगत ६ वर्ष देखि कार्यरत हुनुहुन्थ्यो ।
बैंकर्स बागलुङले आयोजना गर्ने हरेक अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिताहरुमा सधैं आफूलाई अब्बल साबित गर्दै बैंकर्स बागलुङको छवि थप उचाईमा पुर्याउन शर्माको भुमिका महत्वपूर्ण रहेको बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बताउनुभयो । उहाँले आगामी कार्यक्षेत्रमा थप क्रियाशिल कार्यसम्पादनको कामनासहित शुभकामना ब्यक्त गर्नुभयो ।
सबै बैंकर्स कर्मचारीहरु संग उत्तिकै निकट सम्बन्ध राख्न सफल शर्मा सम्पुर्ण व्यवसायीहरु माझ चिरपरिचित हुनुहुन्थ्यो ।
आफ्नो बागलुङ बसाई अत्यन्त सफल रहेको साथै उक्त बसाईमा सम्पुर्ण बैंकर्स साथीहरू तथा व्यवसायी हरूको राम्रो साथ पाएको शर्माले बताउनुभयो । छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्मा विगत १० वर्ष देखि बैंकिङ सेवामा आबद्ध रहनुभएको थियो ।
बागलुङ स्थितसम्पुर्ण शाखा प्रबन्धकहरूको उपस्थिती संचालित विदाई कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता र सचिव हरी अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?