रोटरी क्लव अफ बागलुङको अध्यक्षमा शर्मा सर्वसम्मत

-


     घनश्याम गौतम     
     पौष ६ गते २०८०


रोटरी क्लब अफ बागलुङको साधारण सभाले आगामी बर्ष २०२४–२५ अध्यक्षमा रामकृष्ण शर्मालाई सर्वसम्मत चयन गरेको छ ।
बागलुङमा सम्पन्न क्लवको वर्ष २३–२४ को बिशेष साधारण सभा तथा क्लबको ७७३ औं नियमित बैठकले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको निवर्तमान अध्यक्षमा दिपेन्द्र घिमिर, आगामी अध्यक्ष नारायण प्रसाद गौतम, मनोनित अध्यक्ष पूनम प्रसाद शर्मा, प्रथम उपाध्यक्ष निर्मला जिसी पन्त, द्वितीय उपाध्यक्ष दीपक शर्मा, सचिव निशान खड्का, सह–सचिव गणेश थापा र कोषाध्यक्ष प्रतिमा श्रेष्ठ चयन हुनुभएको हो ।

साधारण सभाको अवसरमा विभिन्न क्षेत्रका एभिन्युज प्रमुखहरु समेत सर्वसम्मत चयन गरेको क्लवले जनाएको छ ।
क्लवको प्रशासन प्रमुख हेमराज शर्मा, जनसम्पर्क प्रमुख अर्जुन पौडेल, सदस्यता विकास प्रमुख एन्जिल शाक्य, द रोटरी फाउन्डेसन प्रमुख बिना कार्की, आयोजना विकास प्रमुख शालिकराम शर्मा, सर्जेन्ट एट आर्मस दयाराम पौडेल, नयाँ पुस्ता प्रमुख अभिनाश के सी, सम्पादक विवश गैरे तथा क्लव ट्रेनरमा केवी शाही चयन हुनुभएको छ ।

नवगठित कार्यसमितिले आगामी जुलाई महिना देखि पदभार ग्रहण गर्नेछ । बिभिन्न पेशा तथा व्यवसायमा आवद्ध व्यक्तिहरु सम्मिलित रोटरी क्लब अफ बागलुङ सामाजिक क्षेत्रमा क्रियाशील संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?