जापान विशेष

जापानमा प्रथम हाकोने कप भलिबल प्रतियोगिता सम्पन्न; खुला र भेट्रान्स दुवैतर्फ पिरो स्पोर्ट्स क्लब च्याम्पियन

नेपाल कल्याण समाज जापानद्वारा आयोजित 'प्रथम हाकोने कप भलिबल प्रतियोगिता २०२६' भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाहरूको उत्साहजनक सहभागिता रहेको थियो। जापानको पर्यटकीय क्षेत्र हाकोनेमा सम्पन्न प्रतियोगिताको खुला पुरुषतर्फ 'पिरो स्पोर्ट्स क्लब' ले उपाधि जित्दै नगद ३,११,१११ येनसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। 'आदर्श युवा क्लब, सर्दाखेत' उपविजेता बन्दै नगद २,११,१११ येनमा सीमित भयो। त्यसैगरी, ३२ वर्षमाथिको भेट्रान्सतर्फ पनि 'पिरो स्पोर्ट्स… पुरा पढौ

गलकोट समाज जापान कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी जुन ३०मा हुने

“हाम्रो गाउँ, हाम्रो ठाउँ; हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मूल नाराका साथ जापानमा क्रियाशील गलकोट समाज जापान अन्तर्गतको कान्तो–टोकियो क्षेत्रीय समितिको आठौ अधिवेशन आगामी २०२६ जुन ३० तारिखका दिन आयोजना हुने भएको छ। टोकियोको सिनओकुबोस्थित 'सोलमारी मुरा हल' मा सम्पन्न हुने यस अधिवेशनले आगामी कार्यकाल (२०२६–२८) का लागि नयाँ नेतृत्व चयन गर्नेछ। क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाका अनुसार अधिवेशनमा गलकोट नगरपालिका तथा ताराखोला गाउँपालिकाका सबै वडाबाट व्यापक सहभागिता सुनिश्चित गर्दै अपनत्व र एकताको भावनासहित समाजलाई थप सशक्त बनाउने लक्ष्य राखिएको… पुरा पढौ

जापानको हाकोनेमा नेपाल कल्याण समाजद्वारा भव्य मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना हुँदै

जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी जुन १६ मा हाकोनेमा भव्य मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल कल्याण समाज जापानको आयोजनामा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय क्षेत्र हाकोनेमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सो प्रतियोगिता हुन लागेको हो। आयोजक समितिका अध्यक्ष विष्णु शर्माका अनुसार खेलमार्फत नेपाली युवाहरूलाई एकताबद्ध गर्नु, पर्यटन प्रवर्द्धन गर्नु र समुदायबीचको आपसी सम्बन्ध सुदृढ बनाउनु यसको मुख्य उद्देश्य हो। कार्यक्रम संयोजक मनोज केसीले तयारी तीव्र गतिमा… पुरा पढौ

अनेसास जापानको ८३औँ नियमित साहित्य शृङ्खला: कवि अमृता स्मृतिसँग विशेष अन्तरक्रिया र रचना वाचन हुने

टोकियो, जापान – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले आफ्नो नियमित साहित्य शृङ्खलालाई निरन्तरता दिँदै ८३औँ शृङ्खला आयोजना गर्ने भएको छ। यसपटकको कार्यक्रममा विशेष अतिथि र वक्ताका रूपमा अनेसास हवाई च्याप्टरकी अध्यक्ष तथा चर्चित कवि अमृता स्मृति रहनेछिन्। यही आगामी ७ जुन २०२६, आइतबारका दिन आयोजना हुन लागेको यस विशेष कार्यक्रममा कवि अमृता स्मृतिसँगको अन्तरक्रियाका साथै खुला रचना वाचनको समेत कार्यक्रम रहेको छ। साहित्य अनुरागीहरूका लागि सिर्जना सुनाउने र सुन्ने एक गतिलो मञ्चका रूपमा रहने उक्त कार्यक्रममा उपस्थित हुनका… पुरा पढौ

नागोयामा ‘चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६’ को तयारी अन्तिम चरणमा, पत्रकार सम्मेलन सम्पन्न

नागोया, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, राष्ट्रिय समन्वय परिषद् अन्तर्गत क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ तारिखसम्म सञ्चालन हुन गइरहेको “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा कार्यक्रमको विस्तृत जानकारी र हालसम्मको प्रगतिबारे प्रकाश पार्न नागोयामा एक विशेष पत्रकार सम्मेलन सम्पन्न भएको छ। आयोजकका अनुसार पत्रकार सम्मेलनमा फेस्टिवलको मुख्य उद्देश्य, तयारीको अवस्था, विशेष आकर्षण, सांस्कृतिक प्रस्तुति, नेपालको पर्यटन प्रवर्द्धन तथा जापानस्थित नेपाली समुदायको सहभागिताका विषयमा सञ्चारकर्मीहरूलाई… पुरा पढौ

नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को तयारी तीव्र, मे ३० बाट सुरु हुने

गैर आवासीय नेपाली संघ नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ सम्म जापानको नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ रूपमा आयोजना हुने भएको छ। जापानको नागोया शहरस्थित साकायको हिसाया डोरी पार्क (एडियन हिसाया प्लाजा) मा आयोजना हुन लागेको यस फेस्टिभलको तयारीलाई आयोजकले निकै तीव्रता दिएका छन्। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानका अनुसार नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमाझ चिनाउन यो महोत्सव एउटा महत्वपूर्ण अवसर हुनेछ। महोत्सवलाई विशेष बनाउन नेपालका मौलिक पहिचान बोकेका ढिकी, जातो जस्ता परम्परागत… पुरा पढौ

कान्साईमा ‘मन बदलौँ, जीवन बदलिन्छ’ अभियान: ध्यान र उत्प्रेरणाले जोडियो नेपाली मन

बिहुँकोट समाज जापान कान्साईको आयोजनामा ओसाकामा मानसिक स्वास्थ्य र ध्यान सम्बन्धी विशेष प्रेरणादायी कार्यक्रम हिजो भव्य रूपमा सम्पन्न भएको छ जसमा उल्लेख्य नेपालीको सहभागिता रहेको थियो। 'आफ्नो अन्तरआत्मासँग जोडिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्दै' भन्ने मूल नाराका साथ ओसाकास्थित अबेनो सिमिन गाकुशु सेन्टरमा सञ्चालित उक्त कार्यक्रममा प्रसिद्ध मानसिक स्वास्थ्य प्रशिक्षक एवं उत्प्रेरक गिरी बहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो। बिहुँकोट समाज जापान कान्साईद्वारा आयोजित यस सत्रमा सुनारले विद्यार्थी जीवनमा आइपर्ने तनाव व्यवस्थापन, व्यावहारिक आत्मचिन्तन र निर्देशित ध्यानका माध्यमबाट कसरी जीवनमा सकारात्मक परिवर्तन… पुरा पढौ

हाकोनेको फेदीमा भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख ११ हजार पाउने

टोकियो नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। ताल, तातोपानीका मुहान र प्रसिद्ध ‘कालो अण्डा’ का लागि विश्वभर चिनिने हाकोनेको मनमोहक वातावरणमा खेलाडीहरूले प्रतिस्पर्धासँगै प्रकृतिलाई समेत नजिकबाट नियाल्न पाउनेछन्। ज्वालामुखी ग्यासको प्रभावले कालो देखिने र आयु बढाउने विश्वास गरिएको… पुरा पढौ

जापानमा स्याकाई होक्केन अनिवार्य: भिसा नवीकरणमा कडाइ, नियम नमाने जोखिम

अप्रिल ७ , जापान सरकारले सामाजिक सुरक्षा प्रणाली अन्तर्गत पर्ने “स्याकाई होक्केन” लाई अनिवार्य बनाएसँगै यहाँ बसोबास गर्ने नेपालीहरूका लागि भिसा नवीकरण र कानुनी अवस्थासँग सम्बन्धित विषयहरू थप कडाइका साथ लागू हुन थालेका छन् । यसै सन्दर्भमा अर्घाखाँची समाज जापानले विज्ञहरूसँग अनलाइन सेमिनार आयोजना गरी आवश्यक जानकारी प्रदान गरेको छ। आईतबार सम्पन्न उक्त सेमिनारमा सामाजिक बिमा तथा श्रम विज्ञ केइको ओनोले स्याकाई होक्केनमा आवद्ध हुनु व्यक्ती र परिवार दुवैका लागि सुरक्षित रहेको बताए । उनले काम गर्ने क्रममा बिरामी भएर… पुरा पढौ

दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा, १५ हजार दर्शकको सहभागिता रहने अपेक्षा

टोकियो, जापान – टोकियोमा आयोजना हुन लागेको दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा आगामी अप्रिल ११ र १२ तारिख हुने यस महोत्सवको सम्पूर्ण व्यवस्थापकीय कार्यहरू पूरा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। महोत्सवका संयोजक ज्ञानेन्द्र कार्कीका अनुसार यस पटकको फेस्टिवलमा नेपाली र जापानी संस्कृतिलाई जोड्ने विशेष प्रयास गरिएको छ। कार्यक्रममा दाइतो विश्वविद्यालयको ईताबासी क्याम्पसले विशेष प्रस्तुति दिनेछ भने नेपाली राजदूतावास जापान र स्थानीय ताकाशिमादाइरा प्रहरीका… पुरा पढौ