अन्तर्राष्ट्रिय

किन जापानमा पेन्सनमा बाँच्ने वृद्धवृद्धा जेल जान चाहन्छन् 

जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ - ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ।  किन? भन्ने प्रश्नको जवाफ खोजेका छन्।  हिरोशिमास्थित घरमा पुनर्स्थापित गर्नु अघि राखिने एउटा केन्द्रमा रहेका टोशियो टकाटाले गरिबीका कारण आफूले कानून तोडेको बताए। उनी नि:शुल्क बस्ने ठाउँको खोजीमा थिए, जेल भएपनि उनलाई त्यो मान्य थियो। "म पेन्सन पाउने उमेरमा पुग्दा मसँग भएको सबै पैसा सकियो। त्यसपछि मैले सोचेँ जेल जान पाए त म सित्तैँमा बस्न पाउनेछु।""त्यसैले मैले एउटा… पुरा पढौ

५ लाख ३० हजार “एबेनोमास्क” हराएको पाइएपछि जापानका स्वास्थ्यमन्त्रीले मागे माफी  

जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको प्रशासनले कोरोनाभाइरस महामारीको सुरुमा खरिद गरेको ठूलो संख्यामा प्रयोग नगरिएका "एबेनोमास्क" मध्य करिब ५ लाख ३० हजार कपडाको मास्क हराइएको स्वास्थ्य मन्त्रीले हाउस अफ काउन्सिलर बजेट समितिको बिहिबारको बैठकमा बताएका छन । स्वास्थ्य मन्त्री शिगेयुकी गोटोले ती माक्सको रेकर्ड पनि नभएको र भण्डारण पनि गरेको नपाईएको स्वीकार गर्दै माथिल्लो सदनको प्यानल बैठकमा माफी माग्दै भने "यद्यपि त्यसबेलाको परिस्थिति, आवश्यक, द्रुतता, सूचीको तथ्याङ्कमा विसंगति अत्यन्तै खेदजनक छ।" जापानको प्रमुख विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीका माथिल्लो सदन सदस्य… पुरा पढौ

‘स्क्याम’ विज्ञापन गर्न अनुमति दिएको आरोपमा फेसबुकविरुद्ध मुद्दा दायर

अस्ट्रेलियाले फेसबुकको ‘प्यारेन्ट कम्पनी’ मेटाविरुद्ध कानुनी कारबाही सुरु गरेको छ। मेटाले सेलिब्रेटीका झूटा भनाइहरु राखेर गरिएका ‘स्क्याम’ विज्ञापनहरूलाई अनुमति दिएको आरोप लगाउँदै अस्ट्रेलियाले मेटाविरुद्ध कानुनी कारबाही अघि बढाएको बीबीसीले उल्लेख गरेको छ। मेटाले जानीजानी नक्कली क्रिप्टोकरेन्सीका विज्ञापनहरूलाई अनुमति दिएर ‘झूटो, भ्रामक’ कार्यलाई प्रोत्साहन गरेको एक नियामकले भने। अमेरिकी कम्पनी मेटालाई आर्थिक र अन्य जरिबाना हुन सक्ने बताइएको छ। मेटाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन तर उसले यसअघि नै स्क्यामरहरूलाई आफ्नो प्लेटफर्मबाट टाढा राख्न प्रतिबद्ध रहेको जनाएको थियो। ‘अस्ट्रेलियन कम्पिटिसन एण्ड… पुरा पढौ

जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत जाँदै

जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा जाने भएका छन् ।  दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली जान लागेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।  भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ ।  साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् ।   उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्नेछन् ।  हरेक बर्ष आयोजना गरिने… पुरा पढौ

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई 

यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको ताज पोल्यान्डकी क्यारोलिना बेइलावस्काले पहिरिएकी छन् । बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालेमा उनी विजेता घोषित भएकी हुन् ।  अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहिर्याइन् । कोरोना महामारीको कारण यसपटकको फिनालीमा ४० जना सुन्दरीले मात्र भाग लिएका थिए । नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम १२… पुरा पढौ

उत्तरपूर्वी जापानमा ७.४ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा २ जनाको मृत्यु, १२६ जना घाइते

उत्तरपूर्वी जापानमा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी र दमकल अधिकारीहरूले बताएका छन्।NHK ले संसारभरका प्रसारण स्टेशनहरू मार्फत प्राप्त जानकारीका आधारमा भूकम्पमा दुई जनाको मृत्यु भएको छ र कम्तिमा १२६ जना घाइते भएका छन्। त्यसमध्ये मियागी र फुकुसिमा प्रान्तका विभिन्न ठाउँमा अग्नि नियन्त्रण विभागसँग जानकारी लिदा मियागी प्रान्तमा कम्तीमा ७३ जना र फुकुसिमा प्रिफेक्चरमा ३५ जना घाइते भएका थिए र बिहान ८ बजेसम्म अस्पतालमा उपचार भईरहेको थियो । त्यसैगरी इवाते… पुरा पढौ

जापानमा फुकुसिमा र मियागी  केन्द्र रहेको ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश, सुनामीको चेतावनी जारी

जापानमा बुधबार राति ११ बजेर ३४ मिनेटमा भूकम्प गएको थियो ।जापानको मौसम विज्ञान एजेन्सीका अनुसार फुकुसिमा र मियागी दुवै प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुश गरिएको थियो। जापान मौसम विज्ञान एजेन्सीले दुबै प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ।भूकम्पको केन्द्र फुकुसिमा प्रिफेक्चरको तटबाट टाढा रहेको, केन्द्रविन्दुको गहिराई ६० किलोमिटर रहेको र भूकम्पको म्याग्निच्युड ७.३ रहेको अनुमान गरिएको छ । मौसम एजेन्सीले दुई प्रिफेक्चरहरूको लागि १ मिटर सुनामी सल्लाह जारी गरिएको छ स्थानीय बासिन्दाहरूलाई समुद्री तटबाट टाढा रहन आह्वान गरिएको छ।… पुरा पढौ

जापान प्रवेशमा झन सहजता, दैनिक १० हजार आगन्तुकलाई प्रवेश अनुमति दिने

जापानले कोभिड-१९ को रोकथामका लागि गरेको सीमा नियन्त्रणहरूलाई थप सहज पार्दै अप्रिलको सुरुदेखि हालको ७००० विदेशी आगमनको दैनिक सिमालाई १०,००० मा पुर्‍याउने विचार गरिरहेको सरकारी स्रोतहरूले बताएका छन ।हाल जापानले गरेको सीमा नियन्त्रणका उपायहरु अत्यन्त कडा भएको आलोचना भएपछि प्रधानमन्त्री फुमियो किशिदाले स्वदेश तथा विदेशमा संक्रमणको अवस्था र अन्य राष्ट्रले लागू गरेको सीमा नियन्त्रणका कदमलाई मध्यनजर गर्दै चरणबद्ध रुपमा खुकुलो बनाउने सोच अन्तर्गत अप्रिल १ देखि दैनिक १० हजार आगन्तुकलाई प्रवेश अनुमति दिने बताएका छन ।ओमिक्रोनको फैलावट स्पष्ट रूपमा देशका… पुरा पढौ

जापान सरकारले १८ प्रान्तमा लगाइदै आएको अर्ध-आपतकाल मार्च २१ पछि निरन्तरता नदिने

कोभिड-१९ को संक्रमणलाई नियन्त्रण र रोकथाम गरि सामाजिक सामाजिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यले जापानले १८ प्रान्तमा लगाउदै आएको अर्ध आपतकालिन उपायलाई निरन्तरता नदिने भएको छ ।अर्ध आपतकालिन उपाय लगाइएका क्षेत्रहरूमा कोरोना संक्रमणको संख्या दैनिक घट्दै गएकाले आगामी हप्ता अर्थात् मार्च २१ सम्म क़ायम सो व्यवस्थालाई निरन्तरता नदिइले सरकारले विचार गरिरहेको सरकारी स्रोतलाई उदृत गर्दै जापानी समाचार माध्यमले जनाएका छन । । प्रधानमन्त्री फुमियो किशिदाको सरकारले मार्च २१ सम्म रहेकोअर्ध आपतकालिन उपायको अवधि बुधवारसम्म अन्तिम निर्णय गर्ने योजना बनाएको स्रोतले बताएको… पुरा पढौ

जापानमा ११ वर्षअघि गएको भूकम्पको सम्झनामा प्रार्थना

फुकुसिमा दाइची आणविक केन्द्रमै क्षति पुर्‍याउने गरी जापानमा सुनामी आएको ११ वर्ष पूरा भएको छ । यो अवसरमा जापानको उत्तरपूर्वी क्षेत्रमा मानिसहरुले प्रार्थाना गरेका छन् । उत्तरपूर्वी जापानमा ११ मार्च, २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली मध्ये एक थियो । स्थानीय समयानुसार शुक्रबार २ः४६ अपराह्नमा सो विनासकारी भूकम्प र सुनामीमा ज्यान गुमाएका व्यक्तिहरुप्रति सम्झना स्वरुपमा एक मिनेटको मौन धारण गरिएको हो । जापानका टेलिभिजन च्यानलहरुले विशाल समुद्री पर्खालहरूको छेउमा उभिएका विद्यार्थीहरूले आशाको सन्देशसहित चङ्गा उडाउँदै… पुरा पढौ