स्वास्थ्य

एनआरएनए जापानले जापानमा बढिरहेको आत्महत्याका घटनाको रोकथामका लागि विज्ञहरुद्वारा परामर्श दिने गरि सचेतनामुलक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए। "जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।" अध्यक्ष निउरेले भने-… पुरा पढौ

फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड

मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।  चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा. ओममूर्तिले जानकारी दिए ।  “गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो । व्यक्तिगत क्षमता, सीप र… पुरा पढौ

जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसेजापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्। साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको… पुरा पढौ

जापानमा रहेका नेपालीमा बढ्दो छ मानसिक समस्या

जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ?   सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि?  विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर  कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ। साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र… पुरा पढौ

जमराको जुस सेवनका फाइदा

दसैँमा टीका र जमराको आफ्नै धार्मिक मान्यता छ। तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ। शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ। त्यसैले पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ। जमराको जुस सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ। यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनले पुष्टि गरेका छन्। जमराको… पुरा पढौ

जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न, ‘जापान नेपाली मेडिकल एसोसियसन’ गठन, संयोजकमा डा लुशुन चालिसे

प्रवासी स्वास्थ्य सरोकार सबैका लागि विश्वव्यापी स्वास्थ्य सेवा भन्ने घोषणाका साथ जापानको टोकियोमा पाँचौं विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ ।ग्लोबल हेल्थ कमिटी एनआरएनए र एनआरएनए जापानको आयोजना र जापानका लागि नेपाली दूतावास टोकियोको कोलाब्रेसनमा आइतबार सम्पन्न पाचौ ग्लोबल नेपाली हेल्थ कन्फेरेन्स (विश्व सम्मेलन) ले १९ बुँदे टोकियो नेपाली स्वास्थ्य घोषणा जारी गरेको हो ।“हामी स्वास्थ्य व्यक्ति, समुदाय, राज्य र एक राष्ट्रको प्राथमिकता हो भन्ने कुरालाई निरन्तर पुष्टि गर्छौं।”सम्मेलन पछि जारी गरिएको घोषणामा उल्लेख गरिएको छ - स्वास्थ्य एक… पुरा पढौ

जापानमा काँचो कुखुराको मासु खाँदा विषाक्त हुने समस्या बढेको विज्ञहरूको भनाइ

जापानको स्वास्थ्य मन्त्रालयले काँचो र आधा पकाएको कुखुरामा पाइने ब्याक्टेरिया क्याम्पिलोब्याक्टरबाट हुने विषाक्तता बढ्दै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ ।जापानमा खाद्य विषाक्तताका घटनाहरू सामान्यतया वर्षाको मौसममा मेको अन्त्यदेखि जुलाईको सुरुमा बढ्छन्। यस वर्ष विज्ञहरूले कोरोनाभाइरस-सम्बन्धि प्रतिबन्धहरू खुकुलो पारिएसंगै ग्राहकहरूले खाना खानमा सार्वजनिक रेष्टुरेण्टमा सहज रूपमा जाने क्रम बढेकोले कुखुराको मासु खान सावधानी अपनाउनु पर्ने विचार विज्ञहरूले व्यक्त गरेका छन्। क्याम्पिलोब्याक्टरबाट संक्रमित भएमा सामान्यतया काँचो वा पूर्ण रूपमा पकाएको मासुको जस्तै साशिमी, कोरियन "युखो" र हल्का रूपमा थोपा "ताताकी" मा… पुरा पढौ

सुत्केरीलाई सुपर फुड”- फर्सीको सुप

नेपाली समुदायमा स्वास्थ्यबारे अहिले बढी चासो हुन थालेको छ। शरीरको रोगसँग लड्ने शक्ति बढाउन “स्वस्थकर खाना” को महत्वबारे धेरैले बुझ्दैछन्, विशेषगरी कोरोनापछि डाक्टर, स्वास्थ्यकर्मीले “हामीले ‘सुपर फुड’ खानुपर्छ भनेपछि सुपर फुड त कतिको मुखमै झुन्डिएको छ। तर ‘सुपर फुड’ के हो त भन्दा कतिलाई जानकारी नै हुन्न। महँगो राम्रोसँग प्याकेटमा राखिएको विदेशी कम्पनीको भोजन सुपर फुड हो भन्ने विचार हाम्रो हुन्छ।अहिले विभिन्न विज्ञापनमा “सुपर फुड” भनेर अनेकथरिका खानेकुराको फोटो आउँछ। हामीमध्ये कति त होला नि त्यो सुपर फुड (अर्थात अत्युत्तम… पुरा पढौ

गाउँ रोजेका डाक्टर

बंगलादेशबाट एमबीबीएस गरेका बागलुङका राजेश आफ्नै गाउामा फर्किएर सेवा गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट एमजीडीपी गरेका उनी हाल गलकोट नगर अस्पताल प्रमुख हुन् ।  बागलुङ — सुरुको पढाइ त उनको संस्कृत हो । संस्कृत मावि बेलबगरको पढाइमा उनी अब्बल थिए । २०६० को एसएलसीपछि उनी मेडिकल क्षेत्रको पढाइमा जान चाहन्थे । संस्कृत पढे पनि अंग्रेजी भाषा राम्रो थियो । जैमिनी नगरपालिका–७ जैदीको सामान्य परिवारका राजेश पौडेलले खर्च जुटाएर डाक्टर पढ्न सक्ने अवस्था रहेन । हेल्थ असिस्टेन्ट पढे । काठमाडौंस्थित नेपाल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्समा एचए पास गरेपछि… पुरा पढौ

बाग्लुङका ७७ वटा खानेपानीकाे मुहानमा भेटियाे दिसामा पाइने ‘कोलीफर्म’

बाग्लुङ - बाग्लुङका ७७ वटा मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ भेटिएकाे छ । जिल्लाका १० पालिकाबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको हाे ।  हालैमात्र निसीखोला गाउँपालिका–६ भल्कोटमा झाडापाखला र टाइफाइड रोग फैलिएपछि खानेपानीको मुहान परीक्षण गर्दा कोलीफर्म भेट्टिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले एक महिनाअघि नसीखोला गाउँपालिका–६ मा वितरण गरिएको तीन वटा खानेपानीको मुहानको पानी परीक्षण गर्दा तिग्रापानीमा रहेको मुहानमा कोलीफर्म भेट्टिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन… पुरा पढौ