स्वास्थ्य

लट्टेको साग

लट्टेको साग पाहुनालाई दिंदा अपमानित गरेको ठान्दा रहेछन् । तर त्यही लट्टे अंग्रेजी नाम ‘अमरान्थ’ भनेर ठूला होटलमा मीठो मानेर खाइन्छ । तराई तथा भित्री मधेशमा यसलाई चौलाई वा रामदाना, वा लुँडे पनि भनिन्छ ।उच्च पहाड, कर्णाली र सुदूरपश्चिमतिर यसलाई ‘मार्से’ भनिन्छ । त्यतातिर लट्टेको तरकारी मात्र नभई दानाको सुप, पीठो, खीर बनाएर खाने चलन छ । लट्टेमा सूक्ष्म पोषण, विशेषगरी फलाम प्रचूर मात्रामा पाइन्छ । रगतको कमी भएका महिलालाई लट्टेको साग अति उपयोगी हुन्छ । लट्टेको पात पिसेर आँटामा… पुरा पढौ

बियाँको बल

फर्सीका बियाँ, आलस, भाङो, सूर्यमुखी फूलका बियाँ, तिल आदि हामीकहाँ प्रशस्तै पाइन्छन् तर यसमा रहेको पौष्टिकताबारे कतिलाई थाहा छ ? भाङको छोप बनाएर अचार धेरैले खान्छन् । भाङको बीउमा रहेको प्रोटिन उच्च स्तरको हुुन्छ । यसमा पर्याप्त मात्रामा रेशादार तत्व हुुन्छ, खाना पचाउन पनि मदत गर्छ। यसमा रहेको ओमेगा ३ फ्याटी एसिडले स्वास्थ्यमा लाभ पुर्‍याउँछ । ओमेगा ३ को महँगो क्याप्सुुल किनेर खानै पर्दैन् । विभिन्न अध्ययनहरुले भाङका दाना खाए रक्त सञ्चालन र मुटु स्वस्थ राख्न मदत गर्छ भन्ने उल्लेख… पुरा पढौ

धौलागिरि अस्पताल बागलुङमा ,बिना बजेट अक्सिजन प्लान्ट निर्माणकार्यकाको ठेक्का सम्झौता

बागलुङ-सरकारले गण्डकी प्रदेशको पहिलो काेभिड अस्पताल बागलुङमा काेराेना संक्रमित बिरामीकाे उपचार सहज बनाउन धाैलागिरि अस्पताल बागलुङमा अक्सिजन प्लान्ट बनाउनकाे लागि  घाेषणा गरेकाे बजेट नपठाएपछि काम अलपत्र परेको छ ।सरकारले बजेट दिने घाेषणा गरेपछि अस्पतालले बिज्ञापन प्रकाशित गरि ठेकेदार कम्पनी समेत छनाैट गरिसक्दा समेत बजेटकाे अत्तोपत्तो छैन ।सरकारले धाैलागिरि अस्पताल बागलुङमा सुविधा सम्पन्न अक्सिजन प्लान्ट निर्माण गर्नकाे लागिठेकेदार कम्पनी संग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएपनि बजेट विनियोजन नहुदा काम अगाडि बढ्न सकेको छैन । काेराेना भाइरस काेभिडकाे नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएर काेभिडका… पुरा पढौ

आँगनमै औषधि

केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो… पुरा पढौ

कोरोनाबाट जोगिन खानपान र व्यायामसंगै आत्मबल बढाऔ

बागलुङ-धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डा.सरोज राय यादवले कोरोना संक्रमणबाट जोगिनका लागि खानपान र व्यायाम तथा आत्मबल बढाउन ध्यान दिनु पर्नेमा जोड दिनुभएको छ । ​​आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र धौलागिरी आयुर्वेद औषधालयको संयुक्त आयोजनामा सोमबार भर्चुअल रुपमा आयोजित कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेद तथा योग चिकित्साको उपयोगिता विषयक कार्यक्रममा बोल्दै रायले यस्तो बताउनुभएको हो । ​​कोरोना भाइरसको अहिलेसम्म पनि औषधी पत्ता लागेको छैन, यसबाट बच्नका लागि शरिरमा रोक प्रतिरोधात्मक शक्ति बढाउनु पर्दछ, रायले भन्नुभयो–‘रोग प्रतिरोधात्मक शक्ति बढाउनका… पुरा पढौ

हप्तामा कति पटक गर्ने यौंन सम्पर्क ?

यौन सम्पर्क शरीरका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै लाभदायिक मानिन्छ । नियमित रुपमा यौन सम्पर्क गर्नाले विभिन्न रोगबाट पनि बच्न सहयोग गर्छ भन्छ, अध्ययन ।  अध्ययनका अनुसार नियमित यौन सम्पर्क गर्नाले स्तन र प्रोस्टेट क्यान्सरको जोखिमलाई कम गर्छ । साथै यौन सम्पर्कले मुटु बलियो हुने र तनावको खतरालाई पनि कम गर्छ ।  आरकाइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार पछिल्लो दशकको तुलनामा अमेरिकाका मानिसमा सेक्सप्रतिको लगाव कम भएको छ । २०१० देखि २०१४ सम्ममा अमेरिकाका मानिसले २०००… पुरा पढौ

संघद्वारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

नेपाल चिकित्सक संघले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई दुई सेट अक्सिजन कन्सन्ट्रेटर मेशिन सहयोग गरेको छ । समाजसेवी प्रताप पौडेल, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि दिल्लीराम सुवेदी, नेपाल तरुण दल बागलुङको जिल्ला अध्यक्ष उमाकान्त शर्मा बाबु, नेपाली काग्रेस बागलुङका नेता जित शेरचन र नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष गोपाल पौडेल लगाएतको पहलमा चिकित्सक संघले उपलब्ध गराएको हो । कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन र जनताको जीवन रक्षा गर्न धौलागिरि अस्पताल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसहित जिल्लाका तीन वटा स्वास्थ्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण… पुरा पढौ

६२ देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाउन शुरू

बागलुङ , बागलुङ नगरपालिकाले मंगलबारदेखि सञ्चालन हुने कोभिडविरुद्धको खोप लगाउन १४ वटै वडामा केन्द्र तोकेको छ । ती केन्द्रहरूमा मंगलबार ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन शुरू गरिएको  छ ।  यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई यसपटक खोप दिन लागिएको हो । खोप कार्यक्रममा भिड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको बागलुङ नगरपालिका स्वास्थ शाखाका प्रमुख  रामप्रसाद खनालले बताए । नगरपालिकाअन्तर्गत सहरी… पुरा पढौ

जन्मभुमिका लागि जापानबासी गल्कोटेले पठाए स्वास्थ्य सामाग्री

बागलुङ / जापानमा कृयाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आज अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ । गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गर्नुभएको थियो । सीमित… पुरा पढौ

आँखालाई जति दुःख अहिले कुन अंगलाई होला र ?

कोभिड-१९ को दोस्रो लहरबाट संक्रमण दर वृद्धि र मृत्यु हुने संख्या बढे यता विभिन्न ठाउँमा लकडाउन सुरु गरियो । लकडाउन भए यता हाम्रो दैनिकीमा पनि फेरबदल भएर आएको छ, जस्तै : स्कुल, कलेज जाने विद्यार्थी अब अनलाइन कक्षा लिन थाले, विभिन्न कर्मचारीलाई ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने भन्ने अवधारणामा चल्न पर्यो भने आफ्ना साथी-भाइ, ईष्टमित्र, नातागोताका मान्छेहरूसँग इन्टरनेटका माध्यमबाट सामाजिकीकरण हुन पर्यो ।  चाडपर्वमा टीका र आशिष दिनेदेखि पूजा पाठलगायतका धार्मिक अनुष्ठानमा ‘भिडियो च्याट’बाट मन्त्र पाठ गरिनु सामान्य जस्तै… पुरा पढौ