Feature News

जापानमा फ्लूका केसहरू १० वर्ष यताकै तीव्र गतिमा चेतावनी स्तरमा पुगेको सरकारी अधिकारीहरुको दाबी

जापानमा राष्ट्रव्यापी हजारौं तोकिएको चिकित्सा संस्थाहरूमा इन्फ्लुएन्जा बिरामीहरूको औसत संख्या १० वर्षमा सबैभन्दा द्रुत गतिमा चेतावनीको स्तरमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन्।जापानका विभिन्न लगभग ५ हजार चिकित्सा संस्थाहरूमा डिसेम्बर १० देखि यताको हप्तामा १ लाख ६६ हजार ६९० बिरामीहरू रहेको र प्रति सुविधा चिकित्सा संस्थामा ३३.७२ व्यक्तिको औसतसहित ३० को चेतावनी स्तर पार गरेको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जनाएको छ।नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेजले सोही अवधिमा राष्ट्रव्यापी रूपमा कुल ११ लाख १८ हजार बिरामी भएको अनुमान समेत गरेको छ।हालैका… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । पुरा पढौ

टोकियोमा सन् २०२४ देखि चालक अनुमतिपत्र नवीकरणका लागि अपोइन्टमेन्ट प्रणाली अपनाउने

जापानको राजधानी टोकियोमा सन् २०२४ देखि चालक अनुमतिपत्र नवीकरणका लागि अपोइन्टमेन्ट प्रणाली अपनाउने भएको छ ।चालक अनुमतिपत्र कार्यालय र परीक्षण केन्द्रहरूमा आगन्तुकहरूको भीडलाई कम गर्न र कर्मचारीहरूको बोझ कम गर्न अधिकारीहरूले जनवरी ४ बाट अपोइन्टमेन्ट स्वीकार गर्न सुरु गरिने बताइएको छ।महानगरीय प्रहरी विभागका अनुसार टोकियोमा हरेक वर्ष करिब २३ लाख मानिस इजाजतपत्र कार्यालय र परीक्षा केन्द्रहरूमा जाने गर्छन्। अगस्टको मध्यमा ओबोन बिदा जस्ता व्यस्त समयमा कहिलेकाहीँ इजाजतपत्र जारी गर्न चार घण्टाभन्दा बढी समय लाग्ने समेत गरेको छ।रिजर्भेसन प्रणाली लागु भएपछि… पुरा पढौ

राष्ट्रपति पौडेलविरुद्ध अदालत जाने सभामुखको चेतावनी

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध अदालतमा जाने धम्की दिएका छन् । संघीय संसदको महासचिवको सिफारिस कार्यान्वयनबारे बुधबार राष्ट्रपतिसँगको फोन वार्तामा सभामुख घिमिरेले यस्तो चेतावनी दिएका हुन् ।  मंसिर २४ गते आइतबार संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत नहुँदै सोमबार सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले पद्मप्रसाद पाण्डेयलाई नयाँ महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।  घिमिरे र तिमिल्सना आफैँ राष्ट्रपति भवन शीतल निवास पुगेर सो सिफारिस राष्ट्रपतिलाई बुझाएका थिए । राष्ट्रपति कार्यालयले भने… पुरा पढौ

खाँणलाई धरौटीमा छाड्न उच्चले टेकेको नौ आधार : जाहेरी र टेकनारायण पाण्डेले लेखेको चिटमा नाम छैन

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदलको आदेश बेरितको देखिएको भन्दै उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ। जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा यस अगाडि आदेश आउँदा दुई न्यायाधीशबिच राय बाझिएपछि न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले बिहीबार उनलाई धरौटीमा रिहा गरेको हो। मंसिर १५ गते न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा पुगेको थियो। न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने आदेश गरेका थिए भने… पुरा पढौ

१५ बैंकले हारेको सरकारविरुद्धको मुद्दाका कारण २६ अर्ब राज्य कोषमा थपिँदै

एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका १५ वाणिज्य बैङ्कको रिट खारेज भएको छ। सरकारको निर्णयविरुद्ध बैङ्क र बिमा कम्पनीहरूले सामूहिक रूपमा दायर गरेको रिटबारे दुई दिनसम्म सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार रिट खारेज गर्ने फैसला गरेको हो। अब वाणिज्य बैङ्क र बिमाहरूबाट सरकारले २६ अर्ब रकम कमर बापत पाउनेछ। सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मलता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले सरकारको पक्षमा फैसला सुनाएको… पुरा पढौ

थमन बिक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई सफाइ, सात जनालाई जन्मकैदको सजाय

धनुषा । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । बिहीबार न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले जानकारी दिइन् । लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने अदालतले जन्मकैदको सजाय सुनाएको छ । त्यसैगरी अदालतले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान… पुरा पढौ

पर्यटकको रोजाइमा गाजा दह, सडक बिग्रिँदा भने पुग्नै मुस्किल

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौं पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । तर, यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।   बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यस सडकलाई… पुरा पढौ

जापानको सबैभन्दा वृद्ध व्यक्ति ११६ वर्षीया फुसा तात्सुमीको निधन

जापानको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता प्राप्त रहेकी ११६ वर्षीया फुसा तात्सुमीको मंगलबार वृद्धावस्थाका कारण निधन भएको ओसाका प्रिफेक्चरको काशिवारा शहरका अधिकारीले बताएका छन्।२५ अप्रिल १९०७ मा जन्मेकी तात्सुमीले हाल काशिवाराको नर्सिङ होममा आफ्नो अधिकांश दिन ओछ्यानमा बिताउँदै आएको र केहि दिनदेखि उनको स्वास्थ्यमा उतारचढाव आएको उनको हेरचाह गर्दै आएका कर्मचारीले बताएका छन्।गत वर्ष अप्रिलमा फुकुओकामा ११९ वर्षीया महिलाको मृत्यु भएपछि उनी जापानमा सबैभन्दा बढी बाँच्ने व्यक्ति बनेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ।यस वर्षको जनवरीसम्ममा विश्वको सबैभन्दा वृद्ध… पुरा पढौ

नेपाली जनप्रगतिशील मञ्च जापानको नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिख टोकियोमा हुने

नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को नवौं महाधिवेशन २०२४ जनवरी २८ तारिकका दिन टोकियोमा हुने भएको छ।आइतबार प्रवास समन्वय समितिका सह इन्चार्च लक्ष्मण पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न र मञ्चको राष्ट्रिय समितिको पूर्ण बैठकले नवौं महाधिवेशन जनवरी २८ तारिख आईतबारका दिन जापानको टोकियोमा गर्ने निर्णय गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए।“प्रवासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान ! ज्ञान , सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवौँ अधिवेशन"! भन्ने नाराका साथ हुन लागेको महाधिवेशनमा प्रवास समन्वय समितिका… पुरा पढौ