टोकियो, जापान जापानमा सक्रिय सामाजिक संस्था गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर चार प्रमुख शहरहरूमा भव्य 'सांगीतिक श्रृंखला–२०२६' आयोजना गर्ने भएको छ। "समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी" भन्ने मूल नाराका साथ समाजले यस वर्षको कार्यक्रमलाई विशेष अभियानका रूपमा अघि बढाएको हो। लोकप्रिय कलाकारहरूको जमघट यसपटकको सांगीतिक श्रृंखलामा नेपालका बहुचर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा सुगम संगीतका लोकप्रिय गायक शिव परियार, छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका समिक्षा अधिकारी, चर्चित लोक सर्जक तथा…
पुरा पढौ