नेपाल शिक्षक महासंघले गलकोट नगरपालिकामा धर्ना दिएको छ ।
नेपाली शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सञ्चालन गरेको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तगत आज नगरपालिकामा धर्ना दिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
महासंघले नगरपालिकामा हुने शैक्षिक सरोकारका हरेक गतिविधिहरुमा नगरपालिकामा क्रियाशिल संघ संगठनहरुलाई अनिवार्य रुपामा सहभागि गराउनुपर्ने र संघिय सरकारले आर्थिक वर्ष २०७८÷७९ को लागि विद्यालय कर्मचारी तथा सहजकर्ताको लागि तलब वृद्धिमा गरेको व्यवस्था तुरुन्त कार्यन्वयन गर्नुपर्ने लगायतका माग राख्दै नगरपालिकामा बिहान १० बजे देखि ११ बजे सम्म धर्ना दिएको नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष हरि चालिसेले जानकारी दिनुभयो ।
महासंघले गत असार १५ गतेदेखि विभिन्न चरणमा आफ्ना आन्दोलनका कार्यक्रम गर्दै आएको छ । सो अवसरमा महासंघले ११ सदस्यीय आन्दोलन परिचालन समिति समेत गठन गरेको छ । हरिचालिसेको संयोजकत्वमा गठित आन्दोलन परिचालन समितिको सचिवमा हेम बहादुर बुढाथोकी रहनुभएको छ ।
धर्ना सभामा नेपाल शिक्षक महासंघ केन्द्रिय सदस्य पुष्कर शर्मा, अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, नेपाल शिक्षक संघ प्रदेश सदस्य ढुण्डीराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महासंघले भोली १ बजे गलकोट बहुमुखि क्याम्पसमा राजनैतिक दलसँग अन्तरक्रिया कार्यक्रम समेत तय गरेको छ ।
धर्ना सभा नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिका संयोजक हरि चालिसेको अध्यक्षता र सचिव हेम ब्ुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो ।