विज्ञान प्रविधि

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, त्यसको अर्थ के?

नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।  त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।  तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ।  चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य… पुरा पढौ

एमडीएमएसमा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो । यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो । यसअन्तर्गत आईफोन र… पुरा पढौ

ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स उपलब्ध गराउने

नेपालको प्रमुख डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स समेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिंदा भुक्तानी सफल भए नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउण्ड बक्स समेत उपलब्ध गराउने भएको हो ।  कम्पनीका अनुसार साउण्ड बक्सका लागि नेपालकै अर्को प्रविधि कम्पनी यार्सा टेकसँग सहकार्य गरिएको छ । यार्साले बनाएका साउण्ड बक्सको अग्र भागमा क्यूआर कोड राखिनेछ ।  https://x.com/subashsharma/status/1706233374929502553?s=46&t=lz7FRpnh6-u1FDF2L-TaNQ फोनपे तथा ईसेवा समेतको माउ कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)… पुरा पढौ

इन्टरनेट र सामाजिक सञ्जालबाट भ्रामक जानकारी दिए कारवाही

सरकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने भएको छ ।नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्दै सरकारले इन्टरनेटको प्रयोगमा संवेदनशील हुन आग्रहसहित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगमा भ्रामक जानकारी सम्प्रेषणलाई नियन्त्रण गर्ने नीति लिएको हो । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ’ नीतिमा उल्लेख छ, ‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।’ इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने… पुरा पढौ

जापान पुगेकी प्रेमिकाले समय नदिँदा मलेसियामा रहेका प्रेमीलाई तनाव भएपछि…

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका म्याग्दीको मंगला गाउँपालिका– ५ सिर्कुमका २७ वर्षीय प्रकाश जैसी भन्ने प्रकाश विकलाई साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल झिकायो । ब्यूरोमा परेको जाहेरीका आधारमा ४ महिनाअगाडि इन्टरपोल नेपाल शाखामार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी साउन १४ गते नेपाल झिकाइएको थियो । प्रहरीले उनलाई साउन १६ गते सार्वजनिक गर्‍यो । ‘उनीविरुद्ध साइबर अपराधको जाहेरी परेपछि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याएका हौं,’ साबइर ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने । विक ७… पुरा पढौ

नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

विदेशी टेलिभिजन च्यानलहरुको प्रशारण सोमबारबाट देशभर बन्द हुने भएको छ। संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो। अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागू भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो। गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले… पुरा पढौ

एलन मस्कको लगानी रहेको इलेक्ट्रिक फ्लाइङ (उड्ने)कारले पायो उडान अनुमति

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ ।  क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन (FAA) बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।  कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भने, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै… पुरा पढौ

४५.८ अर्ब क्षतिपूर्ति माग्दै एनसेलले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालको जीत

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले नेपाल सरकारबाट क्षतिपूर्ति माग गर्दै अन्तर्राष्ट्रिय विवाद समाधान केन्द्र (आईसीएसआईडी) मा दायर गरेकाे मुद्दामा हार व्यहाेरेकाे छ । नेपाल सरकारबाट ३४८ मिलियन अमेरिकी डलर (शनिबारकाे विनियमय दर अनुसार ४५ अर्ब ८१ करोड ४२ लाख रुपैयाँभन्दा बढी) क्षतिपूर्ति दाबी गर्दै एनसेलले २०७६ वैशाख आईसीएसआईडीमा दायर गरेकाे मुद्दामा नेपाल सरकार प्रतिरक्षा गर्न सफल भएको हाे । विश्व बैंक मातहत रहेको आईसीएसआईडीले गठन गरेको ट्राइब्युनल (मध्यस्थ) अन्तर्गत उक्त मुद्दा अगाडि बढाइएकाे थियाे । "हाम्रो वकिलले हामीलाई हिजो राति नेपाल सरकारको पक्षमा फैसलाई भएको जानकारी दिनुभएको… पुरा पढौ

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

बागलुङ जेठ २, चारैतिर अग्ला पहाड अनि खोंचमा रहेको छ टुनिबोट गाउँ, भिमगिठे खोलाको नदि छेउमा रहेको उक्त बस्तीमा यसअघि मोवाईल सेवा नहुँदा त्यहाँका नागरिकलाई समस्या हुँदै आएको थियो । गाउँ देखि माथि भित्रेनी डाँडामा नेपाल टेलिकमले टावर निर्माण गरि नमस्ते मोवाईल सेवा सुचारु गरेपछि अहिले स्थानियबासी खुसी भएका छन । मोवाईल सेवा सञ्चालन भएपछि बडिगाड गाउँपालिका वडा नं ७ भिमगिठेको टुनीबोट सँगै अमिले, जैबाने, भित्रेनी, छेपारे, ओखरेनी, पदमभीर र वडा नं ८ को दोभान सिमा क्षेत्रका झण्डै २ सय… पुरा पढौ

हप्तामा ३० मिनेटभन्दा बढी मोबाइलमा कुरा गर्नेलाई उच्च रक्तचापको जोखिम

कुनै व्यक्तिले प्रति हप्ता ३० मिनेट वा सोभन्दा बढी समय मोबाइल फोनमा कुरा गर्दा उच्च रक्तचाप हुने जोखिम १२ प्रतिशतले बढ्ने पाइएको छ । युके बायोबैङ्कको डेटा प्रयोग गरी मोबाइल फोनमा कुरा गर्ने र उच्च रक्तचाप सुरु हुने बीचको सम्बन्ध अध्ययन गर्दा सो कुरा पत्ता लागेको हो ।  युरोपियन हार्ट जर्नल, डिजिटल हेल्थमा प्रकाशित गरिएको रिपोर्टका अनुसार उच्च रक्तचाप नभएका ३७ देखि ७३ वर्षका कुल २ लाख १२ हजार ४६  जनालाई अध्ययनका लागि सामेल गराइएको थियो ।  उनीहरूलाई मोबाइल फोनमा… पुरा पढौ