विज्ञान प्रविधि

अमेरिकाले टिकटकलाई प्रतिबन्ध गर्ने चेतावनी

लोकप्रिय भिडियो एप टिकटकलाई अमेरिकाले प्रतिबन्ध गर्ने चेतावनी दिएको छ । चिनियाँ मालिकहरूले हिस्सेदारी विक्री नगरे अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो । समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्ता ब्रुक ओबरवेटरलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन् । अमेरिकाले लामो समयदेखि टिकटकले अमेरिकी उपभोक्ताको डाटा चिनियाँ सरकारसँग साझेदारी गरेको आरोप लगाउँदै आएको छ । यस सम्बन्धमा विगतमा पनि अमेरिकी सरकारसँग कम्पनीको सम्बन्ध तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । https://twitter.com/reuters/status/1636191921507913728?s=46&t=lz7FRpnh6-u1FDF2L-TaNQ सन् २०२० मा, टिकटकलाई… पुरा पढौ

टिकटक प्रयोगकर्ताले अब भिडिओबाटै पैसा कमाउन सक्ने

काठमाडौं । टिकटकले क्रियटरका लागि पेड-सब्सक्रिप्सन अर्थात् आफ्नो भिडिओ हेर्न चाहने व्यक्तिहरूबाट पैसा लिन सकिने फिचर सार्वजनिक गरेको छ । छोटो भिडिओ शेयरिङका लागि लोकप्रिय रहेको टिकटकले मंगलबारसो फिचर सार्वजनिक गरेको हो । यस फिचरमार्फत क्रियटरले २० मिनेट लामो भिडिओ अपलोड गर्न सक्नेछन् । यसरी एउटा कलेक्सन (एल्बम) मा ८० ओटासम्म भिडिओ राख्न सकिने कम्पनीले उल्लेख गरेको छ । यस्ता कलेक्सन हेर्न प्रयोगकर्ताबाट क्रियटरले एकदेखि १९० अमेरिकी डलर (२४ हजार ८०० रुपैयाँ) लिन सक्नेछन् । यसरी क्रियटरले तोकेको शुल्क तिरेर क्रियटरको… पुरा पढौ

जापानको नयाँ रकेट आफ्नो पहिलो उडानमा नै फेल, अन्तरिक्षमा विस्फोट गराइयो

जापानको स्पेस एजेन्सी जाक्सा अर्थात् जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले मङ्गलवार अर्थात् सात मार्च २०२३ मा भारी क्षति व्यहोर्नुपर्यो । एजेन्सीको नयाँ रकेट एचथ्री आफ्नो पहिलो उडानमा नै फेल भयो । यो एक मिडियम लिफ्ट रकेट थियो जसको लन्चिङ त सही भयो तर दोस्रो चरणको इन्जिन स्टार्ट नभएका कारण रकेट दिशा भड्किन थाल्यो । यस्तोमा रकेटलाई अन्तरिक्षमा नै विस्फोट गरेर उडाइयो । जापानी स्पेस एजेन्सीले यो रकेट बनाएको थियो । एलन मस्कको स्पेस एक्स कम्पनीभन्दा सस्तो मूल्यमा उपग्रह प्रक्षेपण गर्ने यसको… पुरा पढौ

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ ।  दक्षिणपश्चिम जापानको कागोशिमा प्रिफेक्चरमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रको प्रक्षेपण स्थलबाट रकेट प्रक्षेपण गर्ने योजना रहेको जाक्साले जनाएको छ । जापानको अघिल्लो मुख्य प्रक्षेपण यान एच–२–ए रकेटबाट विकशित एच–३ रकेटको प्रक्षेपण प्रणालीमा गडबडी र खराब मौसमका कारण धेरै पटक ढिलाइ भएको छ । फेब्रुअरी १७ मा जाक्साले एयरफ्रेमको ब्याट्रीबाट यसको मुख्य… पुरा पढौ

अमेरिका र क्यानडा सरकारले सरकारी संयन्त्रमा टिकटक प्रतिबन्धित गर्‍यो 

ह्वाइट हाउसले सबै अमेरिकी संघीय एजेन्सीहरूलाई चिनियाँ स्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकलाई ३० दिनभित्र सरकारी यन्त्रहरूबाट हटाउन आदेश दिएको छ। TikTok मार्फत चीनमा सम्भावित डाटा चुहावटलाई लिएर अमेरिकामा चिन्ता बढ्दै गएको सन्दर्भलाई उल्लेख गर्दै सो आदेश जारी गरेको हो ।सोमबार जारी गरिएको आदेशले संघीय उपकरणहरूमा एपलाई प्रतिबन्ध लगाउने कानूनको डिसेम्बरमा कांग्रेसले पारित गरेको हो।अमेरिकी सरकारका एक अधिकारीले प्रतिबन्धलाई एपले प्रस्तुत गरेका जोखिमहरूलाई सम्बोधन गर्नको लागि एक महत्वपूर्ण कदमको रूपमा भएको व्याख्या गरेको छ ।क्यानाडाले पनि अमेरिकाको सोहि शैलीलाई अपनाउने… पुरा पढौ

अब टिकटकरले आफ्नो भिडिओ हेर्नेसँग पैसा लिन सक्ने

शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले विभिन्न नयाँ फिचरमा काम गरिरहेको छ । बाहिरिएकाे एक जानकारी अनुसार अब टिकटक क्रियटरले आफ्नो भिडिओहरू पैसा तिरेर मात्र हेर्न मिल्ने बनाउन सक्नेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'द भर्ज'का अनुसार यो फिचरअन्तर्गत क्रियटरले आफ्ना भिडिओको शुल्क तोक्न सक्नेछन् । न्यूनतम एक डलरदेखि माथि क्रियटर आफैंले भिडिओ अनुसारको शुल्क निर्धारण गर्नसक्ने बताइएको छ । इन्स्टाग्राममा भने यो फिचर पहिले नै आइसकेको छ । 'शेयर सब्स्क्राइबर वन्ली' फिचर अन्तर्गत क्रियटरले पोस्ट, रिल तथा स्टोरी राख्छन् । त्यस्ता कन्टेन्ट हेर्नका लागि… पुरा पढौ

सिमकार्ड किन्दा बायोमेट्रिक लिने सरकारको तयारी, नागरिकको विवरण कति सुरक्षित?

सरकारले दुरुपयोग रोक्न भन्दै सिमकार्ड खरिद् गर्दा बायोमेट्रिक अर्थात् जैविक विवरण पेस गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताएको छ।  अधिकारीहरूका अनुसार सिमकार्डको गलत प्रयोग र त्यसबाट प्रेरित आपराधिक गतिविधि नियन्त्रण गर्ने हेतुले यस्तो योजना बनाइएको हो। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक लिएर मात्र सिम दिने व्यवस्था गर्न लागिएको हो। मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ। सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग… पुरा पढौ

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको इन्टरनेसनल र डोमेस्टिक टिकट काट्न सकिने

काठमाडौं । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो । अन्य पेमेन्ट गेटवेहरूमार्फत पनि उडान टिकट खरिद गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ । यसअघि नेपाल एयरलाइन्सको वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फत टिकट काट्ने सुविधा ल्याइएको थियो ।  निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ ।… पुरा पढौ

सर्भरको समस्या समाधान भएसँगै सुरु भयो विद्युतीय राहदानीको वितरण

काठमाडौं । गत एक सातादेखि स्थगित राहदानी वितरण पुनः सुरु भएको छ । राहदानी विभागको सर्भरमा समस्या आउँदा गएको १७ गतेदेखि राहदानी वितरण रोकिएको थियो ।  सर्भरमा देखिएको समस्या समाधान भएसँगै आइतबारदेखि राहदानी वितरण सेवा नियमित भएको विभागले जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सेवा पुनः सुरु भएको जानकारी दिएको हो ।  “गत साताबाट सिस्टममा आएको सुस्तता हाल समाधान भएको छ,” विभागको सूचनामा भनिएको छ, “समस्या समाधान भएसँगै सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ ।” यसअघि विभागको सर्भरमा समस्या… पुरा पढौ

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनु भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले व्यापक विरोध गरेका थिए । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने… पुरा पढौ