तस्विर समाचार

जापान निर्वाचन: एक्जिट पोलमा सत्तारूढ एलडीपीलाई दुई तिहाइ बहुमतको सङ्केत, विपक्षी गठबन्धन कमजोर

टोकियो, जापान । जापानमा आइतबार सम्पन्न ५१औँ प्रतिनिधि सभा (तल्लो सदन) निर्वाचनको मतदान लगत्तै सार्वजनिक भएको एक्जिट पोलले सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गर्ने देखाएको छ। असाही सिम्बुनले गरेको सर्वेक्षण अनुसार एलडीपीले निर्वाचन अघिको १९८ सिटबाट ठूलो फड्को मार्दै ३०० भन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ। एलडीपी र उसको गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इसिन) को सिट सङ्ख्या जोड्दा सदनको दुई तिहाइ अर्थात् ३१० सिट नाघ्ने प्रबल सम्भावना छ। जापानी संसदीय व्यवस्थामा तल्लो सदनमा दुई तिहाइ… पुरा पढौ

टोकियोमा तीन दिने भव्य शिव महापुराण तथा महाशिवरात्री मेलाको तयारी, पण्डित गिरिराज पौडेलले कथा वाचन गर्ने

टोकियो, जापान । जापानमा बसोबास गर्ने नेपाली हिन्दू समुदायलाई आफ्नो धर्म, संस्कृति र अध्यात्मसँग जोड्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ तारिखसम्म भव्य ‘शिव महापुराण तथा महाशिवरात्री मेला’ आयोजना हुने भएको छ। पर्वत समाज जापानको आयोजनामा हुन लागेको यस धार्मिक महोत्सवले प्रवासमा रहेका नेपालीहरूमा धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। "धर्म, संस्कृति र सेवाको यो महाअभियानमा सहभागी बनौं" भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस कार्यक्रमबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष राम बास्तोलाले प्रवासमा नेपाली पहिचान… पुरा पढौ

जापानका पाँच प्रमुख सहरमा महानायक राजेश हमालको ‘सपना, साधना र सफलता’ : नेपाली समुदायका लागि विशेष उत्प्रेरणा कार्यक्रम

टोकियो । जापानवासी नेपालीमा सकारात्मक सोच जगाउन गैरआवासीय नेपाली संघद्वारा महानायक राजेश हमालको उपस्थितिमा फेब्रुअरी ११ देखि पाँच सहरमा निःशुल्क उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिने भएको छ। जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यका साथ "सपना, साधना र सफलता : युगदेखि युगसम्म" शीर्षकमा यो विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो। गैरआवासीय नेपाली संघ (NRNA NCC–Japan) को मुख्य आयोजना तथा INLS Japan को सह–आयोजनामा सम्पन्न हुने यस अभियानले प्रवासमा रहेका नेपालीहरूलाई नयाँ ऊर्जा प्रदान गर्ने… पुरा पढौ

जापानको तल्लो सदन निर्वाचन: प्रधानमन्त्री सानाए ताकाइचीको दललाई ठूलो जितको अपेक्षा

टोकियो, जापान। जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइची आइतबार हुने राष्ट्रिय निर्वाचनमार्फत आफ्नो सत्तामा पकड बलियो बनाउने प्रयासमा हुनुहुन्छ। यसै साता सार्वजनिक भएका विभिन्न जनमत सर्वेक्षणहरूले उहाँको रूढिवादी दल (लिबरल डेमोक्रेटिक पार्टी - LDP) र सत्तारूढ गठबन्धनले ठूलो जित हासिल गर्न सक्ने देखाएका छन्। ४६५ सिट रहेको तल्लो सदनमा ताकाइचीको LDP र उसको गठबन्धन साझेदार 'जापान इनोभेसन पार्टी' (इशिन) ले करिब ३०० सिट जित्ने अनुमान गरिएको छ। यदि यो गठबन्धनले २६१ सिट जितेमा यसलाई 'निरपेक्ष स्थिर बहुमत' मानिनेछ, जसले बजेट प्रस्तावहरू… पुरा पढौ

जापानमा विदेशी कामदार भर्ना गर्दा कम्पनीलाई विशेष अनुदान दिने हल्ला गलत: सरकारी अधिकारी

टोकियो, जापान । फेब्रुअरी ८ मा हुने जापानको तल्लो सदनको निर्वाचनको सङ्घारमा आप्रवासी कामदार र विदेशी नागरिकसम्बन्धी नीतिहरू बहसको विषय बनेका छन्। यसै क्रममा सामाजिक सञ्जालमा "विदेशीलाई काममा राख्दा सरकारले कम्पनीहरूलाई विशेष अनुदान दिन्छ" भन्ने भ्रामक दाबी व्यापक रूपमा फैलिएपछि जापानी सरकारी अधिकारीहरूले यसको कडा खण्डन गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा विदेशीहरूले विशेष सुविधा पाएको भन्ने गलत सूचनाले जनमानसमा आक्रोश बढाउने र भोट प्रभावित पार्ने प्रयास भइरहेको अधिकारीहरूको भनाइ छ। सामाजिक सञ्जालमा भाइरल भएको दाबी अनुसार जापानी कम्पनीहरूले विदेशी कामदार भर्ना… पुरा पढौ

जापानको बाध्यता: राजनीतिक नारामा ‘कडाइ’, व्यवहारमा विदेशी कामदारकै ‘भर’

टोकियो (जापान) । धुवाँले ढाकिएको एउटा कारखानाभित्र, तातो प्रतिरोधी कपडा लगाएका एक युवा १३०० डिग्री सेल्सियसमा पग्लिएको धातुलाई साँचोमा खन्याउँदै छन्।埼玉県 (साइतामा) को यासियो सहरमा रहेको ‘यामामोटो कोकी’ नामक कास्टिङ कम्पनीको यो दृश्य जापानको वर्तमान औद्योगिक यथार्थको विम्ब हो। जहाँ १७ जना कर्मचारीमध्ये ९ जना भियतनामी छन्। जापानको आम निर्वाचन र राजनीतिक वृत्तमा विदेशी कामदार र आप्रवासी नीतिबारे जतिसुकै ‘कडाइ’ वा ‘बहस’ भए पनि धरातलीय यथार्थ भने स्पष्ट छ– जापान विदेशी कामदार बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको छ। जनसांख्यिक संकट र… पुरा पढौ

महानायक राजेश हमालको विशेष उपस्थितिमा जापानमा ‘सपना, साधना र सफलता’ कार्यक्रम हुँदै, प्रवेश निःशुल्क

टोकियो (जापान) । जापानमा कर्मथलो बनाएर बसिरहेका नेपाली समुदायमा सकारात्मक ऊर्जा, आत्मविश्वास र प्रेरणा जगाउने उद्देश्यले एक वृहत उत्प्रेरणामूलक कार्यक्रम (Motivational Program) आयोजना हुने भएको छ। नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा टोकियोमा उक्त विशेष कार्यक्रम हुन लागेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (आईएनएलएस) जापानको सह–आयोजनामा सञ्चालन हुने सो कार्यक्रम आगामी फेब्रुअरी ११ तारिख बुधबारका दिन हुनेछ। ‘सपना, साधना र सफलता : युगदेखि युगसम्म’ शीर्षक दिइएको यो कार्यक्रम टोकियोस्थित नाकानो जिरो… पुरा पढौ

राष्ट्रपति पौडेल र जापानी प्रधानमन्त्री ताकाइचीबीच शिष्टाचार भेट: सम्बन्ध सुदृढीकरण र लगानी भित्र्याउन जोड

टोकियो (जापान) । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका प्रधानमन्त्री तकाइची सनायबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको यो उच्चस्तरीय भेटमा दुई देशबीचको दशकौँ लामो मित्रता, आपसी सहयोग र भावी सहकार्यका विषयमा गहन छलफल भएको छ। सम्बन्ध सुदृढीकरणमा जोड  भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको सम्बन्ध स्थापनाकालदेखि नै निकै प्रगाढ र मित्रवत रहेको बताउनुभयो। ७०औँ वार्षिकोत्सवलाई द्विपक्षीय सम्बन्धको 'कोशेढुङ्गा' को संज्ञा दिँदै उहाँले भन्नुभयो, “हामीप्रति जापान… पुरा पढौ

राष्ट्रपति पौडेल र जापानी सम्राट नारुहितोबीच इम्पेरियल प्यालेसमा शिष्टाचार भेट

टोकियो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच मंगलबार टोकियोस्थित इम्पेरियल प्यालेसमा शिष्टाचार भेटवार्ता भएको छ। जापान सरकारको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच आपसी हित र दुई देशको ऐतिहासिक सम्बन्धका विविध आयाममा छलफल भएको हो। लुम्बिनी: दुई देश जोड्ने बलियो पुल भेटका क्रममा राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको सम्बन्ध बुद्धको शिक्षा र आदर्शमा आधारित रहेको उल्लेख गर्नुभयो। "गौतम बुद्धको जन्मस्थल लुम्बिनीले हाम्रा दुई देशका जनताबीचको… पुरा पढौ

नेपाल पत्रकार महासंघ जापान शाखाले १० लाख येनको कल्याण कोष र ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवसलाई विशेष बनाउँदै पत्रकारहरूको हकहित र सम्मानका लागि महत्वपूर्ण योजनाहरू घोषणा गरेको छ। आगामी मार्च १५ मा मनाइने स्थापना दिवसको अवसरमा महासंघले १० लाख येनको 'पत्रकार कल्याण कोष' सञ्चालन गर्ने र ५० हजार रुपैयाँ राशिको 'प्रवास पत्रकारिता पुरस्कार' प्रदान गर्ने निर्णय गरेको हो। शाखाको हालै सम्पन्न दोस्रो नियमित बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन्: १. स्थापना दिवस तथा व्यवस्थापन स्थापना दिवसलाई भव्य बनाउन सचिव अर्जुन लामिछानेको संयोजकत्वमा एक तयारी उपसमिति गठन… पुरा पढौ