राष्ट्रिय समाचार

फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ जाँदै

एउटा इन्जिनमा आगो लागेर आकस्मिक अवतरणको तयारी गरेको विमान दुबई उडेको छ । सोमबार राति काठमाडौंबाट दुबई उड्न लागेको फ्लाइ दुबईको विमान इन्जिनमा आगो लागेपछि केहीबेर काठमाडौं र धादिङको आकाशमा होल्ड गरिएको थियो । एउटा इन्जिनले राम्रो काम गरेको भन्दै चालकले उडानको अनुमति मागेका थिए । त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले सो विमान गन्तव्यमा लागेको जानकारी दिए । विमानमा १२० नेपाली र ४९ जना विदेशी नागरिक छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै… पुरा पढौ

फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी‚ आकस्मिक अवतरण गर्दै

फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ। विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ’ सुरक्षा स्रोतले भन्यो । विमान त्रिभुवन विमानस्थलबाट दुवहीका लागि उडेको थियो । स्रोतका अनुसार विमानका… पुरा पढौ

जापानमा अत्याधुनिक बैंक नोटहरू आर्थिक वर्ष २०२४ को सुरुमा जारी गर्ने

बैंक अफ जापानले नयाँ उच्च-सुरक्षा बैंक नोटहरूको नमूना अनावरण गर्दै आर्थिक वर्ष २०२४ को पहिलो छ महिना भित्रमा नयाँ नोट जारी गर्ने भएको छ । नयाँ नोटहरू अप्रिल १४ तारिकका दिन टोकियोको चुओ वार्डमा रहेको मुद्रा सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका र अप्रिल २८ देखि जापानको उत्तरी प्रान्त होक्काइडोमा रहेको बैंक अफ जापान ओटारु सङ्ग्रहालयमा पनि प्रदर्शन राखिने भएको छ। सन् २००२४ पछि पहिलो पटक जापानले आफ्नो बैंक नोटलाई पुन: डिजाइन गरिएको हो। नयाँ १०,००० येनको नोटमा उद्योगपति शिबुसावा इइची (1840-1931), "जापानमा… पुरा पढौ

जापानमा आठ हजार विदेशी बालबालिकाले आधारभूत शिक्षा लिन विद्यालय जान नसकेको तथ्यांक सार्वजनिक

जापानमा प्राथमिक र जुनियर हाई स्कूल उमेरका ८ हजार भन्दा बढी विदेशी बालबालिकाले गत वर्ष मे महिनासम्म औपचारिक शिक्षा प्राप्त नगरेको तथ्याङ्कले देखाएको छ। आधारभूत आवासीय दर्ताहरूक अनुसार मे २०२२ सम्म प्राथमिक र जुनियर हाई स्कूल उमेरका १ लाख ३६ हजार ९ सय २३ विदेशी बालबालिकाहरूलाई सूचीबद्ध गरेको मध्य ८ हजार १ सय् ८३ बालबालिकाहरु जापानको औपचारिक शिक्षा लिन विद्यालय जान नसकेको राष्ट्रव्यापी शिक्षा मन्त्रालयले नगरपालिका बोर्डहरूको सर्वेक्षणले देखाएको लिन नजाने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । यो संख्या एक… पुरा पढौ

जापानको स्वास्थ्य मन्त्रालय अन्तरगतको प्यानलले गर्भपतन चक्की प्रयोगका लागि अनुमोदन, अब छिटै विक्रीको लागू स्वीकृति प्रदान गरिने 

जापानको स्वास्थ्य मन्त्रालयको औषधि मामिला तथा खाद्य सरसफाई काउन्सिलको उपसमितिले शुक्रबार बेलायतको लाइनफार्मा इन्टरनेशनल लिमिटेडले विकास गरेको गर्भपतन चक्कीलाई अनुमोदन गरेको छ । मेफिगो प्याक औषधि जापानमै पहिलो मौखिक गर्भपतन चक्की बन्न चाँडै औपचारिक स्वीकृति प्राप्त गर्ने अपेक्षा गरिएको छ।जनवरीमा उपसमिति अन्तर्गतको विज्ञ प्यानलले औषधिलाई स्वीकृत गरेको थियो तर मन्त्रालयले सार्वजनिक टिप्पणी सुनेपछि उपसमितिले पुन छलफल गर्ने निर्णय गरेको थियो। उपसमितिले सुरुमा मार्चमा छलफल गर्ने कार्यक्रम थियो, तर चक्की अनुमोदनको पक्षमा दुई तिहाइ जनताका करिब १२ हजार टिप्पणीहरू विश्लेषण गर्न… पुरा पढौ

जापानमा नयाँ अपार्टमेन्टहरूको मूल्य आकाशियो, पहिलो पटक २० करोड येन भन्दा बढिमा विक्री

रियल इस्टेट इकोनोमिक इन्स्टिच्युट कम्पनीका अनुसार जापानको टोकियोको केन्द्रीय क्षेत्रमा नयाँ अपार्टमेन्टहरूको उच्च माग हुनुका साथै मूल्य पनि उच्च हुन पुगेको छ।जापानमै पहिलो पटक मार्च महिनामा अपार्टमेन्टहरूको सबैभन्दा उच्च मूल्यहरू कायम भै औसतमा २०० मिलियन येन ($ 1.4 मिलियन) भन्दा माथि पुगेको छ ।राजधानीको २३ वटा वार्डमा मार्च महिनामा बिक्रीमा राखिएका अपार्टमेन्टहरूको औसत मूल्य २१७.५ मिलियन येन पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ गुणा बढी हो।कानागावा, चिबा र साइतामा प्रिफेक्चरहरू सहित टोकियो महानगरीय क्षेत्रमा औसत मूल्य पनि… पुरा पढौ

बचत रकम नदिइ कारोबार बन्द गरेसँगै इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय बचतकर्ताले घेरे

बागलुङ सदरमुकामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक साताका लागि कारोबार बन्द गरे सँगै बचतकर्ताले घेराबन्दी गरेका छन ।सहकारीमा बचत गरेको रकम फिर्ता गर्न जाँदा बचत रकम फिर्ता दिन नसक्ने सहितको सूचना टाँस गरेर कार्यालय बन्द गरेपछि बचतकर्ताहरू विचल्लीमा परेका हुन ।सहकारीले कुनै नाम नरहेको कार्यबहाक अध्यक्षको हस्ताक्षर रहेको एक सूचना प्रकाशन गर्दै अर्को सूचना नआए सम्मका लागि सम्पुर्ण कारोबार बन्द गरिएको जानकारी गराए सँगै सहकारीमा बचत कर्ताले घेरेका थिए । सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण… पुरा पढौ

जापानी साइकल यात्रीहरूले गैर-मानक विद्युतीय साइकल नचलाउन प्रहरीको चेतावनी

जापानी उपभोक्ता मामिला अधिकारीहरूले साइकल चालकहरूलाई देशको सुरक्षा नियमहरूसँग मेल नखाने दुई मोडेलको विद्युतीय सहायतायुक्त साइकल चलाउनबाट टाढा रहन आग्रह गरिरहेका छन्।गत महिना राष्ट्रिय प्रहरी एजेन्सीले उपभोक्ता मामिला एजेन्सीलाई १० मोडेलको विद्युतीय साइकलहरूको बारेमा सचेत गराएको थियो जुन गैर-मानक रहेको विश्वास गरिएको छ ।राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले तीमध्ये दुईको परीक्षण गर्‍यो र उनीहरूले जापानको सडक यातायात ऐनले तोकेको विद्युतीय र मानव शक्तिबीचको अनुपातभन्दा बढी भएको पत्ता लगाएपछि साइकल चलाउनबाट टाढा रहन आग्रह गरेका हुन ।साइकलको गति १० किलोमिटर प्रतिघण्टाभन्दा कम… पुरा पढौ

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गयो, ८ जना घाइते

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिएका छन । ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको छैन । घाइते भएका आठमध्ये सात जनाको परिचय खुलेको छ । घाइते हुनेहरूमा गोरखनाथ, सञ्जय गौतम, सोनी चमार, धमेन्द्र गौतम, मैकु गौतम, प्रशान्त राजकुमार र राजकुमार हर्जन चमार रहेका छन् । उनीहरू निर्माण कार्यमा संलग्न भारतीय कामदार रहेका प्रहरीले जनाएको छ । सख्त घाइते भएका ३… पुरा पढौ

जापान प्रवेश गर्ने विदेशीको सङ्ख्यामा २७.५ प्रतिशतले वृद्धि

जापानमा मार्च महिनामा विदेशी पर्यटकको सङ्ख्या २७.५ प्रतिशतले वृद्धि भई १८ लाख १७ हजार ५०० पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनका अनुसार गत अक्टोबरमा जापानले व्यक्तिगत र गैर–पूर्वव्यवस्थित यात्राहरूमा लगाएको प्रतिबन्ध हटाएपछिको यो प्रवेश दर सबैभन्दा उच्च हो । स्वास्थ्य लाभको सङ्केत देखिए पनि कोभिड–१९ महामारी सुरु हुनुअघि सन् २०१९ को मार्चमा देखिएको तुलनामा मासिक आँकडा ३४.२ प्रतिशतले कम रहेको सङ्गठनले जनाएको छ । मार्चमहिनामा दक्षिण कोरियाबाट सबैभन्दा बढी पाँच लाख ६८ हजार ६०० र अमेरिकी पर्यटक… पुरा पढौ