स्थानीय समाचार

उपाधीको लागि बागलुङ र नवलपुर बिच प्रतिस्प्रर्धा हुने

दुधराक्ष युवा क्लवद्वारा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा रुपन्देहीमा आयोजित ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिताका उपाधीको लागि जिल्ला भलिबल संघ बागलुङ र जिल्ला भलिबल संघ नवलपुर बिच प्रतिस्प्रर्धा हुने भएको छ ।शनिबार सम्पन्न सेमिफाईनलमा जिल्ला भलिबल संघ बागलुङले जिल्ला भलिबल संघ स्याङ्जालाई रोमान्चक ३–२ को सेटमा पराजित गदैं उपाधी दाबेदारि प्रस्तुत गरेको हो । शनिबार नै सम्पन्न पहिलो सेमिफाईनलमा जिल्ला भलिबल संघ नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई ३–१ को सेटमा पराजित गदै फाईनल पुगेको हो । सैनामैना… पुरा पढौ

पुरानै स्वरुपमा फर्कियो गलकोट दरबार

बागलुङको ऐतिहासिक गलकोट दरबार स्वरुपमा फर्किएको छ । बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा रहेको गलकोट दरबारको पुनर्निर्माण गरिएको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका परिवार विस्थापित भएपछि दरबार जीर्ण भएको थियो । अहिले दरबारका झ्याल ढोका पुरानै स्वरुपमा फेरिएको छ भने  रङ्गरोगनपछि चिटिक्क भएको छ । दरबारको पुनर्निर्माणसहित दरबार वरपर अहिले धमाधम भौतिक संरचना तयार भइरहेका छन् । लामो समयसम्म मर्मत सम्भार नहुँदा दरबारका झ्याल ढोका बिग्रिएका थिए । दरबार आन्तरिक पर्यटकको आकर्षणमा पर्दै गएपछि दरबारलाई पुनर्निर्माणसहित रिसोर्ट… पुरा पढौ

भोटे कुकुरको माग बढ्यो, एउटैको मूल्य ५५ हजार

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि माथितिर लागियो भने अधिकांश घरमा कुकुर भेटिन्छन् । ती कुकुर साना आँखा, लामा-लामा रौँ र मोटाघाटा देखिन्छन् । स्थानीयवासीले घर हेरालुका रुपमा प्रयोग गर्ने कुकुर पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेका हुन् । केही वर्ष पहिलेसम्म बागलुङमा आउने पर्यटकले यहाँ उत्पादन हुने भाँगो, आलु, भटमास, बुट्टेनली र चोयाबाट बनेका सामग्री कोसेलीका रुपमा लैजाने गर्थे भने अहिले भोटे कुकुर लैजान थालेका छन् । खास गरी ढोरपाटनमा आउने पर्यटकले माउ र बच्चा कुकुर किनेर लैजाने गरेका… पुरा पढौ

मुसिकोटमा गलकोट च्याम्पियन

गलकोट नगरपालिका प्रथम मुसिकोट मेयर रनिङ कप– २०८० अन्तर स्थानीय तह स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा शनिवार सम्पन्न भएको उपाधि प्रतिस्प्रर्धामा निसिखोला गाँउपालिकालाई ३–२ को सेटमा पराजित गर्दै गलकोट नगरपालिका च्याम्पियन बन्न सफल भएको हो ।पहिलो सेट २५– १९, ले गुमाएको गलकोट नगरपालिकाले दोस्रो सेटमा सुरुवातबाटै अग्रता कायम गदैं २५–१६ ले जित निकालेको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा २५–२१ मा जित निकालेको गलकोटबिरुद्ध चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै निसिखोला गाँउपालिकाले २५–२१ ले जित… पुरा पढौ

नेपाल समाज र एनआरएनए कोष्टाब्लाङ्काद्वारा भूकम्प पिडितलाई राहत दिन सहयोग अभियान संचालन

स्पेनको कोष्टाब्लाङ्कामा स्थापित प्रवासी नेपालीहरुको संस्था नेपाल समाज एसोसिएसन र गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति कोष्टाब्लाङ्काले भूकम्प पिडितको राहत र उद्धारका लागि राहत सहयोग संकलन अभियान संचालन गरेको छ।पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर शुक्रबार गत राती गएको विनाशकारी भूकम्प पिडितहरुको सहयोगार्थ राहत र उद्धारका लागि आर्थिक सहयोग संकलन गर्न लागेको नेपाल समाज एसोसिएसनका अध्यक्ष नवराज दुवाडिले जानकारी दिनुभयो ।“यस दुःखद् घडीमा भूकम्प प्रभावित क्षेत्रका पिडित नागरिकको लागि राहत दिने उद्धेश्यले सहयोग अभियान संचालन गरिएको अध्यक्ष दुवाडिले बताउनुभयो… पुरा पढौ

परम्परागत बालीको विकल्प बन्दै किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले… पुरा पढौ

परम्परागत हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने

परम्परागत रुपमा मनाउदै आइएको ताराखोला गाउँपालिका वडा न ३ हिलको हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने भएको छ । त्रिशुली युवा क्लबको आयोजना र फ्रेन्ड सर्कल ताराखोला जापानको सह आयोजनामा मंसिर ३ देखि ७ गतेसम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ हरिबोधनि एकादशी मेला आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष जीवन बस्नेतले जानकारी दिए । मेलाको अबसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल,वडास्तरिय भुपु भलिबल ,खुल्ला धनुषबाण, C लेभल ब्याडमिन्टन प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताको आयोजना गरिएको फ्रेन्ड सर्कल… पुरा पढौ

कालीगण्डकी किनारमाबालुवा चाल्ने मजदुरलाई आएन दशैँ !

गाउँ–शहरमा दशैँ छाइसकेको छ । धेरैलाई दशैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दशैँ आएको आभाष छैन । दशैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपाली दशैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भने, ‘पैसा नभइ दशैँ कसरी मनाउनु ।’ पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दशैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दशैँ कालीगण्डकी किनारमै बित्ने… पुरा पढौ

रवि सर्वोत्कृष्ट खेलाडी

च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन । गण्डकीलाई वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले नगद २० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको उपाधि प्रतिस्प्रर्धामा नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको… पुरा पढौ

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ