परम्परागत हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने

-


     जनहित न्युज    
     कार्तिक ८ गते २०८०


परम्परागत रुपमा मनाउदै आइएको ताराखोला गाउँपालिका वडा न ३ हिलको हरिबोधनी एकादशी मेला यस वर्ष पनि संचालन हुने भएको छ ।

त्रिशुली युवा क्लबको आयोजना र फ्रेन्ड सर्कल ताराखोला जापानको सह आयोजनामा मंसिर ३ देखि ७ गतेसम्म विविध प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ हरिबोधनि एकादशी मेला आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष जीवन बस्नेतले जानकारी दिए ।

मेलाको अबसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल,वडास्तरिय भुपु भलिबल ,खुल्ला धनुषबाण, C लेभल ब्याडमिन्टन प्रतियोगिता र स्लो बाइक रेस प्रतियोगिताको आयोजना गरिएको फ्रेन्ड सर्कल ताराखोला जापानका नारायण थापाले बताए ।
वडास्तरीय पुरुष  भलिबल प्रतियोगितामा वडा बाहिरका २ जना खेलाडी समाबेश हुन पाउने गरि खेल संचालन गरिने खेलकुद संयोजक सागर कार्किले जानकारी दिए ।

हरिवोधनि एकादशीको दिन मंसिर ७ गते गाजा बाजा र भजन सहित  त्रिशुली नदिमा ३६५ हात लामो तोरण तार्ने प्रचलन रहदै आएको र यस बर्ष पनि निरन्तरता रहने त्रिशुली युवा क्लबका सचिब गणेश कार्कीले जानकारी दिए ।

त्रिशुली युवा क्लबले हरिबोधनि एकादशी मेलाको  अबसरमा आयोजित प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रमलाइ सफल पार्नका लागि आर्थिक,भौतिक  तथा नैतिक सहयोग र सहभागीताका लागि अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?