टोकियो, जापान । गल्कोट समाज जापान क्षेत्रीय समिति टोकियोले हरितालिका तिजको अवसरमा आगामी सेप्टेम्बर १० तारिख टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम 'तिज धमाका २०२६' आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष ईश्वर बस्नेतका अनुसार नेपाली कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित लोकदोहोरी तथा तिज गीतका चर्चित राष्ट्रिय कलाकारका साथै जापानमै रहेका स्थानीय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुति रहनेछ। संस्थाले विदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव…
पुरा पढौ