स्थानीय समाचार

लेखानी समाज जापानको चौथो अधिवेशन सम्पन्न, दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जनहित न्यूज डेस्क टोकियो, जापान । जापानमा रहेका नेपालीहरूको अग्रणी सामाजिक–सांस्कृतिक संस्था लेखानी समाज जापानको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । टोकियोमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि दीपक कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संस्थाको एकता, नेपाली पहिचान र संस्थागत सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । सर्वसम्मत रूपमा चयन भएको यस नयाँ कार्यसमितिले जापानमा रहेका लेखानीबासी नेपालीहरूको साझा भावनालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरिएको छ । नयाँ कार्यसमिति विवरण अधिवेशनले पदाधिकारी तथा सदस्यहरूमा… पुरा पढौ

साइतामा सहरको विशेष राहत प्याकेज: ५०% थप सुविधा पाइने डिजिटल कुपन र पानीको महसुलमा छुटको घोषणा

साइतामा। जापानको साइतामा सहरले आफ्ना नागरिकहरूलाई बढ्दो महँगीबाट राहत दिन नयाँ 'प्रिमियम डिजिटल कुपन' र खानेपानीको महसुलमा छुट लगायतका योजनाहरू सार्वजनिक गरेको छ। सहरका मेयर शिमिजु हायातोले बुधबार (१७ तारिख) एक पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गर्नुभएको हो। डिजिटल कुपनमा ५०% बोनस सहरले 'साइतामा सिटी मिन्ना नो एप' (Saitama City Minna no App) मार्फत डिजिटल कुपन जारी गर्नेछ। यस योजनाको मुख्य आकर्षणहरू यस प्रकार छन्: बोनस सुविधा: एक सेट कुपन ५,००० येनमा खरिद गर्दा ५० प्रतिशत अर्थात् २,५०० येन थप बोनस पाइनेछ।… पुरा पढौ

जेन जीद्वारा गलकोटमा प्रर्दशन, नगरपालिकाको होडिङ बोर्ड तोडफोड

जेन जी समुहले गलकोटमा प्रदर्शन तिव्र पारेको छ । जेन जी समुह गलकोटले आज गलकोट नगरपालिकाको कार्यालयको होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको छ । समुहले गलकोट नगरपालिका वडा नम्वर ६ मा अवस्थित गलकोट नगरपालिकाको कार्यालयमा गएर कार्यालयको सम्पूर्ण होडिङ बोर्डहरु फाल्ने तथा तोडफोड गरेको हो । गलकोट नगरपालिका वडा नम्वर ३ को हटिया बजारको जिपपार्कदेखी सुरु भएको जेन जीको प्रदर्शन हटिया बजार परिक्रमा गरी गलकोट नगरपालिका वडा नम्वर ६ हुँदै गलकोट नगरपालिका वडा नम्वर ५ हरिचौरमा अवस्थित ईलाका प्रहरी… पुरा पढौ

आइतबार जापानभरि प्रचण्ड गर्मीको अनुमान

मौसम अधिकारीहरूले आइतबार जापानको अधिकांश भागमा अर्को गर्मी दिन हुने चेतावनी दिएका छन्। मौसम विज्ञान एजेन्सीले दक्षिणपश्चिमको क्युशु क्षेत्रदेखि उत्तरपूर्वको तोहोकुसम्मका क्षेत्रहरूमा उच्च चापीय प्रणालीले प्रभाव पार्ने र तापक्रम बढ्ने बताएको छ। गुन्मा प्रिफेक्चरको माएबाशी शहर र सैतामा प्रिफेक्चरको कुमागाया शहरमा तापक्रम ३८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ; गिफु, तोयामा र यामागुची शहरहरूमा ३७ डिग्री; र मध्य टोकियो र ओसाका शहरमा ३५ डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ। जापानका ४७ प्रिफेक्चरहरू मध्ये २६ मा गर्मीको खतराको चेतावनी जारी गरिएको… पुरा पढौ

बागलुङमा रोपाइँ पनि ठेक्कामा

काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । गाउँको एक हजार ५ सय रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २ सय ६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १ सय ८० रोपनीमा रोपाइँ गरेर छ लाख १७… पुरा पढौ

काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा अदिती नियुक्त

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ । काठमाडौंले अदितीलाई गुडबिल एम्बासडर नियुक्त गरेको घोषणा गरेको हो । काठमाडौंमा गुडविल एम्बासडरको रुपमा जोडिन पाउँदा एकदमै खुशी लागेको अदितीले बताइन् । ‘इडब्लुभिएल नेपाली महिला भलिबलका लागि ऐतिहासिक प्रतियोगिता हो । यसमा पनि राजधानीको प्रतिनिधित्व गर्ने टिम काठमाडौं स्पाइकर्समा जोडिन पाउँदा म एकदमै खुशी छु,’ अदितीले भनिन् । अदितीले केही समयअघि लण्डनमा भएको वल्र्ड च्याम्पियन लेजेण्ड लिग (डब्लुसिएल) मा डिजिटल… पुरा पढौ

दक्षिणपश्चिम जापानमा भारी वर्षा हुँदा एक जनाको मृत्यु भएको आशंका, अरु बेपत्ता

फुकुओका (क्योदो) -- दक्षिणपश्चिम जापानमा सोमबार मुसलधारे वर्षाका कारण बाढी र पहिरो गएको र कम्तिमा एक जनाको मृत्यु भएको छ । अन्य केही बेपत्ता भएको स्थानीय अधिकारी र उद्धारकर्ताहरूले बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीले कुमामोतो प्रिफेक्चरका केही भागहरूमा विशेष भारी वर्षाको चेतावनी जारी गर्‍यो तर दिउँसो भारी वर्षाको चेतावनीमा घटाएको थियो । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन भने आग्रह गरिएको थियो । कुमामोटो प्रिफेक्चरको कोसामा पहिरोले कार बगाउँदा परिवारसँग घर खाली गर्न गएका एक व्यक्ति बेपत्ता भएका छन्।आमा र… पुरा पढौ

पर्वत समाज जापानको अध्यक्षमा राम प्रसाद बास्तोला चयन

टोकियो जापान। पर्वत समाज जापानको आठौं अधिवेशनले राम प्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जुलाई ८ तारिखका टोकियोमा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको – वरिष्ठ उपाध्यक्षमा मूक्तिराज रेग्मी चयन भएका छन् भने उपाध्यक्षहरूमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहेका छन्। महासचिवको जिम्मेवारी विमल न्यौपानेले पाएका छन् भने सचिवमा अर्जुन थापा र उमेश लामिछाने छन्। महिला सचिवको जिम्मेवारी मनिषा पौडेल रिमाललाई दिइएको छ। कोषाध्यक्षमा नवराज आचार्य, सह-कोषाध्यक्षमा बालकृष्ण… पुरा पढौ

अप्ठ्यारोमा परेका कान्साईबासी नेपालीलाई २४ सै घण्टा हटलाइन सेवा दिने योजनासहित भिमबहादुर घर्ती अनुपले घोषणा गरे एनआरएनए कान्साईको संयोजक पदमा उम्मेदवारी

“दुःखमा पनि सुखमा पनि बनाउने छु एनआरएनए प्रभावकारी ''क्षेत्र र केन्द्र जोड्दै समन्वयात्मक कार्यका लागि मेरो उम्मेदवारी” भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान अन्तर्गतको कान्साई क्षेत्रीय समन्वय परिषद्को संयोजकमा भिम बहादुर घर्ती (अनुप) ले उम्मेदवारी घोषणा गरेका छन्।हाल कान्साई क्षेत्रीय समन्वय परिषद्को उप संयोजकको रुपमा कार्यरत रहेका घर्तीले आफ्नो व्यवस्थित कार्यालय स्थापना गरी सञ्चालन गर्ने र आफ्नो क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल सहयोग पुर्याउने गरि हटलाइन टेलिफोनको व्यवस्था गर्ने योजना सहित २०२५-२०२७ कार्यकालका लागि उम्मेदवारी घोषणा… पुरा पढौ

जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी

स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।आठ घण्टा उभिएरै काम गरेपछि स्वर्णिम अर्को ‘ड्यूटी’ का लागि हुइँकिए। नारा प्रिफेक्चर नजीकैको बेन्तो लाइनमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म ड्यूटी थियो। त्यसबीचमा एक घण्टा खाजा ‘ब्रेक’ हुन्छ।उनी दिनको ‘ड्यूटी’ सकेपछि ओशाकातिर हानिएका थिए। ओशाका प्रिफेक्चर ताकात्सुकीको रात्रिकालीन ‘ड्यूटी’ राति ९ बजेबाट शुरू हुन्छ। यो ‘ड्यूटी’ बिहान ६ बजेसम्म चल्छ।त्यसपछि क्योतो आइपुगे, बिहान ८ बजे।… पुरा पढौ