अन्तर्वार्ता

कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ

नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहिले नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउनुभएको छ ।काठमाडौं र सीमावर्ती शहर वीरगञ्जका कोरोना सङ्क्रमित बिरामीमा त्यो समस्या देखिएको पुष्टि भएको छ । छिमेकी मुलुक भारतका विभिन्न शहरका कोभिड बिरामीमा त्यो सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो ।न्यूकोर्माइकोसिस कस्तो रोग… पुरा पढौ

मातृभाषामै शिक्षा किन ?

हात्तीको बल, डल्फिनको बुद्धि, कुकुरको घ्राण शक्ति, गिद्धको दूरदृष्टि, सर्पको भूकम्पीय पूर्वज्ञान लगायतको क्षमता मानिसमा हुँदैन । तैपनि सबै प्राणीलाई मानिसले नै आफ्नो अधीनमा राखेको छ । यसको मुख्य कारण भाषिक सामथ्र्य हो । यही सामथ्र्यले गर्दा मानिस आफ्ना भावनाहरू अभिव्यक्त र अरूका भावनाको बोध गर्नसक्छ । चिकित्सक पाउल ब्रोका (सन् १८६१) ले मानिसको बायाँ मस्तिष्कमा चोट लागेमा वा अफाजिया रोग लागेमा भाषिक समस्या आउने तथ्य पत्ता लगाए । नोम चोम्स्की (सन् १९६०) ले बायाँ मस्तिष्कलाई भाषाप्राप्ति संयन्त्र (ल्याड) का रूपमा अथ्र्याए । चोेम्स्कीको भनाइमा मातृभाषा… पुरा पढौ

नेपालको संवैधानिक इतिहास र नेपालको संविधान २०७२

आज असोज ३ अर्थात् “संविधान दिवस” देशले संविधान पाएको दिन हो । लामो बलिदानी, त्याग, तपस्या र मिहिनेत पछि देशले आज कै मितिमा एक वर्ष पहिले “नेपालको संविधान २०७२” पाएको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभा भवनमा भव्य समारोहका बीच उक्त संविधान जारी गरेका थिए । वि.सं. २०७२ भदौ ३० मा संविधान सभाको बैठकमा दुई तिहाइ बहुमतले उक्त संविधानको विधेयक पारित ग¥यो । मत विभाजनका प्रक्रियामा संविधानको विधेयक पारित गर्ने पक्षमा ५०७ र विपक्षमा २५ मत परेको… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा… पुरा पढौ