अन्तर्वार्ता

‘जापानमा बनाइएको बुद्धको मूर्तिले नेपाली ललितकला विश्वमा चिनाउने छ’

‘मूर्ति अध्ययन अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउने छन्। मूर्तिले नेपाली कलाकार पनि यो स्तरमा सक्षम छन् भन्ने देखाउने छ।’ नेपाली कलाकारहरूले ६ वर्ष लगाएर जापानमा बुद्धको मूर्ति निर्माण गरेका छन्। क्यूशु प्रान्त कुमामोतो केन खामीआमाकुशाको एक विशाल पहरोमा मूर्ति खोपिएको छ। मूर्ति निर्माणको नेतृत्व गरेका मूर्तिकार मञ्जुल मितेरीसँग सेन्छेलुङ लिम्बूले गरेको कुराकानीःतपाईँहरूले भर्खरै बनाइसकेको बुद्धको मूर्ति कस्तो प्रकारको हो?यो एउटा विशाल पहरोमा कुँदेर बनाइएको मूर्ति हो। यसमा बुद्धका एक र अन्य ६ वटा मूर्ति कुँदिएका छन्।… पुरा पढौ

नेपाल फेष्टिवलले नेपाली र जापनीज बिचको आत्मियता बढ्छ-दिपक कार्की (फेष्टिवल संयोजक )

जापानको राजधानी टोकियो र अर्को शहर फुकोओकामा भव्यताका साथ सम्पन्न नेपाल र नेपाली चिनाउन गरिएका फेष्टिबल पछि जापानको तेश्रो ठूलो शहर र नेपालीहरु धेरै बस्ने नागोयामा नेपाल फेष्टिबल हुने भएको छ । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुन लागेको फेष्टिवलमा जापानमा रहेको नेपालीका संघ -संस्थाहरुको पनि साथ सहयोग रहेको छ। यहि सेप्टेम्बर ३ र ४ मा सम्पन्न हुने नेपाल फेष्टिवल के का लागि ? यि र यस्तै जिज्ञासा मेट्न नागोयामा हुन लागेको नेपाल फेष्टिवलका संयोजक… पुरा पढौ

साउन महिनामा मात्र झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात

झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।  प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको प्राधिकरणले जनाएको छ ।  प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन… पुरा पढौ

जनार्दनजीलाई बाहिरबाट मात्र नभएर पार्टीभित्रैबाट धेरै असहयोग भयो- पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री

बजेट प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले अन्ततः पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर आफ्नो भनाइ राख्दै पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न समामुख अग्निप्रसाद सापकोटाले संसदीय छानविन विशेष समिति गठन भएको जानकारी दिएका थिए । उक्त समितिले बजेट निर्माणको क्रममा भएका विषयबारे सत्यतथ्य पत्ता लगाइ १० दिनमा प्रतिवेदन बुझाउन समय दिएको छ । शर्माको राजीनामासँगै विपक्षीले उठाउँदै आएका विषयको पटाक्षप भएको छ । उर्जामन्त्री भएका बेला सबैको प्रशंसा पाएका शर्माले… पुरा पढौ

सडकको निश्चित ‘डेन्सिटी’, ‘टेम्प्रेचर’ र ‘कम्प्याक’ हुन्छ, यसको अनुगमन महानगरले गर्छ- बालेन्द्र साह प्रमुख काठमाडौँ महानगरपालिका

काठमाडौँ — मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७ सय ६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘र्‍यापर’को पहिचान बनाएका प्रमुख साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन् ।  संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ । माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी, भाषा, संस्कृतिको… पुरा पढौ

जसको नीति उसको नेतृत्व निर्वाचनमार्फत् स्पष्ट ढंगले कार्यान्वयन हुन्छ- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको बताउनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि यही बैसाख ३० गते दोश्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रेस सेन्टर नेपाल न्युज बैंकसँगको कुराकानीका क्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको बताउनु भयो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनमा लागेर माओवादीले नेतृत्व छाडेको टिप्पणी आइरहेका बेला प्रचण्डले सो कुरा बताउनु भएको… पुरा पढौ

जनताले विश्वास गरेको मान्छे हुँ, पाँच हजार मतान्तरले चुनाव जित्छु (अन्तर्वार्ता)

बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चन्द्रलाल अर्याल चुनावी मैदानमा छन् । २०३० सालमा ढोरपाटन–२ कै कुत्थाप्लमा जन्मेका अर्यालले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । १२ दाजु–बहिनीमध्येका कान्छा अर्याल आफू राजनीतिक पृष्ठभूमिको परिवारमा हुर्किएको बताउँछन् । १२ वर्षकै उमेरदेखि जनमोर्चाबाट राजनीति सुरु गरेका उनी २०५७ सालदेखि माओवादीमा जोडिएका हुन् । ‘मेरो राजनीतिक परिवार हो । जेठो दाजु पञ्चायतमै प्रमुख वडाध्यक्ष हुनुहुन्थ्यो । माइलो दाजु तुलसीलालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ,’ उनी भन्छन्, ‘उहाँबाटै प्रभावित भएर म राजनीतिमा लागेको हुँ… पुरा पढौ

जापानको एक नगरपालिकाले कोरोनाभाईरसको सहायता स्वरूप १ लाख दिदा ४ करोड ४६ लाख जम्मा !

पश्चिमी जापानको यामागुची प्रान्त अन्तरगत अबु नगरपालिका सरकारको गल्तीले ४६.३ मिलियन येन (लगभग $ ३६६,०००) रकम एक परिवारको बैंक खातामा कोरोनाभाइरस सहायता बापत जम्मा गरिदिएको छ ।कोरोना महामारीबाट प्रभावित कम आय भएका घरपरिवारहरूलाई आवास कर छुट बापत १ एकलाख रकम वितरण गर्ने योजना अन्तर्गत प्रदान गरिने रकम जम्मा गर्ने क्रममा भुलवस सो रकम जम्मा हुन पुगेको नगरपालिकाले जनाएको छ ।मार्च मसान्तसम्म अनुदानका लागि आवेदन दिएका ४६३ घरपरिवारको खातामा प्रत्येक १ लाख येन रकम स्थानान्तरण गर्ने व्यवस्था सो नगरपालिकाले अप्रिल ३… पुरा पढौ

‘राष्ट्रिय पुँजीको विकास माओवादीको प्रमुख एजेन्डा’ 

स्थानीय तहको निर्वाचन मिति तोकिएपछि प्रमुख दल चुनावी दौडमा छन्। नेताहरु जिल्लाजिल्लामा पुगेर आफ्नो पक्षमा मतदाता पार्ने तयारीमा छन्। जिल्लाजिल्लामा आयोजित कार्यक्रममा उपस्थित भएर एक अर्कालाई गालीगलौज गर्न शीर्ष नेता व्यस्त देखिन्छन्। चुनावी माहोल बनाउने दौडमा रहेका नेता देश विकासको एजेन्डामा भन्दा अहिलेसम्मका उपलब्धिको ब्याज खाने र विपक्षीलाई गाली गर्ने होडमा देखिन्छन्। चुनावी रणनीति र पार्टीका गतिविधिको विषयमा खबरहबका लागि माओवादी नेता हरिबोल गजुरेलसँग धिरज बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंशः पोखरा पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनमा भर नपरी आफ्नै बलबुतामा उभिनुपर्छ… पुरा पढौ

वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँमा बाँझो खेतबारी हरियाली बनाउन किसानहरू एकजुट

बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न बाग्लुङका किसान सामूहिक खेतीमा लागेका छन् । गलकोट नगरपालिका-७ मल्म, टोक्रीका किसानले समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताए । वैदेशिक रोजगार र बसाइँसराइले रित्तिदै गएको गाउँ हो, टोक्री । अध्यक्ष थापाका अनुसार त्यहाँको झण्डै ९० प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ । समूहले पहिलो चरणमा दश रोपनीमा आलुखेती… पुरा पढौ