माधव नेपाल पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ? केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको…
पुरा पढौ