निर्वाचन विशेष

गलकोट नगरपालिका वडा नम्वर ७ मा अध्यक्षमा गठबन्धनका राज थापा विजयी

गलकोट नगरपालिका वडा नम्वर ७ मा माओवादीका राज बहादुर थापा विजयी भएका छन। गलकोट नगरपालिका वडा नम्वर ७ मा नेकपा माओबादी केन्द्रका थापाले ४ सय ३२ मत सहित विजयी भएका हुन । थापाले आफ्ना निकट्तम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार राम बहादुर थापालाई ९ मत अन्तरले पराजित गरेका हुन । स्वतन्त्र उम्मेदवार थापाले ४ सय २३ मत प्राप्त गरेका थिए । त्यस्तै खुल्ला सदस्यमा ज्ञान बहादुर कार्की ४ सय २३ र स्वतन्त्र उम्मेदवार नर बहादुर थापा मगर ४ सय, महिला सदस्य यसुदा… पुरा पढौ

निर्वाचनमा योजनाबद्ध धाँधली भएको एमालेको ठहर

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । आइतबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहारा लिएको आरोप लगाएका हुन् । एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको… पुरा पढौ

गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोट विजयी

गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।गलकोट नगरपालिका वडा नम्वर ८ मा नेपाली कांग्रेसका तेज प्रसाद सापकोटाले ७ सय ६० मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । सापकोटाले आफ्ना निकट्तम प्रतिद्धन्दी नेकपा एमालेका राम बहादुर परियारलाई ५ सय २५ मतले पराजित गर्नुभएको हो । त्यस्तै वडा सदस्यमा ५ दलीय गठबन्धनका छम बहादुर गलामीले ७ सय १३, लोकनाथ कडेंलले ७ सय ४, महिला सदस्य धन कुमारी खत्रीले १ हजार… पुरा पढौ

गलकोट नगरपालिका वडा नं ४ मा गठबन्धनको प्यानल नै विजयी

गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काग्रेसका बल बहादुर खत्री सहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।गलकोट नगरपालिका वडा नं ४ मा नेपाली काग्रेसका बल बहादुर खत्रीले ८ सय ८४ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो । खत्रीले उहाँ प्रतिद्धन्दी नेकपा एमालेका धन बहादुर खड्कालाई ८ सय ४ मतले पराजित गर्नुभएको हो । त्यस्तै वडा सदस्यमा ५ दलिय गठबन्धनका कृष्ण बहादुर भण्डारीले ८ सय ६०, टिका सुवेदीले ८ सय ४०, महिला सदस्यमा गठबन्धनका गंगा खड्काले ८ सय ९४… पुरा पढौ

जैमिनी नगरपालिका वडा नं ९ मा एमालेका थापा विजयी

जैमिनी नगरपालिका वडा नं ९ पैयुँथन्थापको वडा अध्यक्षमा नेकपा एमालेका सन्दिप (ईन्द्र) बहादुर थापा विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापालाई पाँच मतान्तरले हराउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका ईन्द्र थापाले ६ सय ३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका भगिन्द्र थापाले ५ सय ९८ मत प्राप्त गरेका थिए । महिला सदस्य, दलित सदस्य र खुल्ला सदस्यमा भने गठबन्धनका उमेदवारले जित हाँसिल गरेका छन् । पुरा पढौ

बागलुङका तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी

बागलुङका तमानखोला गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा उमेदवार बनेका जोकलाल बुढा र उपाध्यक्ष पदमा उमेदवार बनेकी हिरा कुमारी छन्त्याल निर्वाचित भएका छन् ।जिल्लाभरी पाँच दलीय गठबन्धन गरिएपनि तमानखोलामा सबै राजनैतिक दलहरु आ आफ्नै तरिकाले सिंगल सिंगल निर्वाचनमा लडेका थिए ।पछिल्लो मत परिणाम अनुसार तमानखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. १ मा थमबहादुर रोका, वडा नं. २ मा नारायण सुनार र वडा नं. ४ मा छवि… पुरा पढौ

गलकोट नगरपालिका वडा नम्वर ३ मा काग्रेसका फम बहादुर खत्री सहित गठबन्धनको प्यानल विजयी

गलकोट नगरपालिका वडा नम्वर ३ मा ५ दलीय गठबन्धको प्यानल विजयी भएको छ ।निर्वाचन अधिकृतको कार्यालय गलकोटका अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार फम वहादुर खत्री सहितको प्यानल विजयी भएको छ । खत्रीले १ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्धन्दि नेकपा एमालेका हर्क वहादुर पन्तले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै खुल्ला सदस्य रविन वोहोरा ९ सय ६८ र खिम वहादुर साहनि… पुरा पढौ

गलकोट नगरपालिकामा गठबन्धनको फराकिलो अग्रता कायमै, वार्ड नम्बर १०, ९, २ र ३ मा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार विजयी

गलकोट – गलकोट नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका भरत शर्मा गैरेले अग्रता कायम राखेका छन् । गैरेले ३६७० मत ल्याएर अग्रता लिएका छन् । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार पूर्ण काउचाले २०७२ मत ल्याउँदै पछ्याइरहेका छन् ।त्यसै गरी मेयर पदका स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालीसेले १६०६ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका मेयर पदका उम्मेदवार डम्मर बहादुर केसी ले २८ मत र स्वतन्त्र पदका उम्मेद्वार दिपिन साहनीले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरका उम्मेदवार नेकपा माओवादी… पुरा पढौ

बागलुङको ताराखोला गाउँपालिकामा माओवादीका धनबहादुर विश्वकर्मा’हिमाल’विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर बिश्वकर्मा’हिमाल’विजयी भएका छन् । आईतबार सम्पन्न मतगणनामा २ हजार २ सय ८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९०मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार बिकले १९० मतान्तरले विजयी भएका हुन ।त्यस्तै नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष पदका उमेदवार ऋषिराम रोकाले ३९१ मत प्राप्त गरेका छ । कैचि चिन्ह लियर गाउँपालिका अध्यक्षमै स्वतन्त्र उम्मेद्बार बनेका याम रोका ले ४८ मत प्राप्त गरेका छन । उपाध्यक्षमा… पुरा पढौ

भरतपुर महानगरमा रेणुको अग्रता कायमै, ११० मतले पछि परे विजय 

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । रेणुले एमालेका विजयी सुवेदीलाई ११० मतले पछाडि पारेकी छिन् । ३१६८ मतगणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेणु दाहाले ११७८ मत पाएकी छिन् । रेणुलाई पछ्याइरहेका एमालेका सुवेदीले १०६८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन् ।  पुरा पढौ