
गलकोट – गलकोट नगरपालिकाको मेयरका उम्मेदवार नेपाली कांग्रेसका भरत शर्मा गैरेले अग्रता कायम राखेका छन् । गैरेले ३६७० मत ल्याएर अग्रता लिएका छन् ।
त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार पूर्ण काउचाले २०७२ मत ल्याउँदै पछ्याइरहेका छन् ।त्यसै गरी मेयर पदका स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालीसेले १६०६ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका मेयर पदका उम्मेदवार डम्मर बहादुर केसी ले २८ मत र स्वतन्त्र पदका उम्मेद्वार दिपिन साहनीले ३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका फमलाल निउरेले ३४७२ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेका रुपा विकले २०५८ मत ल्याउँदै पछ्याइरहेकी छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ९४८ मत प्राप्त गरेका छन् । गलकोट नगरपालिकामा मत गणना जारी रहदा पाँच दलिय गठबन्धनको अग्रता कायमै रहेको छ ।
सम्पन्न मतगणनाको परिणाम अनुसार वार्ड नम्बर २ मा नेपाली कांग्रेसका हेमन्त भण्डारी, ३ मा कांग्रेस कै फम खत्री, ९ का नेपाली कांग्रेस कै तेजबहादुर थापा र १० का कांग्रेस कै भक्तबहादुर काउचाको प्यानलले नै विजयी हासिल गरेको छ ।



