गलकोट नगरपालिका वडा नम्वर ३ मा काग्रेसका फम बहादुर खत्री सहित गठबन्धनको प्यानल विजयी

-


     जनहित न्युज    
     जेठ १ गते २०७९


गलकोट नगरपालिका वडा नम्वर ३ मा ५ दलीय गठबन्धको प्यानल विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय गलकोटका अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार फम वहादुर खत्री सहितको प्यानल विजयी भएको छ ।

खत्रीले १ हजार ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकट्तम प्रतिद्धन्दि नेकपा एमालेका हर्क वहादुर पन्तले ३ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै खुल्ला सदस्य रविन वोहोरा ९ सय ६८ र खिम वहादुर साहनि क्षेत्री ९ सय ६६, महिला सदस्य टुक कुमारी श्रेष्ठ १ हजार ८ र दलित महिला सदस्य तुलसि दर्जि १ हजार ४१ मत सहित विजयी हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?