शिक्षा

जापानमा आत्महत्याको कुल सङ्ख्या घट्दा विद्यार्थीमा भने कीर्तिमानी वृद्धि, सरकारले ल्यायो आकस्मिक सुरक्षा योजना

जापानमा सन् २०२५ मा कुल आत्महत्या घटे पनि विद्यार्थीको सङ्ख्या ५३२ पुगेर कीर्तिमान कायम गरेको रिपोर्ट स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेपछि गम्भीर चिन्ता थपिएको छ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनवरी २९ मा सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०२५ मा देशभर आत्महत्या गर्नेहरूको कुल सङ्ख्या घटेर १९,०९७ पुगेको छ, जुन सन् १९७८ पछिकै सबैभन्दा न्यून हो। समग्र सङ्ख्या पहिलोपटक २० हजार मुनि ओर्लिए पनि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीको आत्महत्याको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा बढेर ५३२… पुरा पढौ

नेपाली प्रतिभाको विश्वव्यापी उचाइ: डा. आशीष आचार्य जापानको प्रतिष्ठित क्योटो विश्वविद्यालयमा ‘सहायक –प्राध्यापक’ नियुक्त

टोकियो, जापान । विश्वकै उत्कृष्ट र अनुसन्धानका लागि कहलिएको जापानको क्योटो विश्वविद्यालयमा एक नेपाली युवा वैज्ञानिकले महत्वपूर्ण जिम्मेवारी पाएका छन्। चितवनका डा. आशीष आचार्य यस प्रतिष्ठित विश्वविद्यालयको सहायक –प्राध्यापक पदमा चयन भएका हुन्। ११ वटा नोबेल पुरस्कार जितेर जापानकै इतिहासमा सबैभन्दा बढी प्राज्ञिक सफलता हासिल गरेको विश्वविद्यालयमा स्थायी शैक्षिक पदमा नेपालीको नियुक्ति हुनुले विश्वभर रहेका नेपालीहरूको शिर गर्वले उच्च बनाएको छ। सुन्दरबस्तीदेखि क्योटोसम्मको यात्रा भरतपुर–१४, सुन्दरबस्ती (चितवन) स्थायी घर भएका डा. आचार्यको सफलताको कथा कडा परिश्रम र निरन्तरको लगावले भरिएको छ। उनले आफ्नो… पुरा पढौ

जापानको ओइटामा विद्यालयभित्रै ‘आम हत्या’ गर्ने धम्की: विद्यार्थी र शिक्षक त्रसित, सुरक्षा व्यवस्था कडा

ओइटा, जापान । जापानको क्युशु क्षेत्रमा पर्ने ओइटा सहरको एक सरकारी विद्यालयमा 'सामूहिक हत्या' गर्ने धम्कीपूर्ण इमेल आएपछि विद्यालय र स्थानीय प्रशासन उच्च सतर्कतामा रहेका छन्। सामाजिक सञ्जालमा एक विद्यार्थीले अर्का विद्यार्थीमाथि हिंसा गरिरहेको भिडियो भाइरल भएलगत्तै यस्तो धम्की आएको स्थानीय शिक्षा बोर्डले जनाएको छ। घटनाको पृष्ठभूमि गत हप्ता ओइटा सहरकै एक म्युनिसिपल जुनियर हाई स्कूलमा एक विद्यार्थीले अर्को विद्यार्थीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोले जापानभर चर्चा र आक्रोश पैदा गरेकै बेला नगर सरकारको वेबसाइटमार्फत धम्कीपूर्ण… पुरा पढौ

“नक्कली अंग्रेजी परीक्षा नतिजा पेश गर्ने विद्यार्थी निष्कासित: वासेदा विश्वविद्यालयको कडा कारबाही”

टोकियो (जापान) – जापानको उच्च शिक्षामा शैक्षिक नैतिकताको गम्भीर उल्लंघन भएको घटना बाहिर आएको छ। जापानको शीर्ष निजी विश्वविद्यालयहरूमध्ये एक मानिने वासेदा विश्वविद्यालय (Waseda University) ले प्रवेश परीक्षामा नक्कली अंग्रेजी भाषा परीक्षणको प्राप्तांक (Score) पेश गरेको भन्दै आफ्ना विद्यार्थीहरूमाथि कडा कारबाही गरेको छ। विश्वविद्यालयको वेबसाइटमा मंगलबार सार्वजनिक सूचना अनुसार, ५ जना स्नातक तहका विद्यार्थीहरूको भर्ना खारेज (Revoked) गरिएको छ भने भर्नाको प्रक्रियामा रहेका अन्य ३ जनाको प्रवेश अनुमति रद्द गरिएको छ। के हो घटना? यो कारबाही TOEIC (Test of English… पुरा पढौ

जापानको एक विद्यालयमा शिक्षककै लापरवाहीले छात्रले छोड्नुपर्‍यो स्कूल: ‘बुलिङ’ लुकाउन खोज्दा घटना गम्भीर

आइची (जापान) । जापानको आइची प्रान्तस्थित यातोमी शहरको एक प्राथमिक विद्यालयमा शिक्षकहरूको गलत व्यवहार र लापरवाहीका कारण एक विद्यार्थीले विद्यालय नै छोड्नुपरेको दुखद घटना सार्वजनिक भएको छ। सहपाठीहरूको दुर्व्यवहार (बुलिङ) लाई रोक्नुको साटो शिक्षकले उल्टै पीडित बालकलाई दोषी देखाएपछि उक्त घटनाले अहिले 'गम्भीर बुलिङ' को रुप लिएको छ। हाल यस विषयमा एक स्वतन्त्र तेस्रो पक्षीय समितिले छानबिन सुरु गरेको छ। के भएको थियो घटना? घटना गत वर्षको जुन महिनाबाट सुरु भएको हो। पौडी खेल्ने कक्षा (Swimming Class) पछि लुगा फेर्ने… पुरा पढौ

एनआरएनए चिबाद्वारा निबन्ध लेखन प्रतियोगिता घोषणा: प्रथम पुरस्कार ७० हजार येन

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (NRNA) जापान, चिबा क्षेत्रीय समितिले जापानमा रहेका नेपाली समुदायको सिर्जनात्मक क्षमतालाई उजागर गर्ने उद्देश्यले 'दोस्रो निबन्ध लेखन प्रतियोगिता २०२६' को घोषणा गरेको छ। नेपाली भाषा, साहित्यको प्रवर्द्धन र जापानको समसामयिक वस्तुस्थितिबारे वैचारिक मन्थन गर्ने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको शीर्षक र उद्देश्य यस वर्षको प्रतियोगिताका लागि “जापानको मोहः संघर्षको पहाड कि, सुनौलो भविष्य ?” शीर्षक तय गरिएको छ। कार्यक्रम संयोजक तथा एनआरएनए चिबाका उपसंयोजक मोहन कार्कीका अनुसार, यस विषयले जापानमा रहेका नेपालीहरूको भोगाइ, चुनौती… पुरा पढौ

दार्चुलाबाट फुकुओकासम्म:‘हाइ’ मात्रै बोल्ने दिनदेखि N1 सम्म, समुदायले बनायो भाषा सिकाइको सेतु

फुकुओका (जापान) – जापानको फुकुओका सहरको हिगाशी वार्डस्थित वाजिरो समुदाय केन्द्रमा हाल २३ वर्षीय नेपाली युवा थगुन्ना सिंह प्रकाश स्थानीय वृद्ध समुदायसँग घुलमिल हुँदै जापानी भाषा सिक्दै मात्र छैनन्, समुदायलाई नै नयाँ ऊर्जा दिन सफल भएका छन्। गत अक्टोबरको अन्त्यतिर आयोजित एक सामुदायिक जापानी भाषा कक्षामा प्रकाशले ‘म समुदाय केन्द्रमा जापानी भाषा खेल खेल्छु’ र ‘सबैसँग कुरा गर्न रमाइलो लाग्छ’ जस्ता काञ्जी प्रयोग भएका वाक्यहरू सहज रूपमा लेख्दै आत्मविश्वासका साथ प्रस्तुति दिएका थिए। जापान आएको जम्मा डेढ वर्षमै उनको जापानी… पुरा पढौ

जापानमा विदेशी विद्यार्थीको शुल्क बढ्दै: प्रमुख विश्वविद्यालयहरू मूल्यवृद्धि गर्ने तयारीमा, शिक्षा मन्त्रालयले ‘सर्त’ राखेर गर्‍यो प्रोत्साहन

टोकियो। जापानका प्रमुख विश्वविद्यालयहरू विदेशी विद्यार्थीहरूको शिक्षण शुल्क (पढाइ शुल्क) बढाउने प्रक्रियामा अघि बढेका छन्। तोहोकु विश्वविद्यालय (सेन्डाई शहर) ले शुल्क वृद्धिको घोषणा गरेपछि हिरोसिमा विश्वविद्यालयले पनि सोही निर्णय गरेको छ। यसैगरी, वासेदा विश्वविद्यालय (टोकियो) ले पनि शुल्क बढाउने विषयमा छलफल भइरहेको सार्वजनिक गरेको छ। समाचारका लागि गरिएको सोधपुछका क्रममा, 'निर्णय हुन बाँकी' भन्दै शुल्क वृद्धिबारे विचार गर्न अस्वीकार नगर्ने विश्वविद्यालयहरूको सङ्ख्या पनि ठूलो रहेको पाइएको छ। यस परिवर्तनको पछाडि जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय (MEXT) को… पुरा पढौ

नेपाली अमित केसीलाई जापानको ‘विदेशमन्त्री पुरस्कार’

जापान, टोकियो — जापानमा आयोजित ६४ औँ जापानी भाषा अन्तर्राष्ट्रिय वक्तृत्व प्रतियोगितामा नेपाली युवा अमित केसीले प्रथम स्थान हासिल गर्दै ऐतिहासिक उपलब्धि सुरक्षित गरेका छन्। प्रतियोगिताको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै नेपालीले जापानको विदेश मन्त्रालयले प्रदान गर्ने ‘外務大臣賞’ (Foreign Minister’s Award) हात पार्नु, जापानस्थित नेपाली समुदायका लागि गर्वको क्षण बनेको छ। प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएर सर्बोत्कृष्ट घोषित भएका केसीलाई प्रदान गरिएको सम्मान अझ विशेष रह्यो। पुरस्कार तथा सम्मानपत्र जापानकी राजकुमारी प्रिन्सेस हिसाको टाकामाडोबाट प्रदान गरिएको थियो, जसले कार्यक्रमको गरिमा र… पुरा पढौ

पढाइका लागि नेपालबाट बाहिरियो एक खर्ब ३८ अर्ब

देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि बर्सेनि ठूलो धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैङ्कका अनुसार, सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१  प्रतिशतले वृद्धि भई दुई खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।… पुरा पढौ