शिक्षा

पहिलो याममा १० नाउर र ५ झारलको सिकार

गलकोट - यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार… पुरा पढौ

जापानमा नेपालीको लगानीमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने

टोकियो । नेपालीहरुको सामूहिक लगानीमा टोकियोको खामीनाखाजातोमा एसियन ब्रिज इन्टरनेशनल स्कुल २०२५ बाट संचालनमा आउने भएको छ ।जापानमा बसोबास गर्ने ७० जना नेपालीको करिब १० करोड येन लगानीमा एसियन ब्रिज इन्टरनेसनल स्कुल सञ्चालनमा आउन लागेको हो । विद्यालयको संचालन समितिले आईतबार बेम्बो छें सिनओकुवोम पत्रकार भेटघाट गरि जानकारी दिएको छ । स्कुलले सन् २०२५ को अप्रिल महिनाबाट कक्षा सञ्चालन गर्ने लक्ष्यका साथ विद्यालयले भर्ना खुला गरेको छ। जापानी शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शिक्षा पद्धतिलाई अवलम्बन गरी क्षमतावान जनशक्ति तयार गर्ने… पुरा पढौ

नेपाली हुन संघर्ष गरिरहेका जापानमा जन्मिएका नेपाली बालबालिका

जापानमा कार्यरत नेपालीहरू त्यहाँ जन्मिएका सन्तानलाई पढाउन र स्वदेश चिनाउन नेपाल फर्काउँदै छन्। आयान डल्लाकोटी जापानको प्रवासी नेपाली परिवारमा जन्मिए। हुर्कंदै गर्दा उनले देखेको भूमि, सिकेको भाषा, घुलमिल गरेको समाज-संगति र भिजेको संस्कृति केवल जापानी थियो। त्यसैले आफूलाई जापानी नै ठान्थे। तर परिवारमै यस्ता केही संस्कार बाँकी थिए, जसले उनलाई बिस्तारै आमजापानीभन्दा फरक रहेको अनुभूति गराए। बुबाआमा घरमा नेपाली भाषामा कुराकानी गर्थे। वेलाबखत उनलाई पनि नेपाल लैजान्थे।पछिल्लो चोटि आयान ८ वर्षको छँदा नेपाल आए। यसपालिको बसाइ पहिले जस्तो छोटो थिएन। साथमा… पुरा पढौ

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ ।… पुरा पढौ

जापानमा शिक्षकहरूको अभाव गम्भीर बन्दै

जापानमा विद्यालय शिक्षकहरूको अभाव झन् गम्भीर बन्दै गएको छ।जापानी सार्वजनिक प्रसारक संस्था एनएचकेले देशभरका स्थानीय सरकारहरूको शिक्षा बोर्डहरूमा गरेको सर्वेक्षण अनुसार प्राथमिक, जुनियर हाई स्कूल र सिनियर हाई स्कूलका साथै विशेष आवश्यकता भएका विद्यालयहरूमा शिक्षक अभावको रहेको तथ्य सार्वजनिक भएको हो ।सेप्टेम्बरमा ४३ स्थानीय सरकारहरूले शिक्षक अभावको पछिल्लो संख्याहरू उल्लेख गरेका थिए जुन कुरा NHK ले मे महिनाको संकलन गरेको तथ्याङ्कसँग तुलना गर्दा मेल खाएको जनाएको छ। सेप्टेम्बरसम्ममा ४३ स्थानीय सरकार अन्तर्गतका विद्यालयमा २ हजार ३ सय ९७ शिक्षक अभाव… पुरा पढौ

जापान : सपना संघर्ष र सफलता सार्वजनिक 

नेपालका लागि जापानी राजदूत किकुता युताका, लेखक शैलेन्द्र अधिकारी, जापानका लागि नेपाली पूर्वराजदूत मदनकुमार भट्टराई तथा लेखक थापाले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् । किताब समय सान्दर्भिक भएको युताकाले बताए । 'किताबमा संघर्षलाई जोड दिइएको छ, जापानीहरुले नेपालको र नेपालीहरुले जापानको चालचलन संस्कृति बुझ्न सिक्न जरुरी छ । किताब र लेखकको फाइदाका लागि मैले प्रचारप्रसार गरिरहेको छैन । नेपाल-जापान बीचको सम्बन्ध सुमधुर पार्न खोजिएको छ,' उनले भने, 'पछिल्लो समय जापानमा नेपालीको संख्या बढिरहेको छ । त्यहाँ बस्नेहरु खुसी छन्… पुरा पढौ

जापानबाट मल्मको एक विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग

गलकोट समाज जापानका पदाधिकारीहरुले गलकोट नगरपालिका ७ मल्म स्थित स्थानीय एक विद्यालयको लागि एक वर्षसम्म शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग गरेको छन्। गलकोट नगरपालिका वडा नम्बर ७ झिर्कामा रहेको नेटा आधारभूत विद्यालयको लागि एक शिक्षकको एक वर्षसम्मको तलब व्यवस्थापनमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गलकोट समाज जापान क्षेत्रीय समितिका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोद्वारा हरेक २ दुई वर्षमा गरिने शैक्षिक सुधार योजना अन्तर्गत गलकोट नगरपालिका र ताराखोला गाउपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका अति विपन्न… पुरा पढौ

एनआरएनए जापान नागोया क्षेत्रीय समितिले मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्दै

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ।एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा अनलाइन निःशुल्क जापानी भाषा कक्षाका लागि गुगल फारममार्फत आवेदन गरेका ३ सय ५२ जनालाई मार्च ९ तारिखदेखि विभिन्न समूहमा विभाजन गरि हप्ताको दुईदिन जापानी भाषा कक्षा सञ्चालन गर्न लागिएको एनआरएनए जापान क्षेत्रीय समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिए।"सामान्य जापानिज भाषा नजानेको कारण दैनिक जीवन यापनमा कठिनाई भोगिरहेका जापानबासी नेपालीलाई सहयोग… पुरा पढौ

शैक्षिक संस्थाले आफ्नै माटोको माया गर्ने जनशक्ति गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

बागलुङ ६ फागुन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नै माटोको माया गर्ने जनशक्ती बनाउने शिक्षा आजको आवश्यकता भएको बताएका छन् । गलकोट बहुमुखी क्याम्पसको शैक्षिक विकास र संकाय थप गर्ने लक्षले आइतबारदेखि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले भनें, ‘अबका शैक्षिक संस्था र शिक्षकले आफ्नै माटोको माया गर्ने जनशक्ती उत्पादन गर्नुपर्छ ।’ पाण्डेले भौतिक पूर्वाधार निर्माणमा स्थानीय र प्रदेश सरकारले साथ दिने भन्दै नैतिक शिक्षा र राष्ट्रभक्ति सिकाउने काम समाजको भएको बताए । ‘विकास निर्माणमा त सरकारले साथ… पुरा पढौ

शैक्षिक ज्ञान महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र

गलकोट बहुमुखी क्याम्पस गलकोट नगरपालिका वडा नम्वर ३ ले ।ीमद्भागवत महायज्ञ सफल गराउन प्रचारात्मक अभियान तीव्र बनाएको छ ।आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने शैक्षिक ज्ञान महायज्ञ २०८० सफल पार्नको लागि महाय मूल समारोह समितिका संयोजक घनश्याम शर्माको नेतृत्वमा गलकोट नगरपालिका वडा नं ६ को कार्यालयमा जनप्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष तथा कर्मचारीहरुसँग अन्तक्रिया तथा कार्यक्रमको बारेमा सहजीकरण गरिएको थियो उक्त टोलीले पार्वती माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ६ चरौदीका शिक्षक विद्यार्थी सँग अन्तक्रिया गरेको क्याम्पसका सहायक… पुरा पढौ