अर्थतन्त्र

जापानमा विदेशी कामदारको सङ्ख्या २५ लाख नाघ्यो: नेपालीहरू चौथो ठूलो समूह, स्वास्थ्य क्षेत्रमा उच्च माग

जापानमा कार्यरत विदेशी कामदारको सङ्ख्या गत वर्ष २५ लाख नाघेर नयाँ रेकर्ड कायम भएको छ, जसमा नेपालीहरू चौथो ठूलो श्रमशक्तिको रूपमा स्थापित भएको सरकारी तथ्याङ्कले देखाउँछ। जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ को अक्टोबर अन्त्यसम्ममा विदेशी कामदारको सङ्ख्या २५ लाख ७१ हजार ३७ पुगेको छ। सन् २००७ बाट तथ्याङ्क राख्न थालिएयता यो हालसम्मकै उच्च सङ्ख्या हो। अघिल्लो वर्ष २०२४ को तुलनामा यो ११.७ प्रतिशतको वृद्धि हो भने सङ्ख्यात्मक रूपमा २ लाख ६८ हजार ४५० ले बढेको हो।… पुरा पढौ

जापानका कन्भिनियन्स स्टोरमा विदेशी कामदारको वर्चस्व: एक श्रीलंकन आप्रवासीको सफलताको कथा

काकेगावा (जापान) — जापानका ५६,००० कन्भिनियन्स स्टोरहरूमा १ लाख १० हजारभन्दा बढी विदेशी कामदार कार्यरत छन्, जहाँ विदेशी विद्यार्थी र आप्रवासीहरूको भूमिका अपरिहार्य बन्दै गएको छ। जापानका तीन ठूला चेनहरू—सेभेन-इलेभेन, लसन र फ्यामली मार्ट—अहिले विदेशी श्रमशक्तिमा निर्भर छन्। 'जापानी समाजको लघुरुप' मानिने यी पसलहरूमा बहुसांस्कृतिक सहअस्तित्वको अभ्यास भइरहेको छ। यसको ज्वलन्त उदाहरण हुन्, सिजुओकाको काकेगावामा तीनवटा लसन स्टोर सञ्चालन गर्ने ५१ वर्षीय श्रीलंकन नागरिक सुरन्जित। सन् २००१ मा मेकानिक बन्ने सपना बोकेर जापान आएका सुरन्जितले पार्ट-टाइम कामदारबाट सुरु गरी हाल तीनवटा… पुरा पढौ

जापानद्वारा शिन्कानसेन (बुलेट ट्रेन) को लिजिङ शुल्क बढाउने तयारी

जापानको यातायात मन्त्रालयले नयाँ बुलेट ट्रेन निर्माण तथा पुराना पूर्वाधार मर्मतका लागि खर्च जुटाउन शिन्कानसेन सुविधा प्रयोग गरेबापत लिइने लिजिङ शुल्क बढाउने तयारी गरिरहेको छ। जापानको भू-अधिकार, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले जापान रेलवे (JR) समूहका कम्पनीहरूले रेल सुविधाहरू प्रयोग गरेबापत सरकारलाई बुझाउनुपर्ने भाडा (लिजिङ शुल्क) वृद्धि गर्ने योजना बनाएको हो। यस वृद्धिबाट संकलित थप राजस्वलाई मुख्यतया बुलेट ट्रेन विकास योजना अन्तर्गतका नयाँ निर्माण आयोजनाहरू सम्पन्न गर्न र दोस्रो, पुराना भइसकेका रेल पूर्वाधारहरूको वृहत मर्मत-सम्भार गर्नका लागि प्रयोग गरिनेछ ।… पुरा पढौ

प्रधानमन्त्री ताकाइचीको ‘खाद्यान्नमा कर कटौती’ योजनामा S&P को चेतावनी: “जापानको अर्थतन्त्र संकटमा पर्न सक्छ”

टोकियो, जापान । जापानी प्रधानमन्त्री सानाए ताकाइची (Sanae Takaichi) ले उपभोक्तालाई राहत दिन खाद्यान्न खरिदमा लाग्ने कर (Consumption Tax) कटौती गर्ने प्रस्ताव अघि सारेपछि अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी 'एस एण्ड पी ग्लोबल रेटिङ्स' (S&P Global Ratings)ले गम्भीर चिन्ता व्यक्त गरेको छ। एस एण्ड पीका अनुसार यो योजनाले जापानको राजस्व घटाउने र दीर्घकालीन रूपमा देशको वित्तीय अवस्थालाई कमजोर बनाउने जोखिम रहेको छ। के हो एस एण्ड पीको चेतावनी? एस एण्ड पी ग्लोबल रेटिङ्स (सिङ्गापुर) का सोभरेन रेटिङ्स निर्देशक रेन यिन (Rain Yin) ले बुधबार एक विज्ञप्ति जारी… पुरा पढौ

जापानको प्रुडेन्सियल लाइफ इन्स्योरेन्समा ३१ अर्ब येनको विशाल ठगी काण्ड: ५०० ग्राहक पीडित, सीईओ र अध्यक्षद्वारा राजीनामा

टोकियो, जापान । जापानको एक प्रतिष्ठित विदेशी जीवन बीमा कम्पनी, 'प्रुडेन्सियल लाइफ इन्स्योरेन्स' (Prudential Life Insurance) भित्र इतिहासकै ठूलो आर्थिक अनियमितता र ठगी काण्ड सार्वजनिक भएको छ। कम्पनीकै कर्मचारीहरूको संलग्नतामा सयौं ग्राहकबाट अर्बौं येन ठगी भएको पुष्टि भएपछि कम्पनीको उच्च नेतृत्वले राजीनामाको घोषणा गरेको छ। घटनाको मुख्य विवरण प्रुडेन्सियल लाइफ इन्स्योरेन्सले १६ तारिख (शुक्रबार) सार्वजनिक गरेको आन्तरिक अनुसन्धान प्रतिवेदन अनुसार, कम्पनीका १०० भन्दा बढी वर्तमान तथा पूर्व कर्मचारीहरू ठगी कार्यमा संलग्न रहेको पाइएको छ। यी कर्मचारीहरूले करिब ५०० जना ग्राहकहरूबाट कुल ३१ अर्ब येन (करिब २८ अर्ब नेपाली… पुरा पढौ

पर्यटनमा प्रविधिको नयाँ आयाम: ‘ईबुकिङ नेपाल’ सञ्चालनमा, मन्त्री खरेलद्वारा उद्घाटन

काठमाडौँ । नेपालको फस्टाउँदो पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई डिजिटल माध्यमबाट विश्वबजारसँग जोड्ने उद्देश्यका साथ 'ईबुकिङ नेपाल डटकम' (ebookingnepal.com) को औपचारिक सुरुवात भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मंगलबार राजधानीमा आयोजित एक विशेष समारोहका बीच यो प्लेटफर्मको उद्घाटन गरेका हुन्। सूचना प्रविधिको तीव्र विकाससँगै मानिसको दैनिक जीवन सरल बन्दै गएको सन्दर्भमा यात्रा र हस्पिटालिटी क्षेत्रमा यो प्लेटफर्म एउटा नयाँ र अर्थपूर्ण मानक बन्ने अपेक्षा गरिएको छ। डिजिटल नेपालको लक्ष्यमा नयाँ इँटा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जगदीश खरेलले ईबुकिङ नेपाल जस्ता प्लेटफर्मले… पुरा पढौ

जापानमा विदेशीको हिस्सा १० प्रतिशत नाघ्यो : अनुमानभन्दा ३० वर्ष अगाडि नै फेरिँदैछ जनसांख्यिकीय चित्र

टोकियो (जापान) – लामो समयदेखि आफ्नो मौलिक संस्कृति र एकनासे जनसांख्यिकीय संरचना (Homogeneous Society) का लागि परिचित जापानको मुहार अब तीव्र गतिमा बदलिँदैछ। सरकारी प्रक्षेपणलाई समेत गलत सावित गर्दै जापानका धेरै स्थानीय तहहरूमा विदेशी नागरिकको जनसंख्या १० प्रतिशतको थ्रेसहोल्ड नाघिसकेको छ।राष्ट्रिय अनुसन्धान संस्थानले सन् २०७० सम्ममा मात्रै जापानमा विदेशीको जनसंख्या १०.८ प्रतिशत पुग्ने अनुमान गरेको थियो। तर, सन् २०२५ को सुरुवातसँगै २७ वटा नगरपालिकाहरूमा विदेशी बासिन्दाको अनुपात १० प्रतिशतभन्दा माथि पुगिसकेको छ। होक्काइडोको सिमुकाप्पु गाउँमा त यो अनुपात ३६.६ प्रतिशत… पुरा पढौ

टोकियोमा बढ्दो घरभाडाको संकट: २३ वडामा पारिवारिक आम्दानीको ४० प्रतिशतभन्दा बढी खर्च, जनजीवन कष्टकर बन्दै

टोकियो, जापान जापानको राजधानी टोकियोमा घरजग्गाको मूल्यमा भएको भारी वृद्धिको असर अब घरभाडामा पनि देखिन थालेको छ। विशेष गरी टोकियोका प्रमुख २३ वडाहरूमा बसोबास गर्ने कामदार वर्गका लागि घरभाडा तिर्नु नै मुख्य चुनौती बनेको छ। हालैको एक तथ्यांकअनुसार, टोकियोका 'फेमिली अपार्टमेन्ट'हरूको भाडा परिवारको खर्चयोग्य आम्दानी (Disposable Income) को ४० प्रतिशतभन्दा बढी पुगेको छ, जसले मध्यम वर्गीय परिवारहरूको आर्थिक अवस्थालाई गम्भीर संकटमा धकेलिदिएको छ। घरभाडामा ऐतिहासिक वृद्धि लामो समयदेखि जापानमा घरभाडा स्थिर रहने मानिन्थ्यो। तर, पछिल्लो समय नयाँ र पुराना दुवै… पुरा पढौ

“जापानमा ‘बिजनेस एम्पायर’ बनाएपछि रोबिन भन्छन्– ‘अब नेपालमै केही गर्ने मन छ'”

काठमाडौँ । २१ वर्षको लक्का जवान उमेर। शंकरदेव क्याम्पसमा स्नातक पढ्दै गर्दाको जोस। त्यही जोस र सपना बोकेर ३८ वर्षअघि रोबिन शेरचन जापान उडेका थिए। त्यतिबेला जापानमा नेपालीहरूको उपस्थिति बाक्लो थिएन, न त अहिले जस्तो सजिलो नै थियो। तर, आज तीनै रोबिन शेरचन जापानमा एक सफल व्यवसायीको रूपमा चिनिन्छन्। २७ वटा रेस्टुरेन्ट तथा बारहरूमा लगानी, होटल व्यवसाय र एनआरएनएको नेतृत्वदायी भूमिका– रोबिनको यो सफलताको कथा जति लोभलाग्दो छ, त्यति नै संघर्षपूर्ण पनि। कल्चर स्कुलबाट सुरु भएको यात्रा जापान पुगेपछि रोबिनले… पुरा पढौ

जापानको भविष्य विदेशी कामदारको हातमा: ‘विदेशी विरोधी भावना’ त्याग्न विज्ञको सुझाव

टोकियो, जापान। जापानमा विदेशी कामदारको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। तर, विदेशीहरूको बढ्दो आगमनसँगै जापानी समाजमा 'जेनोफोबिया' (विदेशीप्रतिको घृणा वा डर) को चर्चा पनि चुलिन थालेको छ। यसै सन्दर्भमा सोफिया विश्वविद्यालयका विशेष प्राध्यापक ताकेहिको कारियाले जापानको वर्तमान अवस्था र विदेशी श्रमशक्तिमाथिको निर्भरताबारे आफ्नो महत्वपूर्ण विश्लेषण प्रस्तुत गर्नुभएको छ। १. विदेशी श्रमशक्ति: चाहना कि बाध्यता? प्राध्यापक कारियाका अनुसार, जापान अहिले यस्तो मोडमा पुगेको छ जहाँ उसले विदेशीहरूलाई 'पन्छाउने' वा 'नस्विकार्ने' कुरा सोच्न पनि सक्दैन। जापानी राजनीतिमा 'पागाइसुगी' (排外主義 - विदेशी विरोधी… पुरा पढौ