चैत्र २४ गतेदेखि चैत्राष्टमी मेला

-


     राम थापा    
     फागुन १७ गते २०७८


बागलुङ – कोभिड–१९ ले दुई वर्षयता मेला, महोत्सव प्रभावित छन् । यहाँको ऐतिहासिक चैत्राष्टमी मेला पनि त्यसबाट अछुतो रहनसकेन ।

विसं २०७५ पछि रोकिएको मेला यो वर्ष हुने भएको छ । आउँदो चैत २४ देखि २८ गतेसम्म मेला गर्न लागिएको हो ।

पाँच दिनसम्म चल्ने मेलाको तयारी थालिएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा मेलाको मूल आयोजक समिति बनेको छ । अध्यक्ष खड्काका अनुसार विगतकाझैँ खेलकूद र मनोरञ्जन क्रियाकलाप मेलामा समेटिनेछन् ।

मेलाको मृख्य आकर्षणका रुपमा खुला लोकदोहोरी, कालिका कप भलिबल, लोकभजन, परम्परागत छेलो प्रतियोगिता आदि रहने उहाँको भनाइ छ ।

यसवर्ष प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ । लोकदोहोरीमा पहिलो हुने समूहले रु तीन लाख, दोस्रोले रु एक लाख ५० हजार र तेस्रोले रु ७५ हजार पुरस्कार पाउनेछ ।

भलिबलमा पनि लोकदोहोरीकै अनुसार पुरस्कार राखिएको छ । लोकभजन प्रतियोगितामा पहिलो हुने समूहलाई रु दुई लाख, दोस्रोलाई रु एक लाख र तेस्रोलाई रु ५० हजार पुरस्कारको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । यस्तै परम्परागत छेलो प्रतियोगिताका विजेताले रु ११ हजार १११ र उपविजेताले रु पाँच हजार ५५५ प्राप्त गर्नेछन् ।

वर्सेनि चैत्राष्टमी मेला पारेर हुने यस मेलालाई पर्यटन र व्यापार प्रवद्र्धनका दृष्टिले पनि महत्वका साथ लिइन्छ । मेलामा स्थानीय उत्पादनको बजार लाग्छ ।

डोका, नाङ्ला, ठेकाठेकी जस्ता मौलिक उत्पादन बेच्न गाउँदेखि व्यापारी मेलामा झर्छन् । हस्तकला र घरेलु सीपबाट बनेका सामग्रीको किनबेच पनि उत्तिकै हुन्छ ।

मेलामा बालउद्यान, रमाइलो मेलालगायत मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन गरिन्छ । मौलिक कला, संस्कृति झल्काउने झाँकी, गीत तथा नृत्य पनि प्रस्तुत हुन्छ । कालिका भगवती मन्दिर परिसरमा हुने मेला अवधिभर दर्शक,भक्तजनको घुइँचो नै लाग्छ ।

चैत्राष्टमीमा विशेष पूजाआजा हुने भएकाले मन्दिरमा टाढाटाढाबाट दर्शनार्थी आउँछन् ।बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले चैत्राष्टमी मेला जिल्लाको पहिचान र परम्परासँग जोडिएको बताउनुभयो ।

खड्काले आपूm गुठीको अध्यक्ष हुँदा व्यवस्थित रुपमा मेला सञ्चालनको थिति बसालेको स्मरण गर्नुभयो । त्यसअघि मन्दिर परिसरमा स्वतस्र्फूत रुपमा मेला लाग्थ्यो ।

पहिलेपहिले तत्कालीन पश्चिमाञ्चल क्षेत्रकै ठूलो मेलाका रुपमा यहाँको चेतै दसँ मेलालाई लिने गरिन्थ्यो । केही वर्ष उद्योग वाणिज्य सङ्घले चैत्राष्टमीकै मौकामा बागलुङ महोत्सव पनि आयोजना ग¥यो । पछि गुठीले सालिन्दा मेला आयोजना गर्न थालेपछि महोत्सव अरु समयमा हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?