कला / साहित्य

पेरिसमा नेपालका सेक्सी देवता

“यौनका मामिलामा नेपाली संस्कृति साँघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त’ !” फ्रान्सको राजधानी पेरिसमा रहेको पिगालस्थित नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज र संस्कृति प्रेम र यौनका मामिलामा सांघुरो छ भन्ने पश्चिमीहरुको बिश्वासलाई यहाँका नाङ्गा कलाकृतिहरुले क्षणभरमै चकनाचुर पार्छन। यो सङ्राहलयमा नेपालको शिवालिङ्गलाई ठाउँ ठाउँमै रखिएका छन जसप्रति खासगरी महिलाहरु ज्यादै आकर्षित हुनेगरेको… पुरा पढौ

छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्म ‘लाखे’ नोभेम्बर २७ मा जापानको फुनाबाशीमा प्रदर्शन हुदै

नेपाली कथानक चलचित्र ‘लाखे’ को फुनाबाशी शो नोभेम्बर २७ तारिक (आइतबार) जापानको चिबाको फुनाबाशी हलमा प्रदर्शन हुने भएको छ ।टुकी इण्टरटेनमेण्टको व्यवस्थापनमा प्रदर्शन हुन लागेको ‘लाखे’ को छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकारलगायत कलाकार मुख्य भूमिकामा छन् । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्माता डिपी भण्डारी र गणेश मल्ल ठकुरी हुन् ।… पुरा पढौ

समावेशी,संघीयता, महिला अधिकार लगायत गाउ गाउ सिंहदरबार पुर्याउने माओवादी भएको भन्दै कलाकारले मागे माओवादीलाई भोट (भिडियो सहित)

आगामी पाँच वर्षका लागि देशको शासन सत्ता संचालन गर्न नेतृत्व चयनका लागि आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा कलाकारहरूले चर्चित कलाकार सुनिता बुढा र सुकदेव अधिकारीले ‘हँसिया र हथौडामा भोट हाल्न नभुले’ भन्दै माओवादीलाई भोट मागेका छन । नेपाली जनप्रगतिशील मंच जापान क्षेत्रीय समिति कान्साइको प्रस्तुति रहेको ‘माओवादीलाई जिताउन गाउ जान्छु’ नामक चुनावी गीति एल्वममार्फत कलाकार बुढ़ा र अधिकारीले भनेका छन- “अल्लों घरको साहिली माहिली पल्लो घरको ठुले, हँसिया र हथौडामा भोट हाल्न नभुले’ जापानमा रहेर सफल व्यावसायी… पुरा पढौ

हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन कलाकार बद्री पंगेनी र स्मिताको आग्रह

नेपालमा आमनिर्वाचनले छपक्कै छाएको छ । आफ्ना आफ्ना मन पर्ने दलका नारा र गीतहरू गुन्जिएर माहौलले नै नया रौनक थपिरहेको बेला नेपाली लोकसंगीतका चर्चित गायक बद्री पंगेनीले ‘हँसिया र हथौड़ामा अमूल्य मत हाली, समृद्धिको पथमा हिडौ सारा नेपाली’ भन्दै आम नेपालीलाई गीतमार्फत आह्वान गरेका छन ।नेपाली जनप्रगतिशील मंच जापानको प्रस्तुति रहेको ‘ अघि अघि प्रचण्ड’ नामक गीति एल्बममार्फत हँसिया हथौड़ामा हरेक नेपालीले आफ़नो अमूल्य मत प्रदान गरि प्रचण्डलाई देशको नेतृत्व सुम्पन गीतमार्फत यसरी आग्रह गरेका छन - ‘हँसिया र हथौड़ामा… पुरा पढौ

परदेशी गायक मनोज केसीको ‘बस है माया’ सालैजो सार्वजनिक ( भिडियोसहित)

गायक तथा सर्जक मनोज केसीको 'बस है माया' सालैजो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। केसीको आफ्नै शव्द र राम कुमार गुरुङको संगीत रहेको गीत सार्वजनिक भएको केही दिन मै स्रोता, दर्शकले मन पराएका छन् । पछिल्लो समयमा विदेशमा रहेर पनि नेपाली लोक, कला संस्कृतिको जगेर्ना गर्ने मुख्य उदेश्य राखेर केसीले एक पछि अर्को म्यूजिक भिडियो सार्वजनिक गर्दै आएका छन्।रोजगारीको शिलशिलामा जापानको नागोया शहरमा बस्दै आएका केसीले जापानमा हुने विभिन्न सांगितीक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आम जापानबासी लोक गीत संगीत… पुरा पढौ

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैँजडी, नाचिँदैन सोरठी र मारुनी 

तिहारमा दीप प्रज्वलन जत्तिकै महत्त्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोल टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अङ्गाल्दा  मौलिकता भने गुमाउँदै गएको छ । देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्‍याप गीत बज्न थालेका छन् । साथै, सोरठी र… पुरा पढौ

किशोरीमाथि जबरजस्ती अश्लील प्रयास गरेको आरोपमा जापानका चर्चित संगीतकार पक्राउ

किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३५ वर्षीय संगीतकार हिदेकाजु तानाका पक्राउ परेका छन् ।धेरै खेलहरू र एनिमेसनहरूका लागि संगीत प्रदान गर्ने गरेका संगीतकार तानाकालाई टोकियोको मेगुरो-कुमा एक किशोरीलाई अश्लील शब्दहरूसहित जबरजस्ती उनको हात तानेर अभद्रताको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।गत अगस्टमा टोकियोको मेगुरो-कुको एउटा स्टेशन नजिकैको साइकल पार्किङ स्थलमा ती किशोरीलाई अश्लील शब्द बोलेर जबरजस्ती हात तानेको देखेपछि एक महिलाले नजिकैको प्रहरी बक्समा उजुरी दिएकी थिइन । सोहि उजुरीका आधारमा महानगरीय प्रहरी प्रभागले उनलाई २४ गते पक्राउ… पुरा पढौ

कविता र निबन्धमा पनि पात्र प्रयोग गर्ने देवकोटा

नटिप्नु हेर कोपिला !नचुँड्नु पाप लाग्दछ ।नच्यात्नु फूल नानि हो !दया र धर्म भाग्दछ ।।नछोप्नु है चरी बरीसराप आँसु लाग्दछ । …..चारपालामा गुल्मी दरबार जहाँ छ त्यो वास्तवमै गुल्मीभित्रको गुल्मी हो । गुल्मीको उद्गम थलो हो । यहीबाट बिस्तारित गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र प्युठानले वरिपरिबाट घेरिएको छ । हामी मावल गएका बेला हाम्री ९० वर्ष पुग्नु लाग्नुभएकी हजूरआमालाई को आएको ‘साइल्याँ’ भनेर कसैले सोध्यो भने भन्नुहुन्छ, ‘गुल्मीका नाति आएका छन् ।’ आज गुल्मी दरबार वडा नम्बर २… पुरा पढौ

प्याराग्लाइडिङ खेल्ने क्रममा दुर्घटनामा परी एक जनाकाे मृत्यु

पोखरा- नवौँ राष्ट्रिय खेलकुदमा सहभागी त्रिभुवन आर्मी क्लबका एक खेलाडीको निधन भएको छ । क्रसकन्ट्री प्याराग्लाईडिङ खेल चल्दै गर्दा ब्लु स्काई कम्पनीको प्याराग्लाईडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात करिब १०० मिटर माथिबाट सारङकोटस्थित जमिनमा खस्दा आर्मीका कास्की पोखराका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । घाइते भएपछि उनलाई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा उनको मृत्यु भएको घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सूचना अधिकृत सुन्दर तिवारीले अस्पतालमा उपचारको क्रममा निसिमको मृत्यु भएको जानकारी दिए… पुरा पढौ

गलकोटमा ‘सस्तो बजार’

गलकोटमा सस्तो बजार संचालनमा आउने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवको अवसरमा सस्तो बजार संचालन गर्ने आयोजकले जनाएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको गलकोट महोत्सवको अवसरमा खेलकुद तथा सस्कृतिको प्रव्रर्दन संगैं सस्तो बजार संचालन गरि ब्यापारको प्रर्वदन गर्न सस्तो बजार संचालन गर्न लागिएको महोत्सवका मुल समारोह समितिका संयोजक होम थापाले जानकारी दिनुभयो । असोज २८ गते देखि गलकोटको मजुवा फाँटमा सञ्चालन हुने दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा कला सस्कृतिको प्रर्वदन गर्ने तथा ब्यापारको प्रर्वदन गर्न… पुरा पढौ