राजनीति

उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्थ्यो । यादवलाई कांग्रेस,माओवादी,समाजवादी,जसपा लगायतका दलको समर्थन रहेको थियो । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको… पुरा पढौ

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिनुस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिनुभएको छ। गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्।… पुरा पढौ

संघीय शिक्षा विधेयक छिट्टै संसदमा पेश गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिका अतुलनीय रहेको बताए। प्रधानमन्त्रीले शिक्षा क्षेत्र र शिक्षक पेसालाई व्यवस्थित बनाउन अझै धेरै काम बाँकी रहेको बताए। उनले नेपालको राजनीतिका उच्च पदमा रहेका धेरैजसो व्यक्ति शिक्षक पृष्ठभूमिबाटै आएको समेत स्मरण गरे। शिक्षक पेसालाई मर्यादित… पुरा पढौ

भरतपुरलाई देशकै नमूना सहर बनाउछु – रेणु दाहाल

टोकियो - भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विदेशमा बस्ने नेपालीहरुलाई देशमा लगानी भित्र्याउन अपील गरेकी छिन् । बुधबार टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरपालिकाको बिकास र समृद्धिका लागि आफु अहोरात्र खटिरहेको धारणा ब्यक्त गर्दै गएको पाँच वर्षमा भए-गरेका कार्यप्रगतिको मुल्याङ्कन गर्दै महानगरबासीले आफुलाई पुनः दोस्रोचोटी निर्वाचित गराएको बताईन् । उनले अगाडि भनिन् - 'विगतका अधुरा कामहरु सम्पन्न गर्न र भरतपुर महानगरपालिकामा थप नयाँ मेघा प्रोजेक्टहरु सफलताका साथ सम्पन्न गरी देशकै एउटा नमूना र पर्यटकीय नगरीकोरुपमा बिकास गर्न… पुरा पढौ

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।  बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।  पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याए। जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको मतगणनामा रहेका नेकपा एमालेका सांसद महेश बर्तौलाले सेतोपाटीलाई बताए। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५ सय १८ मतभार ल्याए। जसमध्ये संघमा ७ हजार ७ सय ४२ र प्रदेशमा ७ हजार ७ सय ७६… पुरा पढौ

राष्ट्रपति चयनका लागि मतदान सुरु

२५ फागुन, काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन्… पुरा पढौ

एमालेका गण्डकी प्रदेश सदस्य के.सी.माओवादी केन्द्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनतासंग पार्टी अभियान कार्यक्रमको गलकोटमा उद्घाटन गरिएको छ ।कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण के.सी.ले पार्टीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै पार्टी सुदृढीकरण तर्फ लाग्नुपर्ने बताउनुभएको छ । उहाँले देशमा राजनीतिक परिवर्तनसगै सामाजिक परिवर्तनको आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य चन्द्र बहादुर बुढा मगर (सागर)ले जनयुद्धका उपलब्धीको रक्षा, समाजवादी प्रणालीको विकाससँगै अगाडि बढनुपर्ने बताउनु भयो , उक्त अवसरमा नेकपा माओवादी केन्द… पुरा पढौ

‘जग्गेमा बसेर आँखा सन्काउने’ केपी ओली प्रवृतिको कारण सत्ता समीकरण बदलिएको हो- माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा

राष्ट्रपतिको निर्वाचनपछि जनजीविकाका सवाललाई ध्यानमा राखेर जनताले अनुभूत गर्नेगरि प्रभावकारी कार्य गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले बताएका छन ।नेपाली जनप्रगतिशीलमञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता दीपशिखाले जनतासंग प्रत्यक्ष जोड़िएका सवाललाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउदै भने- “यो सरकारले सहि रूपमा डेलिभरी दिन सकेन भने पार्टी र राष्ट्रलाई ठुलो जोखिम रहेकोले राष्ट्रपतिको निर्वाचन पश्चात् ठोस नीति तय गरि जनपक्षीय कार्यमा सक्रिय हुनेछ । “… पुरा पढौ

मेयर बालेनले भने-‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन्। यो देश कहिल्यै बन्दैन,’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन बाध्य गराएको खुलासा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्ट्याटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन्। साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्। ‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन्। यो देश कहिल्यै बन्दैन,’ उनले लेखेका छन्। हेर्नुहोस् उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै  https://m.facebook.com/story.php?story_fbid=pfbid0JBebYrcBbJwrPgmNL6MWrC7LRTg4ZWfQFHizzFXAMye5fVgHx8PSp6ij4BB5oDvLl&id=100044467927963 पुरा पढौ

नेपाली जनप्रगतिशील मन्च जापान कान्तो क्षेत्रीय समितिले जापान भ्रमणमा रहेको जनप्रतिनिधि मण्डललाई गर्यो भेटघाट

नेपाली जनप्रगतिशील मन्च कान्तो क्षेत्रीय समिति जापानले जापान इण्टरनेशनल कोअप्रेशन एजेन्सी जाइकाको (japan international cooperation agency (JICA)को विपत् व्यवस्थापन ट्रेनिङ प्रोजेक्टको क्रममा जापान भ्रमणमा रहेका स्थानीय सरकारका जनप्रतिनिधि तथा पार्टी नेतृत्वसंगभेटघाट तथा डिनर कार्यक्रम सम्पन्न गरेको छ ।टोकियो शिनओकुबो स्थित भेटघाट रेस्टुरेन्टमा शुक्रबार सम्पन्न भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय पोलिटब्युरो सदस्य, बाग्मति प्रदेश सह-ईन्चार्ज, नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघको उपाध्याक्ष तथा चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र वैकल्पिक केन्द्रीय सदस्य, गोरखा जिल्ला बारपाक सुलिकोट… पुरा पढौ