
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन बाध्य गराएको खुलासा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्ट्याटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन्। साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्।
‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन्। यो देश कहिल्यै बन्दैन,’ उनले लेखेका छन्। हेर्नुहोस् उहाँको फेसबुक स्टाटस जस्ताको तस्तै



