राजनीति

प्रतिनिधि सभा निर्वाचन: २ हजार ६ सय ५५ उम्मेदवारी दर्ता, महिला सहभागिता भने निकै न्यून

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार तोकिएको समयभित्र देशभरबाट कुल २ हजार ६ सय ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारीको तथ्याङ्क: महिलाको संख्या कमजोर निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारी दर्ता गर्नेको संख्या ठूलो भए पनि लैंगिक हिसाबले महिलाको उपस्थिति भने निकै कम देखिएको छ। कुल उम्मेदवारमध्ये झण्डै ८९ प्रतिशत पुरुष छन् भने महिलाको हिस्सा मात्र ११ प्रतिशत हाराहारी छ। उम्मेदवारीको प्रारम्भिक विवरण निम्न बमोजिम छ:… पुरा पढौ

बागलुङ–२ मा नेकपाको किल्ला जोगाउन ज्ञामनाथ गैरे ‘अनिल’ चुनावी मैदानमा

बागलुङ । संसदीय राजनीतिको केन्द्र मानिने बागलुङ क्षेत्र नम्बर २ मा यसपटक चुनावी माहोल निकै रोचक बन्ने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो बलियो संगठन रहेको मानिने यस क्षेत्रमा युवा र प्रभावशाली नेता ज्ञामनाथ गैरे ‘अनिल’लाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेसँगै राजनीतिक बृतमा तरंग पैदा भएको छ । नेकपाका केन्द्रीय नेता राजिव घिमिरेका अनुसार, आइतबार बसेको पार्टीको बैठकले गैरेलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि जिल्ला कमिटीले उम्मेदवारका लागि केन्द्रमा पठाएको सिफारिस सूचीमा गैरेको नाम… पुरा पढौ

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले… पुरा पढौ

जापानमा विदेशी नागरिकका लागि कडा नियमको तयारी: सामाजिक मूल्य-मान्यता र नियम पालना अनिवार्य गरिँदै

टोकियो, जापान । जापान सरकारको एक विज्ञ टोलीले विदेशी नागरिकहरूलाई जापानी समाजमा समाहित (Assimilate) गराउन र सार्वजनिक सुव्यवस्था कायम राख्न नयाँ र कडा कदमहरू चाल्न सुझाव दिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनले विदेशी नागरिक सम्बन्धी नीतिहरूलाई थप कडा बनाउने प्रतिबद्धता जनाइरहेका बेला यो महत्वपूर्ण सिफारिस आएको हो। बुधबार (जनवरी १४) विदेशी नागरिक सम्बन्धी नीति हेर्ने मन्त्री किमी ओनोडालाई बुझाइएको सुझाव पत्रमा जापानी भाषा मात्र नभई यहाँका सामाजिक नियम, परम्परा र संस्कारहरू सिक्नुपर्ने कुरामा जोड दिइएको छ। १. सामाजिक नियम र… पुरा पढौ

जापानमा राजनीतिक सरगर्मी: फेब्रुअरी ८ मा मध्यावधि निर्वाचन हुने, प्रधानमन्त्री ताकाइचीद्वारा तल्लो सदन विघटनको तयारी

टोकियो, जापान । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले आगामी फेब्रुअरी ८ तारिखका लागि प्रतिनिधि सभा (तल्लो सदन) को मध्यावधि निर्वाचन (Snap Election) गर्ने तयारी गरेकी छन्। सरकारका एक वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री ताकाइचीले यसै महिनाको अन्त्यमा तल्लो सदन विघटन गरी जनताको ताजा जनादेश लिन लागेकी हुन्। विघटनको तयारी र तालिका प्रधानमन्त्री ताकाइचीले बुधबार (जनवरी १४) सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (LDP) का महासचिव शुनिची सुजुकी र गठबन्धन साझेदार 'निप्पोन इसिन' (Nippon Ishin) का प्रमुख हिरोफुमी योशिमुरालाई आफ्नो योजनाबारे जानकारी गराएकी छन्। सदन विघटन: आगामी… पुरा पढौ

२३ वर्षपछि दोहोरियो कांग्रेस फुटको इतिहास : केन्द्रमा शेरबहादुर देउवा नै !

काठमाडौं । उसैगरी इतिहास दोहोरियो, नेपाली कांग्रेस पार्टीको आन्तरिक इतिहासमा । २३ वर्षपछि उस्तै दृश्य मञ्चन गर्दै अन्ततः नेपाली कांग्रेस चिरियो । २०५९ साल असारको पहिलो साता बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जस्ता दृश्य मञ्चन भएका थिए, लगभग त्यही दृश्य भृकुटीमण्डपमा २०८२ पुसको अन्तिम साता फेरि दोहोरियो । खालि हल र मिति मात्र फरक । उस्तै कटुता र उस्तै आरोप–प्रत्यारोपसहित । अनि दुवै पटक केन्द्रबिन्दूमा थिए शेरबहादुर देउवा । उतिखेर देउवालाई कांग्रेस संस्थापन पक्षले ‘अन्याय’ गरेको कथा बुन्दै फुटेको थियो ।… पुरा पढौ

गगन-विश्वसहित ३ जना ५ वर्षका लागि निलम्बन

नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री  फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।  बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका थिए । नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका… पुरा पढौ

दुई दशकसम्म लाभको पद नलिएका एक सादगी नेता: को हुन् बागलुङ-२ का उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’?

हाम्रो पुस्ताले राजनीति बुझ्दै गर्दा देशको परिस्थिति आजको जस्तो सहज थिएन। गाउँ-बस्तीमा सशस्त्र युद्धको राप थियो। दरबार हत्याकाण्डको सन्त्रासले देश स्तब्ध थियो। हात-हातमा मोबाइल र गोजी-गोजीमा इन्टरनेट हुने त कल्पना बाहिरको कुरा थियो। सूचनाको एउटै भरपर्दो स्रोत थियो— 'एकथान रेडियो'। अभाव, संकट र त्रासको त्यो धमिलो समयमा पनि म एउटा मान्छेलाई सम्झिन्छु, जो ब्याट्रीबाट चल्ने सानो हाते माइक बोकेर गाउँ-गाउँमा भाषण गर्दै हिँड्थ्यो। अनुहारमा एउटा विशिष्ट शालिनता र बोलीमा अदम्य साहस बोकेर हिँड्ने ती पात्र थिए— ज्ञामनाथ गैरे (अनिल)। युद्धको… पुरा पढौ

निर्वाचन केन्द्रित नेकपा: ज्ञामनाथ गैरे ‘अनिल’ लाई जिताउन कम्मर कस्दै गलकोटबासी

थम्मन थापा, बागलुङ पौष २८, बागलुङ । मुलुकमा राजनीतिक सरगर्मी बढ्दो छ। आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन्। यसै सन्दर्भमा बागलुङमा पनि चुनावी जोडघटाउ र तयारीले तीव्रता पाएको छ। विशेषगरी बागलुङ क्षेत्र नं २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो आन्तरिक तयारीलाई आक्रामक बनाउँदै लैजाँदा चुनावी माहौल तातेको हो। उम्मेदवार चयन र चुनावी रणनीति नेपाली कम्युनिष्ट पार्टीले बागलुङ क्षेत्र नं २ का लागि युवा नेता ज्ञामनाथ गैरे 'अनिल'… पुरा पढौ

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टिका बीच आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर (संस्थापन समूह) ले आलटाल गर्न खोजे पनि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको सक्रियतामा यो विशेष महाधिवेशन आह्वान गरिएको हो। बहुमत प्रतिनिधिको समर्थन विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये ६२ प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको जानकारी दिनुभयो। यसअघि ५४ प्रतिशत प्रतिनिधिहरूको मागलाई आधार मानेर महामन्त्रीद्वयले यसको प्रक्रिया अगाडि बढाएका थिए।… पुरा पढौ