राष्ट्रिय समाचार

कोभिड-१९ उत्पत्तिको अध्ययनलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोेभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ । अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो । जेनेभामा शुक्रवार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, ‘सम्बन्धित सबैले यस (कोभिड-१९ को उत्पत्ति)को विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ । अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ ।’ ‘यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ… पुरा पढौ

कोरोना भाइरस पत्ता लगाउने कुकुर !

एजेन्सी / विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको छ सामान्य नै हो । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि कुकुर परिचालन गरिएको छ । थाइल्याण्डको सरकारले कोभिड १९ संक्रमित मानिस तत्कालै पत्ता लगाउन भन्दै ६ वटा लाव्राडोर कुकुर परिचालन सुरु गरेको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको दर उच्च रुपमा बढेको र निर्माणस्थल, भिडभाडयुक्त वस्ती तथा ठूला बजार क्षेत्रमा संक्रमितको संख्या उच्च रहेको देखिएपछि सरकारले संक्रमित मानिसहरु छिटो… पुरा पढौ

यो हो सुनले बनेको संसारकै पहिलो होटल

दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।उक्त होटलका हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा स्वर्ण लेपन गरिएको छ । यतिमात्र होइन, उक्त होटलमा खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुन लेपित छन् । उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४… पुरा पढौ

गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायकः वामदेव

एमाले नेता वामदेव गौतमले गिरिजाप्रसाद कोइराला, पुपष्कमल दाहाल प्रचण्ड र माधव नेपाल गणतन्त्र स्थापनाका महानायक भएको घोषणा गरेका छन् । १४ औं गणतन्त्र दिवसका अवसरमा शनिबार एक सन्देश जारी गर्दै गौतमले कोइराला, प्रचण्ड र नेपाल गणतन्त्रको नायक भएको घोषणा गरेका हुन् । ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो’, गौतमले लेखेका छन्, ‘उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न… पुरा पढौ

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत, सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

वासिङटन । राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ । कोभिड-१९महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए । बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने… पुरा पढौ

जापानमा पुन थपियो स्वास्थ्य सङ्कटकाल

जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको हो । एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् । सङ्बटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका,… पुरा पढौ

विदेशीको प्रिय बन्न ओली कम्युनिस्ट पार्टीलाई बर्बाद बनाउन लागे

माधव नेपाल पार्टी अध्यक्ष केपी ओलीले स्थायी समिति बैठकबाट तपाईं र झलनाथ खनाललगायत ११ जनालाई पार्टीबाट निष्कासन गर्नुभएको छ, यसलाई कसरी लिनुभएको छ ? केपी ओलीको यो निर्णय हास्यास्पद हो । उहाँले हामीजस्तो व्यक्तिलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्नुभयो भन्नेभन्दा हास्यास्पद अरू के होला ? जसले राष्ट्रघाती काम गरिरहेको छ, कम्युनिस्टविरोधी काम गरेर आन्दोलनलाई टुक्राटुक्रा पार्न खोजिरहेको छ, क्षतविक्षत् बनाउन खोजेको छ, कम्युनिस्ट आन्दोलनलाई पूरै दक्षिणपन्थी भासमा फसाउन खोजेको छ, विकृति र विसंगतिको थुप्रो लगाएको छ, सरकार चलाउँदा पनि जनताबीच बदनाम भएको… पुरा पढौ

नागरिकतामा सत्ताको सौदाबाजी

नेपालीसँग बिहे गरेकी विदेशी महिलाले निरन्तर सात वर्ष नेपालमा बसेपछि मात्र अंगीकृत नागरिकता पाउनेलगायतका प्रावधान राखेर सत्तारुढ दलको जोडबलमा संसदीय समितिले विधेयक संशोधन गरेको थियो, अधिकारकर्मी र मधेसी दलको चर्को विरोधबीच ओली टसमस थिएनन्, तर सत्ता संकटमा परेपछि यस्ता प्रावधान हटाएर नागरिकता अध्यादेश जारी गराएका छन् ...... नागरिकता अध्यादेशले के फरक पर्यो ? ६ मुख्य बुँदा १. २०६५ अघि नै निवेदन दिएको हुनुपर्ने प्रावधान हट्यो राज्यव्यवस्था समिति हुँदै संसद्मा पुगेको विधेयकमा भनिएको छ, ‘मंसिर ०६५ अघि निवेदन दिएर ०७२ सम्म नागरिकता पाएका नेपाली… पुरा पढौ

सर्वोच्चको फैसला नपढी फेरि विघटन ? अदालतको अवहेलना भएन र श्रीमान ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक ७ गते मध्यराति प्रतिनिधिसभा विघटन गरेपछि अघिल्लो विघटनमा सर्वोच्च अदालतले गरेको फैसलाको मर्मबारे चासो शुरु भएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक ठहर गर्दै प्रधानन्यायाधीशसहित ५ जनाको संवैधानिक इजलासले फागुन ११ गते सरकार गठनसम्बन्धी संविधानको धारा ७६ को सम्पूर्ण प्रक्रिया पूरा नगरी विघटन गर्न नमिल्ने फैसला सुनाएको थियो ।  अहिले ७६ को उपधारा ४ को प्रक्रिया स्केप गरिएको र ५ को प्रक्रिया पूरा नहुँदै विघटन… पुरा पढौ