गैर आवासीय नेपाली संघ जापानको कान्तोमा बागलुङका केसी विजयी

-


     जनहित न्युज    
     जेठ १६ गते २०७८


जापान/ गैर आवासीय नेपाली संघ जापान कान्तोको क्षेत्रीय अधिवेशनबाट बागलुङ गलकोटका दिपेश केसी २०२१-२०२३ का लागि सर्वसहमतिमा निर्वाचित भएका हुनुभएको छ ।
आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौ अधिवेसनबाट केसी समयोजक शैलेन्द्र खड़का र सुरेश के सी उप उप समयोजकमा निर्वाचित हुनु भएको निर्वाचन समिति संयोजक विजय थकालीले जानकारी दिनुभयो ।
सो अधिवेशनबाट सचिवमा सागर कार्की सह सचिवमा महेन्द्र राउत र दिपक सुबेदी विप्लव निर्वाचित भएका छन भने कोषाध्यक्षमा विनोद राई, सह कोषाध्यक्षमा पुरन्जन नेपाल निर्वाचित भएको निर्वाचन समिति सदस्य बाबुराम पौडेलले बताउनुभयो ।
त्यसैगरि सदस्यहरूमा सुबिना सुब्बा, अशोक भट्टराई र सोहनकुमार खत्री निर्वाचित भएका छन ।
सो अधिवेशनको उद्गघाटन सत्रमा बोल्ने वक्ताहरुले संस्थालाई सबैको अभिभावकीय संस्थाको रूपमा बुझन र संस्थाले पनि सोही अनुसार कार्य गर्नका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टले सामाजिक भावलाई आत्ममा राखेर नेपाल र नेपालीको हित अनुकूल हुने गरि सबैले कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा बोलदै संघका जापान अध्यक्ष देवीलाल भण्डारीले आफूलाई लागेको आरोपको प्रष्टिकारण दिने प्रयास गर्नु भएको थियो । स्मरणरहोस भण्डारीलाई नेपाल शव पठाऊने क्रममा मृतकका आफन्तहरूले रकम हिनाबिना पारेको आरोप लगाएका छन ।
निर्वाचन समितिका संयोजक थकालीले संस्थालाई गतिशील र जवाबदेही रूपमा अगाडी बढ़ाउनका लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रीय समितिका प्रमुख तथा प्रतिनिधिहरूले जुमबाट शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?