राष्ट्रिय समाचार

भरतपुर महानगरपालिका अपडेट: ८४ मतान्तरले रेनु दाहाल विजयी सुवेदी भन्दा अघि

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । १२५० मत गन्दा रेनुले ४८३ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले ४ सय २ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ सय ५७ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार चित्रसेन अधिकारीले ५ सय ३६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार हिमला… पुरा पढौ

काठमाडौं महानगरपालिका अपडेट: ११९ मतान्तरसहित बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदा उनले ८ सय ४२ मत सहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजय सुवेदीले ७ सय २३ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९ मत ल्याएकी छिन् । पुरा पढौ

भरतपुर महानगर अपडेट: ६ मत अन्तर ले अघि लागिन रेनु दाहाल

भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। ३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेर १२७ मत ल्याएका छन्। बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन्। जारी गणनामा अहिलेसम्म ८ प्रतिशत मत बदर भएको छ। भरतपुर महानगरको २९ वडा बाट  १ लाख २७ हजार ५६५ मत खसेको छ। वडा न १ जम्मा मतदाता ५ हजार ७४ छ। जसमा ३२ सय ७६ मत… पुरा पढौ

गठबन्धनलाई परास्त गर्दै गलकोट नगरपालिका ११ मा एमालेका डम्मर श्रीस विजयी

गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा पाँच दलीय गठबन्धनका उमेदवारलाई हराउँदै नेकपा एमालेका उमेद्वार डम्मर श्रीस विजयी भएका छन् । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष पदका उमेदवार दिलबहादुर बुढाथोकीलाई २६४ मतान्तरको फरकमा पराजित गर्नुभएको छ । श्रीसले ९ सय ७३ मत ल्याउँदा गठबन्धनका बुढाथोकीले ७ सय ९ मत ल्याउनुभएको थियो । पुरा पढौ

निर्वाचनमा धाँधली भएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन

निर्वाचन निष्पक्ष नभएको भन्दै ढोरपाटन नगरपालिकामा पुनःमतदान गराउन निवेदन परेको छ । निर्वाचन अधिकृतको कार्यालयमा नगरपालिकाको–४ छोरेगाउँ मावि र हिमाल आधाभूत विद्यालय मतदान केन्द्रमा स्वच्छ र निष्पक्ष रुपमा मतदान नभएको भन्दै मेयर पदका उम्मेदवार चन्द्रलाल अर्यालले पुनः मतदानको माग गर्दै निवेदन पेश गरेका हुन् । अर्यालले शनिबार दिउँसो १ः३८ बजे निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा निवेदन दिएको नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकले वडा नम्बर ४ को टुंगो नलगाएसम्म मतगणना नहुने भएको हो । ‘गठबन्धनको… पुरा पढौ

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गठबन्धनका चन्द्रसिंह रामजाली निर्वाचित

बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका थमबहादुर घर्ती मगरलाई ३७ मतान्तरले पराजित गरेका हुन् । रामजालीले ६५५ मत प्राप्त गरका छन् भने घर्ती मगरले ६१८ मत ल्याएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती मगरले ६३३ र एमालेका भूमिराज घर्ती मगरले ५४७ मत प्राप्त गरेका छन् । राप्रपाका कृष्णबहादुर मल्लेले ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५९२ र एमालेकी… पुरा पढौ

गलकोट नगरपालिका वार्ड नम्बर १ मा गठबन्धनका उम्मेदवार लाल बहादुर राना विजयी

बागलुङ- बागलुङको गलकोट नगरपालिका –१ मा राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना विजयी भएका छन् ।वडा अध्यक्षमा विजयी रानाले ११ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदम कार्कीले ३ सय ७५ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष राना पाँच दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।यसै गरी महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्रा कुमारी सुनार, खुल्ला सदस्यमा पूर्णबहादुर खत्री र भिमबहादुर थापा विजयी भएका छन् । गलकोट नगरपालिका… पुरा पढौ

१५ सय मत गन्दासम्म पनि बालेन नै अघि,दोस्रोमा स्थापित

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राख्दा सत्ता गठबन्धन तेस्रोमा झरेको छ ।  मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लेका छन् । यसअघि बालेनलाई पछ्याइरहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह अहिले तेस्रो नम्बरमा झरेकी छन् ।  १५ सय मत गन्दा बालेनले ५ सय ६८, स्थापितले ४ सय १५ र सिंहले ३ सय ७ मत पाएका छन् । पुरा पढौ

भरतपुर महानगरपालिका अपडेट: विजय सुबेदीको अग्रता, दोस्रोमा रेनु दाहाल

भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा २०० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ८२रेनु दाहाल (माओवादी) : ६८जगन्नाथ पौडेल (स्वतन्त्र) : २५ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) :८४हिमला गुरुङ्ग (राप्रपा) :५८ पुरा पढौ

काठमाडौं महानगरपालिका अपडेट: ३४ प्रतिशत मतसहित बालेनको अग्रता कायमै, सृजना सिंह दोस्रोमा

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन्। ५२९ मत गन्दा शाहले १७८ मत पाएका छन्। उनले गणना भएको मतको ३४ प्रतिशत मत पाएका छन्। सेतोपाटी अनलाइनका अनुसार दोस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२० मत पाएकी छन् भने भने तेस्रोमा रहेका एमालेका केशव स्थापित ११० मत ल्याएका छन्।  अहिलेसम्म सिंहले २३ र स्थापितले २१ प्रतिशत मत पाएका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३० मत पाएका छन् भने राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले २३ मत ल्याएका छन्… पुरा पढौ