राष्ट्रिय समाचार

घोराही उपमहानगरमा माओवादी केन्द्रको अग्रता

दाङको घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।  पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत प्राप्त गरेका छन् । शर्मालाई पछ्याइरहेका एमालेका नरुलाल चौधरीले १४५ मत पाएका छन् ।  यसैगरी, उपमेयरमा कांग्रेसका भूपबहादुर डाँगीले १८० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका हुमाकुमारी डिसीले १४० मत पाएकी छिन् । पुरा पढौ

डोल्पाको जगदुल्लामा कांग्रेस एमालेको गठबन्धन तोड्दै अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जित्यो

डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा विजयीको खाता खोलेको छ।  माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्।  यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्।  पुरा पढौ

तारा गाउपालिकाको ५ मा माओवादीका मनबहादुर रोकासहित प्यानल नै विजयी

बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार माओवादीका मनबहादुर रोकाले ८५४ मत ल्याउँदै विजयी भएका हुन् ।  रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २१९ मत प्राप्त गरेका छन् । रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कँडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् । जम्मा मत १२ सय ७७ मध्ये मन बहादुर रोकाले ८ सय… पुरा पढौ

नेमकिपाको किल्लामा नेमकिपाको प्रभावशाली उपस्थिति,सुनिल प्रजापतिले १८ सय मत ल्याउदा विपक्षीको सय मत कटेन

नेमकिपाको परम्परागत किल्लाको रुपमा रहेको भक्तपुर नगरपालिकामा यसपटक पनि सो पार्टीका उम्मेदवारले फराकिलो अग्रता हासिल गरेका छन् । जारी मतगणनामा नेमकिपाबाट मेयरका उम्मेदवार सुनिल प्रजापतिले १ हजार ८ सय ६० मत प्राप्त गरेका छन् । तीन वटा वडाको मतगणना हुँदा उनलाई पछ्याउँदै एमाले उम्मेदवार दोस्रो स्थानमा छन् । एमाले उम्मेदवारले ९४ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारलाई ८२ र चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई ५७ मत प्राप्त भएको छ। पुरा पढौ

काठमाडौं महानगरपालिका अपडेट: ११९ मतले बालेनको अग्रता कायमै

काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । बिहीबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत भएको काठमाडौं महानगरको मतगणना भइरहेको छ । राष्ट्रियसभा गृहमाा भइरहेको मतगणनाअनुसार अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । बालेनले ११९ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९७ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८७ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् । तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । उम्मेदवारका प्रतिनिधिलाई देखाउँदा गणकहरुले मत गनिरहेका छन् । पुरा पढौ

विराटनगरको मेयरमा गठबन्धनको अग्रता, उपमेयरमा एमालेको

विराटनगर महानगरपालिकामा ७ सय मत गन्दा मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २६९ मत ल्याएका छन्।  गठबन्धनका उम्मेदवार कोइरालालाई एमाले सागर थापाले १८१ पछ्याइरहेका छन्। भने, स्वतन्त्र उम्मेदवार उमेश यादवले ७० मत ल्याएका छन्। यस्तै, उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले २३६ मत ल्याएकी छन्। गठबन्धनको साझा उम्मेदवार अमरेन्द्र यादवले १५२ मत ल्याएका छन्।  पुरा पढौ

भरतपुर अपडेट : २० मत गन्दा विजय अगाडि, रेनु दोस्रो, जगन्नाथलाई १ भोट

चितवनको भरतपुर महानगरपालिकामा २० मत गन्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि १ भोट ल्याएका छन्।  यहाँ झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो। अहिले २० मत गन्दा एमालेका विजय सुवेदीले ११, गठबन्धनकी रेनु दाहालले ६ र कांग्रेसबाट विद्रोह गरी भुइँकटहर चुनाव चिह्नमा उठेका जगन्नाथ पौडेलले १ मत ल्याएका छन्। पुरा पढौ

काठमाडौँ महानगरमा तीन सय मत गणना सकियो : कसले कति पाए मत ? 

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ७२ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ५९ पाएका छन् । मत गणना जारी छ । पुरा पढौ

भरतपुर महानगरपालिकाको मतगणना सुरू 

चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहान झण्डै १२ बजे महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको हो। एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजारले मत दान गरेका थिए । यहाँ माओवादी केन्द्रको तर्फबाट रेणु दाहाल मेयरको उम्मेदवार छिन् भने एमालेको तर्फबाट विजय सुवेदी उम्मेदवार छन् । नेपाली कांग्रेसले भने यहाँ मेयरको रुपमा माओवादी केन्द्रलाई समर्थन गरेको छ । यद्यपि कांग्रेसबाट असन्तुष्ट बनेका जगन्नाथ पौडेलले पनि मेयरमा स्वतन्त्र… पुरा पढौ

मत नदिएको भन्दै कुटपिट गर्दा ८ जना घाइते

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन्। थाहा खबर प्रकाशित समाचारका अनुसार निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ। मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए। ‘मलाई कुटपिट गर्न खोज्दै… पुरा पढौ