१५ सय मत गन्दासम्म पनि बालेन नै अघि,दोस्रोमा स्थापित

-


     जनहित न्युज    
     वैशाख ३१ गते २०७९


काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राख्दा सत्ता गठबन्धन तेस्रोमा झरेको छ । 

मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा उक्लेका छन् । यसअघि बालेनलाई पछ्याइरहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंह अहिले तेस्रो नम्बरमा झरेकी छन् । 

१५ सय मत गन्दा बालेनले ५ सय ६८, स्थापितले ४ सय १५ र सिंहले ३ सय ७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?