राष्ट्रिय समाचार

जापानको पर्यटन व्यवसाय छाडेर अंगुर खेतीलाई उद्योगसम्म फैलाएका कुमार

उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौं’ भन्ने भावना त्यसबेला नै पलाएको थियो। निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले अहिले साकार रूप लिएको छ। जापानको पर्यटन व्यवसाय छाडेर नेपाल फर्किएका व्यवसायी कार्की अनेक चुनौती मोल्दै स्वदेशकै माटोमा नयाँ उद्योगीका रूपमा उदाउन सफल भएका छन्।  नेपालमा कृषि पर्यटनको विकास र विस्तार गर्ने सोचअनुरूप व्यावसायिकरूपमा अंगुर खेती तथा प्राकृतिक (अर्ग्यानिक) वाइन उत्पादन उद्योग खोलेर निर्यात… पुरा पढौ

नेपाल फेस्टिवलका लागि तय गरिएका ३७ स्टल वितरण सम्पन्न, फेस्टिवल तयारी अन्तिम चरणमा

आगामी जुलाई ३० र ३१ तारिक जापानको राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ । राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक गैर आवासीय नेपाली संघ जापानको संयोजनमा गोला प्रथाद्धारा स्टल बाँडफाँड गरेको हो ।वितरित स्टलहरू मध्य खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको छ । यस बाहेक नेपाली सेवा प्रदायक कम्पनीहरुका १८ वटा स्टल रहने भएको छ । सबै स्टल वितरण गोला प्रथाद्धारा स्टल आयोजकको रोहवरमा वितरण गरिएको थियो । छुट्याइएको स्टल… पुरा पढौ

जापानमा सन १९७५ यताकै उच्च गर्मीका कारण सोमबारका लागि “विद्युत् आपूर्ति अभाव चेतावनी” जारी

जापानको केन्द्र सरकारले आइतवार नयाँ प्रणाली अन्तर्गत पहिलो पटक "विद्युत् आपूर्ति अभाव चेतावनी" जारी गर्दै कान्तो क्षेत्रमा तापक्रम उच्च रहने सम्भावना रहेकोले टोकियो क्षेत्रमा सोमबार दिउँसो विद्युत् अभाव हुनसक्ने अपेक्षा गरिएको छ ।सरकारले विशेष गरी सोमबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्मका बीचमा अनावश्यक बत्ती निभाउने र गर्मीबाट बच्ने उपायहरू अवलम्बन गर्दै विद्युत् बचत गर्न पहल गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।विद्युतको सम्भावित अभाव हुनसक्ने एक दिन अघि बासिन्दालाई सचेत गराउन नवनिर्मित चेतावनी प्रणाली निर्माण गरि सोहि मार्फत चेतावनी जारी गरिएको… पुरा पढौ

खाद्यान्नको मूल्य वृद्धिप्रति जापानी नागरिक आक्रोशित बन्दै गएका छन्: अध्ययन

जापानी घरपरिवारहरू खाद्यान्न र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति आक्रोशित र असहनशील बन्दै गएको बैंक अफ जापान(BOJ)को तथ्यांकलाई विश्लेषण गरेको एक अनुसन्धान कम्पनीको सर्वेक्षणले देखाएको छ ।Mizuho Research & Technologies Ltd. ले BOJ द्वारा सार्वजनिक तथ्यांकमा आधारित रहेर घरायसी खर्च सर्वेक्षणको विश्लेषणले गर्दा गभर्नर हारुहिको कुरोदाले जुन महिनाको सुरुवातमा उपभोक्ताहरू बढ्दो मूल्यहरूप्रति "सहिष्णु" भइसकेका छन् भनी टिप्पणीको विपरीत रहेको देखाएको छ ।कुरोदाले सो अभिव्यक्ति व्यापक विरोध पछि फिर्ता लिन र माफी माग्न बाध्य भएका थिए ।सर्वेक्षण गर्ने कम्पनीले खाना र… पुरा पढौ

समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको जापानी अदालतको फैसला

जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ। ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो। मार्च २०२१ मा सापोरोको एक अदालतले समलिङ्गी विवाहलाई अस्वीकार गर्ने असंवैधानिक भएको आरोपको पक्षमा फैसला गरेपछि अधिकारकर्मीहरूले यस मुद्दालाई सम्बोधन गर्न केन्द्र सरकारलाई दबाब दिनको लागि यो निर्णय गरेको थियो।तीन समलिङ्गी जोडी (दुई पुरुष र एक महिला) ले ओसाकाको जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । पछिल्लो फैसलाले एलजिबिटिक्यू अधिकारलाई ठूलो धक्का दिएको छ। यसअघि तीनजना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर… पुरा पढौ

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर 

अमेरिकी राष्ट्रपति जो बाइडेनले कंग्रेसले पारित गरेको महाविवादस्पद प्रमुख संघीय बन्दुक सुरक्षा कानूनमा हस्ताक्षर गरेका छन् । बाइडेनले शनिबार कानूनमा हस्ताक्षर गरेका हुन् । “ईश्वर चाहानुहुन्छ, यसले धेरै जीवन बचाउनेछ,” बाइडेनले ह्वाइट हाउसमा बिधेयकमा हस्ताक्षर गरेपछि भने। अमेरिकी सिनेटले दशकौ पछि पहिलो प्रमुख संघीय बन्दुक सुरक्षा कानून पारित गरे पछि बाटो खुलेको हो । सिनेटले गत बिहीबार राती बन्दुक हिंसालाई सम्बोधन गर्न द्विदलीय(डेमोक्र्याट तथा रिपब्लिकन) विधेयक पारित गरेको थियो । अन्तिम मतदान हुँदा हुन्छ भन्ने पक्षमा ६५ र हुदैन भन्ने… पुरा पढौ

बेइमान चाहिँ प्रचण्ड कि ओली ?

एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमानदार नभएका कारण नेकपाको एकता भंग भएको बताएका छन्। तर, तथ्यहरूले ओली अभिव्यक्तिलाई शतप्रतिशत खण्डन गर्दछन्। तथ्यले भन्छ – नेकपाको एकता बचाउन प्रचण्ड नै सबैभन्दा बढी जिम्मेवार भएर प्रस्तुत भएका थिए, त्यसका केही तथ्य हेरौं। १. एमाले–माओवादीबिच २०७४ असोज १७ गते गरिएको सहमतिमा ६०–४० का आधारमा गठबन्धन गर्ने उल्लेख थियो। तर, जब निर्वाचन क्षेत्र बाँडफाँड र उम्मेदवार छनोट गर्ने प्रक्रिया आयो, त्यहाँ ओलीले अनेकन बखेडा झिके। अन्तिममा ६०–४०… पुरा पढौ

पेट्रोलमा २० र डिजेलमा २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा 

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए।  सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।  सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४… पुरा पढौ

जापानमा तापक्रम ४०.१ डिग्री सेल्सियससम्म पुग्यो, जुनको उच्च राष्ट्रिय कीर्तिमान कायम

शनिबार टोकियो र वरपरका क्षेत्रहरूमा तापक्रम बढेको छ । इसेसाकी सहरमा ४०.१ डिग्री सेल्सियस मापन गरिएको छ यो जुन महिनाको उच्च तापक्रमको राष्ट्रिय कीर्तिमान क़ायम गरेको मौसम विभागले जनाएको छ। टोकियोबाट करिब १०० किलोमिटर उत्तरमा रहेको गुन्मा प्रिफेक्चरमा रहेको माइबाशीमा पनि तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। अधिकारीहरूले जनतालाई तातो-सम्बन्धित रोगहरूबाट बच्न उच्च सतर्कताका उपायहरू अपनाउन चेतावनी दिएका छन् । मध्य टोकियोमा बिहान मापन गरिएको तापक्रम ३५.४ डिग्री सेल्सियस पुगेको थियो । यो वर्ष पहिलो… पुरा पढौ

बागलुङका सबै पालिकाले ल्याए आव ०७९/०८० को बजेट 

बागलुङ– बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् । कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक… पुरा पढौ