रङ्गमंच

अभिनेता दिलिप कुमार फेरि अस्पताल भर्ना

नयाँ दिल्ली – वरिष्ठ बलिउड अभिनेता दिलिप कुमार फेरी अस्पताल भर्ना भएका छन्। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो। पछिल्लो एक महिनामा उनलाई दोस्रोपटक अस्पताल लगिएको हो। जुन ६ मा उनलाई भर्ना गरिएको थियो। फोक्सोमा देखिएको समस्या हल भएपछि उनी पाँच दिनमै डिस्चार्ज भएका थिए। मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। ९८ वर्षीय दिलीप कुमारको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतको भनाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। पुरा पढौ

गायक खत्रीको सालैजो एल्बम ‘संगैका साथी‘ सार्वजनिक

नेपाली लोक दोहोरी क्षेत्रका एक कुशल नक्षेत्रको रूपमा रहनु भएका बाग्लुङको गलकोटका सुपरिचित लोक गायक विष्णु खत्रीले मौलिक लोकभाका सालैजो अन्तर्गत ‘’ संगैका साथी’’ नामक लोक दोहोरी एल्बम बजारमा ल्याउनु भएको छ ।लोक दोहोरीको फाँटमा आफ्नो छुट्टै पहिचान कायम गर्नु भएका खत्रीले यस एल्बममा पनि आफनै स्वर, संगीत र शब्दमा लोपोन्मुख सालैजो भाकालाई समेटेर सो एल्बम सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक गरिएको एल्बममा स्वरमा साथ जुना श्रीसको रहेको छ भने ग्रामिण परिवेशमा छायांकन गरिएको भिडियोमा लोमश शर्मा रुविना अधिकारी र सारिका… पुरा पढौ

विश्व सिनेमाः २१औँ शताब्दीका २१ फिल्म (पोस्टकास्टसहित)

During the screening of the film -DAYBREAK- at the Liberty Cinema, movie characters suddenly come alive and begin to talk to the viewers. The Situation surprises communist authorities who send a censor to the theatre. ००० फिल्मको प्रमुख पात्र सिनेमाको सेन्सर अधिकारी हो । ऊ पोल्यान्डको राजधानी वार्सामा नीरस जीवन व्यतीत गरिरहेको छ । ऊ कम बोल्ने एकलकाँटे स्वभावको छ । उसका मन मिल्ने साथीहरू छैनन् । भएकी एक थान स्वास्नीले पनि उसलाई उहिल्यै छाडिसकेकी छे ।  ज्यू हजुर !… पुरा पढौ

सत्य घटनामा आधारित म्युजिकल फिल्म ‘रावन’ सार्वजनिक (भिडिओ)

बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि ‘रावन’ सार्वजनिक भएको छ। विराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो। फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ। यस्तै, दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।  https://www.youtube.com/channel/UCNR1KcWXj7zpWQFJtU3ddYg पुरा पढौ

सलमानको ‘राधे’ क्लियर टिभीको मुभी अन डिमाण्डमा

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले क्लियर टिभीको मुभी अन डिमाण्डमार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ । बिद्यमान परिस्थितिमा सबैजना घरमै रहेको अवस्थामा यसले केही हदसम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टिभीको च्यानल नं १११(एच डि) र ११२ (एस डि) मुभी अन डिमाण्डमा प्रसारण हुनेछ… पुरा पढौ

दयाहाङले निर्देशन गरेकाे नाटक ‘मितज्यू’ पहिलाेपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

काठमाडाैँ : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएकाे छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक 'मितज्यू' लाई मण्डलाले ३१ गते शुक्रबार साँझ ५ बजे आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो । सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रूपमा यही 'मितज्यू' नाटक प्रदर्शन भएकाे थियाे । साेही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरेर अहिले डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्न लागिएको थिएटरले जनाएकाे… पुरा पढौ

सर्वोच्चले सोध्यो : अध्यादेशबाट संवैधानिक निकायमा सिफारिस किन ?

विभिन्न संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ। न्यायाधीश मिरा खड्काको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग्दै १७ जेठमा अर्को पेशी तोकेको छ। सो दिन दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । सरकारले हालै दोस्रोपटक अध्यादेश जारी गर्दै विभिन्न संवैधानिक निकायका नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशबाट नियुक्ति गैरसंवैधानिक भउको दाबी गर्दै पुण्यप्रसाद खतिवडाले रिट दायर गरेका थिए। सर्वोच्चले यसरी सिफारिस गरिनुको कारण पेश गर्न प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, संवैधानिक… पुरा पढौ

गण्डकीको मन्त्रिपरिषद् विस्तार, मनाङे फेरि मन्त्री

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । मन्त्रिपरिषदमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिए । प्रदेश प्रमुख सीता पौडेलबाट बुधबारै किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा सपथ लिए । १० दिन मन्त्री भएर पदमुक्त बनेका मनाङे बुधबारको शपथ समारोहमा उपस्थित भएनन् । बस्नेत अघिल्लो कार्यकालमा भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकास मन्त्री थिए । पृथ्वीसुब्बा गुरुङ वैशाख २९ गते… पुरा पढौ

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

दीपकबहादुर गोदार पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष बनेका छन् । साढे २ दशकदेखि खेलकुद क्षेत्रमा क्रियाशील गोदारलाई बुधबार अध्यक्षमा मनोनयन गरिएको हो । उनको कार्यकाल तीन वर्षको हुनेछ । क्योकुशिन कराँतेबाट खेलकुद करियर शुरु गरेको गोदार अहिले मुआथाई किक बक्सिङका नेपालका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा नेपाली खेलाडीले मकाउ, थाईल्याण्ड, कोरिया,टर्की लगायतका देशमा अन्तराष्ट्रिय प्रतिस्पर्धाको एरिनामा उत्रिसकेका छन् । उनले आफैंले पोखरा रंगशालाभित्र कराँते तथा मुआथाईको प्रशिक्षक गराउँदै आएका छन् । गोदार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका… पुरा पढौ

प्रधानमन्त्रीले मिचे निर्वाचन आचारसंहिता

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता विपरीत राष्ट्रिय सभाको उपनिर्वाचनमा एमाले उम्मेद्‌वारलाई मत मागेका छन् । निर्वाचन आयोगका अनुसार जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि शुरु भएको छ । ओलीले बुधबार विज्ञप्ति निकालेर एमालेका उम्मेद्‌वार रामबहादुर थापालाई मत मागेका थिए । प्रधानमन्त्रीले आचारसंहिता मिचेपछि निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ। ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत व्यक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा… पुरा पढौ