२४ वर्षदेखि जापानमा बस्दै आएकी जिवित शान्ताको मृत्यु दर्ता गरि दलालले करिब ४ करोडमा जग्गा बेचिदिएपछि …

-


     जनहित न्युज    
     असार ५ गते २०७९


शान्तादेवी लोहनीको २४ वर्ष पहिलेदेखि जापानमै बसोबास छ। कीर्तिपुर नगरपालिका २ मा उनको ३६१.९५ वर्गमिटर जग्गा रहेको थियो । पछिल्लो पटक लोहनीले गत जेठ ५ गते कलंकी स्थित मालपोत कार्यालयमा आफ्नो जग्गा बायोमेट्रिक्स प्रणालीमार्फत अभिलेख राख्न खोज्दा उनको सो जग्गा कीर्ते गरेर १४ महिनाअघि नै बिक्री थाहा पाउदा उनी छागाबाट खसेजस्तै भइन । लोहनीले २०६१ माघ १३ गते सो जग्गा खरिद गरेकी थिइन् ।

शान्ता अझ अचम्म त यतिखेर परिन मालपोत कार्यालयको रेकर्ड अनुसार त झण्डै दुई वर्ष पहिले नै उनी बितिसकेको उल्लेख रहेछ। उनी जापानमा जीवित हुँदै दलालले नेपालमा उनको मृत्युदर्ता गरिसकेका रहेछन्।उनको नाममा भएको जग्गा पनि दलालले आफ्नो नाममा सारेर बिक्रि गरिसके छन्। मेरो नामबाट मेरा श्रीमान तारानिधि लोहनीको नाममा २०७७ पुस १५ गते जग्गा नामसारी भएको देखाएको छ”आश्चर्यजनक मुद्रामा उनले बताईन ।

तारानिधि लोहनी पनि दलाल नै बनेछन्। तारानिधिको नाममा गएको दुई महिनायता जग्गा बिक्री भएर सुनिता कर्माचार्यका नाममा गइसकेको रहेछ। आफ्नो मृत्युदर्ता गरेर जग्गा तेस्रो व्यक्तिका नाममा सारिसक्दा पनि उनीहरुलाई भने थाहै भएन। मालपोतमा यो तथ्यांक फेला परेपछि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सम्पर्कमा पुगिन्।

सोहि आधारमा नक्कली नागरिकता बनाएर विदेश बस्नेको जग्गा कीर्ते गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले दार्चुलाका महावीर चन्दसहित ५ जनाको गिरोहलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

उक्त जग्गा  सक्कल जग्गाधनी  प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्मचार्यलाई  तीन करोड सत्तरी लाखमा २०७७।११।१० गते  विक्री भएको देखिएको थियो ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

शान्तादेवीको ०७७ भदौ १३ गते कालगतिले मृत्यु भएको कागजात बनाइएको रहेछ। उनको मृत्युपछि हकवाला उनका श्रीमान बनेर दलाल नै पुगेछन्। त्यसका लागि मृत्युदर्ता प्रमाणपत्र, नाता प्रमाणित गरिएको पत्र, तारानिधि लोहनीको नामको नागरिकता बनिसकेछन्।सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले भने।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले जग्गा कीर्ते गरेको अभियोगमा दार्चुलाका महावीर चन्दसहित ५ जनालाई पक्राउ गरेको हो । दार्चुलाको साविक उकु गाविस वडा नं ६ हाल मालिकार्जुन गाउँपालिका–७ घर भई टोखा बस्ने ५२ को महावीर चन्दले तारानिधी लोहनी उल्लेख गरि जिल्ला प्रशासन कार्यालय, लमजुङबाट किर्ते नागरिकताको प्रमाण पत्र बनाई सात करोड रुपैयाँ बाराबरकोको जग्गा कीर्ते गरी ठगी गरेको ब्यूरोले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कार्यमा संलग्न अन्य ५ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

घटनाक्रमअनुसार शान्ता देवी लोहनी सपरिवार विगत २४ वर्षदेखि जापानमा बसोबास गर्दै आएकी थिइन् ।  बेला बखतमा मात्र नेपाल आउने क्रममा  २०६१ सालमा  कीर्तिपुर उनले जग्गा खरिद गरेर जापान गएकी थिइन् । पछि १९ मे २०२२ मा नेपाल आई  मालपोत कार्यालय कलंकीमा सक्कल पुर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा उनको जग्गा अर्कैको नाममा पुगेको खुलासा भएको थियो ।

मालपोत कार्यालय, कंलकीले सो जग्गा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई निजको श्रीमान् तारानिधि लोहनीको नाममा गएको जानकारी गरायो ।  त्यसपश्चात पनि उक्त जग्गा तारानिधि लोहनीको नामबाट २०७७।११।१० गते विक्री भई सुनिता कर्माचार्यको नाममा गएको थियो । उक्त जग्गा  सक्कल जग्गाधनी  प्रमाण पुर्जा बिना किर्ते कागजातहरु बनाई भक्तपुर नगरपालिका ११ बस्ने सुनिता कर्मचार्यलाई  तीन करोड सत्तरी लाखमा २०७७।११।१० गते  विक्री भएको देखिएको थियो ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?