साझा चौतारी सहकारीको आयोजनामा श्रद्धाञ्जली सभा

-


     जनहित न्युज    
     फागुन २ गते २०७८


साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

गएको एक वर्षको अवधिमा निधन भएका सहकारीका शेयर सदस्य तथा शेयर सदस्यका आफन्तको निधन भएको बेला कोभिड लगातका कारण घरमा पुग्न नसकेको कारण सस्थाले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरि राहत हस्तान्त्रण गरेको छ ।

दिवंगत हुने शेयर सदस्यका परिवारलाई नगत १० हजार र परिवारका सदस्यको निधन भएकालाई ५ हजारका दरले ११ जनाको परिवारलाई सहयोग हस्तान्त्रण गरिएको सहकारीका अध्यक्ष मनोज थापाले नयाँ विश्वलाई बताए ।

साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेडका अध्यक्ष मनोज थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा सहकारीका सल्लाहकार रामबहादुर केसी सस्थापक सचिव बाबुडियर हमाल लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली सभाको संचालन सहकारीका सह सचिव जिवन शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?