२०२१ मा जापानमा ५० लाखभन्दा बढी व्यक्तिको सूचना जानकारी चुहावट वा हराएको तथ्यांक सार्वजनिक

-


     जनहित न्युज    
     माघ २६ गते २०७८


जापानी सन २०२१ मा सूचीबद्ध कम्पनीहरू र तिनीहरूका सहायक कम्पनीहरूको सूचना तथा जानकारी चुहावट वा हराउने घटनाहरू अघिल्लो वर्षको तुलनामा ३४ बाट बढेर १३७ पुगेको छ भने व्यक्तिगत सूचना चुहावटको संख्या ५७ लाख ४९ हजार ७ सय ७३ पुगेको एक सर्वेक्षणले देखाएको छ ।
टोकियो शोको अनुसन्धान सर्वेक्षणका अनुसार सूचना तथा जानकारी चुहावट र हराएको बारेमा खुलासा गर्ने कम्पनीहरूको संख्या ३२ देखि १२० सम्म बढेको छ। घटनाहरूको संख्या र संलग्न कम्पनीहरूको संख्या दुवै २०१२ मा सर्वेक्षण पहिलो पटक लागू भएदेखि यता सबैभन्दा बढी हो । सर्वेक्षणको सुरूवातमा ४९६ कम्पनीहरूका ९२५ घटनाहरू मात्र भएको पाईएको थियो भने व्यक्तिगत जानकारी हराउने वा चुहावटको ११९.८ मिलियन घटनाहरू पाइएबाट जापानको कुल जनसंख्याको लगभग बराबर जस्तो हुन गएको निप्पोन डटकमले आफ़्नो समाचारमा लेखेको छ ।
सर्वेक्षण लगभग ३८०० सूचीबद्ध कम्पनीहरू र तिनीहरूका सहायक कम्पनीहरूले प्रेस विज्ञप्ति, सूचनाहरू र चुहावट भएको वा हराएको जानकारीको लागि स्वेच्छिक रूपमा खुलासा गर्दै माफी समेत मागेको लाई समेत आधारित मानिएको छ।

२०२१ मा कम्तिमा १० हजार व्यक्तिहरू समावेश गरि भएको सर्वेक्षणमा जानकारी चुहावट वा हराउने घटनाहरू छ गुणाले बढेर २५ पुगेको थियो जसमध्ये १५ घटना अनाधिकृत पहुँचका कारण भएका थिए।
२०२१ मा १३७ वटा कम्पनीमा गरिएको अध्ययनले सूचना तथा जानकारी चुहावट तथा हराउनुको कारणमा कम्प्युटर भाइरस वा अनाधिकृत पहुँचमार्फत लगभग आधा ६८ वटा, इमेल र अन्य माध्यमहरू मार्फत गलत रूपमा फैलिएको वा गलत रूपमा प्रदर्शन गरिएको जानकारी ४३ वटा र हराएको वा अनुपयुक्त रूपमा डिस्पोज गरिएको १६ वटा घटनाहरूको संख्या देखाएको छ । जसले क्षतिको मापन र प्रभावमा ठूलो प्रभाव पार्छ । उल्लेखनीय रूपमा वृद्धि भई विगत तीन वर्षको प्रत्येक नयाँ रेकर्ड उच्च हुन पुगेको छ।

सूचना हराएको वा चुहावटमा संलग्न १ सय २० कम्पनीको विश्लेषण गर्दा उद्योग क्षेत्रमा ३१ कम्पनी देखाएको छ भने सूचना तथा सञ्चार क्षेत्रका २० कम्पनी, वित्त तथा बीमा क्षेत्रमा १६ कम्पनी रहेका छन् र खुद्रा क्षेत्र १५ कम्पनीहरू रहेका छन यी चार क्षेत्रका कम्पनीले कुल घटनाहरूको लगभग ७० प्रतिशत भाग ओगटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?