
आगामी बिहिबार अर्थात् फ़ेब्रुअरी १० तारिकका दिन मौषममा न्यून चापीय प्रणाली विकसित हुदै जादा कान्तोका दक्षिण समतल क्षेत्र टोकियो २३ वडा लगायतमा वर्षाका साथै भारी हिमपात र कम तापक्रमको जोखिम रहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
मौसम विज्ञान एजेन्सीका अनुसार १० तारिकमा तोकाइदोको तटबाट आउने चक्रवात होन्सुको दक्षिणी तटबाट विकसित भई कान्तो क्षेत्र नजिक भएर पूर्वतिर सर्ने अनुमान गरिएकोले सोको असरबाट वर्षाका साथमा बाक्लो हिमपात पर्नसक्ने जोखिम रहेको बताईएको छ ।
आकाशमा रहेको न्यून चापीय प्रणाली र चिसो हावाको प्रभावका कारण १० गतेदेखि ११ गतेसम्म कान्तो कोशीनको क्षेत्रमा व्यापक हिमपात र वर्षा हुने अनुमान गरिएको छ ।
९ गते साँझदेखि १० गतेसम्मको २४ घण्टामा परेको हिउँको मात्रा यामानाशी प्रान्तमा २० सेन्टिमिटरदेखि ४० सेमी र नागानो प्रान्तमा १० सेमीदेखि २० सेन्टिमिटरसम्म हुने अनुमान गरिएको छ भने
टोकियोको कान्तो क्षेत्रका साथै २३ वडासहितमा हिमपातको पूर्वानुमान अहिलेसम्म घोषणा गरिएको छैन, न्यून चापीय प्रणालीको विकासका कारण तापक्रम पूर्वानुमानभन्दा तल झर्ने अनुमान गरिएबाट वर्षा र भारी हिमपात हुन सक्ने बताईएको छ । कान्तो क्षेत्रमा थोरै मात्रामा हिउँ पर्दा पनि यातायातको तालिकामा बाधा पुग्ने वा कार चिप्लिएर दुर्घटना हुन सक्ने र सडकको सतह चिसोका कारण हिँड्ने क्रममा खसेर चोटपटक लाग्ने क्रम विगतमा बढेकोले सचेत रहन आग्रह गरिएको छ ।
गत महिनाको भारी हिमपातको क्रममा मध्य टोकियोमा १० सेन्टीमिटर र इबाराकी प्रान्तको चुक़ुवामा ८ सेन्टिमिटर सम्म हिमपात हुँदा पैदलयात्री र साइकल घाइते भएका थिए भने टोकियोमा मात्रै ५०० भन्दा बढी घाइते मानिसको टाउको र कम्मरमा चोट लागेको थियो ।
मौसम विज्ञान एजेन्सीले प्रारम्भिक तयारीको लागि नवीनतम मौसम जानकारी जानकारी लिने, हिउँको प्रभावका कारण ट्राफिकमा आएको उतारचढावलाई ध्यान दिने हिउँ फाल्ने टायर र बेलचका व्यवस्थापन गरेर सो दिन आफ़ना कार्य गर्नका लागि आह्वान गरिरहेको छ ।



