
गत बुधवार बिहान आफनै कोठामा मृत फेला परेका जापानको कोबे शहरमा अध्ययन गर्ने २२ वर्षीय किरण खड्काको परिवारलाई एनआरएनए कान्साइ क्षेत्रीय समितिको नेतृत्वमा संकलित १२ लाख भन्दाबढि रकम हस्तान्तरण गरिएको छ ।
बागलुङ नगरपालिका खहरेखोला घर भई कोबे कोकुसाई दाईगाग्कोमा अध्ययन गर्ने मृतक खड्काको शनिवार जापानमा नै अन्त्येष्टि गरि परिवारको पिडालाई थोरै भएपनि कम गरौ भन्ने उद्देश्यका साथ एनआरएनए जापान, क्षेत्रीय समिती कान्साईले संचालन गरेको सहयोग अभियानबाट संकलित १२ लाख ११ हजार ५ सय ७८ येन रकम निजका आफन्त सुमित खत्री र प्रेम खत्रीलाई हस्तान्तरण गरिएको हो ।

Helping Hand Japan Team (HHJT) कोबेको समेत सहयोग तथा सक्रियता संकलित सो रकम एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएनए कान्साईका संयोजक दिलीप शर्मा तथा HHJT का केपि ओलीले संयुक्त रूपमा मृतकको आफन्तलाई हस्तान्तरण गरिएको हो ।
मृतकको शव व्यवस्थापन र परिवारजनलाई केहि राहत होस भन्ने उद्देश्यका साथ रकम संकलनको अभियान संचालन गरिएको एनआरएनए जापान कान्साइ क्षेत्रीय समितिका संयोजक शर्माले जानकारी दिए ।
४ वर्षअघि विद्यार्थी भिसामा आइ कोबे शहरको सुमियोसीमा बस्ने खड्का आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारेका थिए।









