
उत्तर कोरियाले बुधबार आवाज भन्दा पनि द्रुत चल्ने क्षेप्यास्र (हाइपरसोनिक मिसाइल)को सफल परीक्षण गरेको सरकारी समाचार सँस्था केसीएनएले बिहीबार जनाएको छ।
प्रतिवेदनका अनुसार उत्तर कोरियाली नेता किम जोङ उक्त प्रक्षेपणमा सहभागी भएनन् ।
“हाइपरसोनिक मिसाइल क्षेत्रमा लगातार सफल परीक्षण प्रक्षेपणले आठौं दल (पार्टी )कांग्रेसले सुझाव दिएको राष्ट्रिय रणनीतिक बललाई आधुनिकीकरण गर्ने कार्यलाई गति दिन र पाँचवटा रणनीतिक हतियार क्षेत्रमा शीर्ष पाँच कार्यहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कार्य पूरा गर्न ५ बर्षिय योजना रणनीतिक महत्त्व छ ” केसिएनएले भन्यो।
क्षेप्यास्त्र प्रक्षेपण पछि अलग गरिएको थियो, प्रारम्भिक प्रक्षेपणबाट १२० किलोमिटर (७४.५ माइल) को गतिमा चलाइएको थियो, र ७०० किलोमिटर (४३५ माइल) को लक्ष्य बिना कुनै त्रुटिमा प्रहार गर्यो, केसिएनए बतायो भनि सिएनएनले समाचार लेखेको छ ।
जापान तट रक्षकले बुधबार प्रक्षेपण गरिएको क्षेप्यास्त्र कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा खसेको बताए । बुधबारको प्रक्षेपणको लगत्तै, दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले उत्तर कोरियाले ब्यालिस्टिक (प्राक्षेपिक) क्षेप्यास्त्र प्रक्षेपण गरेकोमा चिन्ता व्यक्त गरेको छ । र अन्तर-कोरियाली सम्बन्धमा तनाव कम गर्न उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्न आह्वान गरेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियालाई वार्ताको माध्यमबाट शान्ति र सहयोग पुग्ने प्रयासको जवाफ दिन आग्रह गरेको छ ।
गत सेप्टेम्बरमा उत्तर कोरियाले जगाङ प्रान्तको र्योङग्रिम काउन्टीको टोयाङ-रीबाट नयाँ आवाज भन्दा द्रुत चल्ने (हाइपरसोनिक मिसाइल )हावासोङ-८ परीक्षण गरेको बताएको थियो।



