स्पेनको कोष्टाब्लाङ्कामा श्रद्धाञ्जली सभासँगै नेपालमा शान्तिको कामना

-


     जनहित न्युज    
     भाद्र २५ गते २०८२


स्पेनको कोष्टाब्लाङ्कामा नेपाली समुदायले नेपालमा जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक गतिबिधी बिरुद्ध मैनबत्ती जलाएर शान्तिको कामना गरेका छन् ।
मंगलबार साँझ आलविर स्थित आलविर पार्कमा कार्यक्रममा सहभागीहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका दिवांगत युवाहरूप्रति श्रद्धान्जली ब्यक्त गर्दै हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीको माग गरेका थिए ।

नेपालीहरुले शान्तिपूर्ण आन्दोलनमा भएको दमन र निहत्था युवा तथा विद्यार्थीको हत्याको आलोचनासँगै नेपालमा शान्तिको कामना पनि गरेका हुन् । कोष्टाब्लाङ्का क्षेत्रमा बसोवास गर्ने नेपालीहरू उक्त कार्यक्रममा स्वतःस्फूर्त रुपमा जम्मा भएका थिए ।

उनीहरूले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरुको स्मरण गरेका थिए । मृतकहरुको आत्मा शान्तिका लागि आयोजना गरिएको उक्त श्रद्धाञ्जली सभामा सहभागीहरुले हत्यामा सम्लग्नहरुलाई कानूनी कारबाही हुनु पर्ने माग गरे ।

उनीहरूले प्रवासमा रहेर नेपालको अहिलेको अवस्थामा हेर्नुपर्दा असाध्यै पीडा भएको भन्दै आन्दोलन र क्रान्तिका नाममा नेपालमा गरिने हत्या यही नै अन्तिम हुनुपर्ने बताएका थिए ।

https://www.facebook.com/watch/?v=1410611946670244&rdid=EkJKHqgBusecJGoX

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?