
चरम घाटाबाट गुज्रिएको राकुतेन मोबाइलले ग्राहक बढाउन ग्राहक रेफरल गर्नेले प्रति महिना ७० हजारसम्म पोइन्ट दिने गरि यहि फ़ेब्रुअरी १५ तारिखबाट ग्राहक रेफरल नयाँ अभियान सुरु गरेको छ।
Rakuten Mobile मा साइन अप गर्ने र सो का लागि परिचय गराउने व्यक्तिलाई १० हज़ार येन बराबरको पोइन्ट प्रदान गर्ने सो कम्पनीले जनाएको हो ।यस अभियान अन्तरगत प्रति महिना १० जनासम्म परिचय गराउन सक्ने प्रत्येक महिना ७० हजार येन सम्मको पोइन्ट प्राप्त गर्न सकिने भएको हो । अभियानको अन्तिम मिति तोकिएको छैन । पोइन्ट प्राप्त गर्ने शर्तको रूपमा रेफरल प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा नयाँ एप्लिकेसन बनाएको वा अर्को कम्पनीबाट नोरिकाई गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
राकुटेन ग्रुपले डिसेम्बर २०२२ को अन्त्य भएको आर्थिक वर्षको वित्तीय नतिजा (अन्तर्राष्ट्रिय लेखा मापदण्ड) मा ३७२.८ बिलियन येनको खुद घाटा भएको घोषणा समेत गरेको छ । मोबाइल व्यवसायमा भएको घाटाका कारण अर्थव्यवस्था अहिलेसम्मकै सबैभन्दा ठूलो हो।
जुलाई २०१० मा Rakuten मोबाइलले मोबाइल फोन शुल्कहरूको लागि “0 येन योजना” खारेज गरेका कारण ग्राहकहरूको संख्या घटेको थियो । अनुबन्धित लाइनहरूको संख्या सोही वर्षको डिसेम्बरको अन्त्यसम्म 5.06 मिलियन थियो । मार्चको अन्त्यबाट कम भै 6,20,000 भएको थियो ।
यो अभियान मोबाइल व्यवसायको दुर्दशाबाट बाहिर निस्कनका लागि प्रयोगकर्ताहरूलाई Rakuten मोबाइल “बिक्री” गराउने संयन्त्र जस्तो देखिएको विश्लेषकको धारणा रहेको छ ।



