
कुनैबेला उच्च कुलिन वर्गको पेय पदार्थको रूपमा लिने गरिएको वाइन अब सुविधाजनक स्टोर र सुपरमार्केटहरूमा ५०० येनबाट बिक्रीमा पाउन सकिन्छ जसले गर्दा सम्पूर्ण सर्वसाधारणले पनि सहज रूपमा खरिद गरेर घरमै रमाइलो गर्न सकिने भएको हो ।
जापानी मदिरा निर्माता मर्सियानले अर्थ मन्त्रालयको भन्सार तथा ट्यारिफ ब्यूरो र राष्ट्रिय कर एजेन्सीले प्रकाशित गरेको तथ्याङ्क अनुसार सन् २०२० मा वाइनको घरेलु खपत ३ लाख ४७ हजार ७१० किलोलिटर रहेको पाइएको छ । कोभिड महामारीको प्रभाव लगायतका कारणबाट यस वर्ष गतवर्षको तुलनामा उपभोग दर १.४ प्रतिशतले घटेको छ। तर सन् २०१० को तथ्यांकलाई तुलना गरेर हेर्ने हो भने यसले उपभोग ३० प्रतिशत बृद्धि भएको छ । अझ तुलनात्मक रूपमा हेर्ने हो भने १९८० देखि चालीस वर्ष यता जापानमा वाइनको उपभोग आठ गुणा बढेको छ।

विश्वव्यापी परिप्रेक्ष्यमा जापानको प्रतिव्यक्ति वाइन खपत भने अझै पनि कम नै रहेको छ। इन्टरनेशनल अर्गनाइजेसन अफ विन एण्ड वाइनका अनुसार २०२१ मा जापानमा प्रतिव्यक्ति वाइनको खपत ३.० लिटर (चार मानक बोतल बराबर) थियो, जुन अन्य विकसित देशको तुलनामा कम हो । पोर्चुगलको वार्षिक खपतको ६ प्रतिशत हुदा प्रतिव्यक्ति उपभोग ५१.९ किलोलिटरको साथ विश्वव्यापी रूपमा उच्च रहेको छ ।

२०२१ मा फ्रेन्च वाइनको जापानी आयात २८.८ प्रतिशत सहित सबैभन्दा ठूलो हिस्सा थियो जुन सात वर्षमा पहिलो रेकर्ड हो। २५.९ प्रतिशत आयात रहेको चिली वाइन छ वर्षको यताकै उच्च आयात रहेको सरकारी तथ्यांकले देखाएका छन।
चिलीका मदिराहरू उचित मूल्यमा उच्च गुणस्तरका हुने विश्वासका कारण दैनिक जीवनमा पिउनका लागि लोकप्रिय भए पनि आयातमा थोरै गिरावट आएकोले उपभोगको बढ्दो ध्रुवीकरणका कारण धेरै मानिसहरूले मात्रामा गुणस्तर खोज्ने खोजने गरेको मर्सियानले बतायो ।
स्पार्कलिंग वाइन फ्रान्स र स्पेन प्रतिस्पर्धामा छन्। मुख्यतया क्याटालोनिया स्पेनमा उत्पादन हुने काभाले फ्रान्सेली शैम्पेनको जस्तै उत्पादन विधि प्रयोग गर्दछ, तर अधिक मूल्यका कारण घरमा यसको खपत कमि भै औपचारिक दैनिकीका लागि मात्र पिउन लोकप्रिय छ।




