
नेपाल प्रधानमन्त्री गर्न मलाई बहुला कुकुरले टोकेको छ र भन्दै प्रधानमन्त्री ओलीले कडा टिप्पणी गर्नुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालमाथि कडा टिप्पणी गदैं माधव नेपाललाई यो अबस्थामा प्रधानमन्त्री बनाउन आफुले कुनै पनि काम नगर्ने भन्दैं अमर्यादित शब्द प्रयोग गर्नुभएको छ ।
७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल प्रचण्डको पुच्छर भएको दावी गर्नुभयो । उहाँले केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर धाक लगाएको भन्दै नेपाललाई प्रधानमन्त्री बनाउन आफुलाई बहुला कुकुरले नटोकेको टिप्पणी गर्नुभयो ।
‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । ओेलिले भन्नुभयो यस्तो लाज सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’
ओलीले माधव नेपालको अब राजनैतिक यात्रा सकिएको समेत दाबी गर्नुभयो ।